भौतिक शास्त्रका परीक्षण र प्रवचनहरुमा सबै मानिसहरु असल र स्वतन्त्र उद्देश्यले उपस्थित भएका हुँदैनन् । यसको उदाहरणका लागि एउटा कार्यक्रमलाई लिन सकिन्छ । केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा राखिएको एउटा प्रवचन कार्यक्रम राखिएको थियो । मैले उक्त कार्यक्रममा न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको विश्लेषण र न्युटनको चालको दोस्रो नियममा रहेको त्रुटि शीर्षकमा वक्ताका रुपमा जानकारीहरु प्रस्तुत गरिरहेको थिएँ । त्यहाँ प्रायः एमएससी पढ्दै गरेका र पढिसकेका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एक सहभागीले जे बोले पनि होइन भन्ने आशयमा टाउको हल्लाउने उद्देश्य लिएर सहभागिता जनाएका रहेछन् ।
कार्यक्रममा मैले व्याख्या गर्दै जाँदा चालको दोस्रो नियमले बलसँग पिण्ड र प्रवेगको गुणनफल बराबर हुन्छ वा F = ma भन्दछ भनी बताएँ । त्यतिबेला पनि उनको टाउको होइन भन्ने आशयका साथ हल्लियो । उनले आफूलाई भौतिक शास्त्रमा एमएससी सकेको बताएको पाएको थिएँ । मैले बोर्डमा लेखेर देखाएपछि पनि उनले एकछिन टाउको उसै गरी हल्लाए । मैले सोचेँ उनको यो बानी रहेछ । तर पछि कुरा बुझेपछि त्यति धेरै सहभागीहरुका अगाडि केही लाज मानेजस्तो गरे । एकछिनपछि टाउको हो भन्ने आशयमा हल्लाए । उनको अनुहारमा केही फरक रङको रगत संचार भयो । अन्ततः यसबाट सबैभन्दा बढी बेफाइदा उनलाई नै भयो । आफ्नै बद्नियतका कारण उनले आफ्नो नैतिक र सामाजिक उचाइ घटाए । for detail, click here.
No comments:
Post a Comment