(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Monday, December 12, 2016

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...

छोटो जानकारी - Chhoto Janakari - Brief Information: टाउको हल्लाउने समस्याका फाइदा र बेफाइदा - Advantag...हामी सामाजिक प्राणीहरु हौँ । हामीमा चेतना छ, अनुशासन छ । सामान्यतः सुनेको र देखेको भरमा टाउको हल्लाउने बानी यत्रतत्र भएको हामी पाउछौँ । यस क्रममा हाम्रो टाउको कहिले कता त कहिले कता हल्लिन पुग्छ । सबै प्रकारका हल्लाइले सबैलाई प्रशन्न वा क्रोधित बनाउँछ भन्ने हुँदैन । टाउको जानाजान यतैतिर हल्लाउँछु भनेर हल्लाउनु र अज्ञानतावश हल्लाउनुमा भने केही फरक हुन्छ । यो साइट खोलेपछि टाउको हल्लाउने समस्याका फाइदाहरु केके होलान् ? भन्ने कुरा यहाँहरुलाई लागेको होला । म यस लेखको मूल आशयलाई एउटा सानो उदाहरणका आधारमा स्पष्ट गर्ने प्रयास गरेको छु । 


भौतिक शास्त्रका परीक्षण र प्रवचनहरुमा सबै मानिसहरु असल र स्वतन्त्र उद्देश्यले उपस्थित भएका हुँदैनन् । यसको उदाहरणका लागि एउटा कार्यक्रमलाई लिन सकिन्छ । केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा राखिएको एउटा प्रवचन कार्यक्रम राखिएको थियो । मैले उक्त कार्यक्रममा न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको विश्लेषण र न्युटनको चालको दोस्रो नियममा रहेको त्रुटि शीर्षकमा वक्ताका रुपमा जानकारीहरु प्रस्तुत गरिरहेको थिएँ । त्यहाँ प्रायः एमएससी पढ्दै गरेका र पढिसकेका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यहाँ उपस्थितमध्ये एक सहभागीले जे बोले पनि होइन भन्ने आशयमा टाउको हल्लाउने उद्देश्य लिएर सहभागिता जनाएका रहेछन् । 



कार्यक्रममा मैले व्याख्या गर्दै जाँदा चालको दोस्रो नियमले बलसँग पिण्ड र प्रवेगको गुणनफल बराबर हुन्छ वा F = ma भन्दछ भनी बताएँ । त्यतिबेला पनि उनको टाउको होइन भन्ने आशयका साथ हल्लियो । उनले आफूलाई भौतिक शास्त्रमा एमएससी सकेको बताएको पाएको थिएँ । मैले बोर्डमा लेखेर देखाएपछि पनि उनले एकछिन टाउको उसै गरी हल्लाए । मैले सोचेँ उनको यो बानी रहेछ । तर पछि कुरा बुझेपछि त्यति धेरै सहभागीहरुका अगाडि केही लाज मानेजस्तो गरे । एकछिनपछि टाउको हो भन्ने आशयमा हल्लाए । उनको अनुहारमा केही फरक रङको रगत संचार भयो । अन्ततः यसबाट सबैभन्दा बढी बेफाइदा उनलाई नै भयो । आफ्नै बद्नियतका कारण उनले आफ्नो नैतिक र सामाजिक उचाइ घटाए । for detail, click here.

Saturday, December 10, 2016

प्रतिभाहरुलाई माथि उठाउँदै पूर्वी चितवन साहित्य समाज

नेपालसमाचारपृष्ठ ---______---______---




पूर्वी चितवन क्षेत्रका साहित्यिक प्रतिभाहरु र स्थानीय साहित्यलाई उजागर गर्ने प्रमुख उद्देश्यका साथ पूर्वी चितवनका चार वटा नगरपालिकाका प्रतिनिधिहरु समेटेर गठन भएको पूर्वी चितवन साहित्य समाजले अहिले आएर पूर्वी चितवन क्षेत्रमा रहेका फरकफरक स्थानका साहित्यिक प्रतिभाहरु र कलाकारहरुको खोजी र उजागर गर्दै आएको छ । सर्वप्रथम खैरहनी नगरपालिकाबाट कार्यक्रम गर्दै अघि बढेको उक्त समाजले मासिक रुपमा कहिले रापती नगरपालिकामा त कहिले कालिकास्थान नगरपालिकामा कार्यक्रमहरु आयोजना गर्दै अघि बढेको देखिन्छ । यस समाजले साहित्यसँगै संगीतलाई पनि सँगसँगै लिएर जाने गरेको छ । यसका लागि समाजले समिति विस्तारसँगै गतिविधिहरुको जानकारी दिन फेसबुक पेज पनि सन्चालनमा ल्याएको छ ।


निरन्तर लगाव हुँदाहुँदै र वर्षौँ परिश्रम गर्दागर्दै पनि आफ्नै गाउँठाउँमा समेत सामान्य परिचय बनाउन निकै कठीन हुने र त्यसै हराइने वर्तमान सामाजिक परिवेशको बोध गरी पूर्वी चितवन क्षेत्रका नयाँपुराना साहित्यिक प्रतिभा र कलाकारहरुको परस्परको सामीप्यताका लागि उक्त समाज गठन भएको छ । पूर्वी चितवन क्षेत्रका दर्जनौँ साहित्यिक प्रतिभाहरु र कलाकारहरु यस संस्थाका क्रियाकलापहरुबाट लावान्वित हुन पुगेका छन् । साहित्यिक कार्यक्रमहरुको महत्त्व र उपयोगिता जीवनको उतारचढाव परिपक्वतासँगै विस्तारै झल्किँदै जाने भए पनि पुराना र स्थापित सामाजिक व्यक्तित्वहरुसँग देखभेट गर्ने अवसर नयाँ साहित्यकार र कलाकारहरुलाई जुटाउने कार्य यस संस्थाले गर्दै आएको देखिन्छ । स्थापित व्यक्तित्वसँग युवा र नयाँ प्रतिभाहरुले भेट गर्ने एवम् एउटै मन्चमा उभिने सरलतम अवसर जुटाउने कार्यले खास गरेर व्यक्तित्व विकास र नयाँ प्रतिभाहरुको आत्मविश्वासको विकासमा उक्त समाजको उल्लेखनीय योगदान हुन पुगेको देखिन्छ । यस क्षेत्रमा भएका प्रतिभाहरुलाई उजागर गर्न यस खालका कार्यक्रम आयोजना गर्ने निधो गरिएको हो, सौराहा अनलाइन तथा ग्रेट एफएमको पेजमा अध्यक्ष चौधरीको धारणा उल्लेख गरिएको छ ।


पेजमा भएका गतिविधि, आशय र समाचारहरु हेर्दा संस्थाले गर्नुपर्ने धेरै कामहरु छन् । सकेजति काम गर्ने प्रयास भइरहेको देखिन्छ । पूर्वी चितवनको स्थानीय आदिवासी भाषासाहित्यलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी टड्कारो छ । थारु साहित्य, दरै साहित्य र चेपाङ साहित्यलाई उजागर गर्नुपर्ने जिम्मेवारी पनि संस्थाको काँधमा छ, पेजमा आएका विचारहरुमा यी कुराहरु पनि देखिएका छन् । प्रतिभा भएरै पनि आर्थिक अभावका कारण रचना प्रकाशन गर्न नसकेका प्रतिभाहरुलाई यसको प्रबन्ध मिलाउनुपर्ने सामाजिक दायित्व छ । पूर्वी चितवन क्षेत्रमा भएरै र लागेरै पनि नयाँ कलाकार तथा प्रतिभाहरुलाई एकअर्काबीच परिचय स्थापना गराउन गाह्रो भइराखेको वर्तमान समयमा थप घनिष्ठता बढाउनका लागि यस खालका कार्यक्रमहरु आयोजना गर्नु आवश्यक छ । सबै साथीहरुले यसको महत्त्व बेलैमा बुझ्न सकेमा र साथ दिँदै गएमा हामी अझ तीव्रताका साथ अघि बढ्नेछौँ, अहोरात्र खटिएका सदस्यहरु र संस्थाका अध्यक्ष मनोज चौधरीको आशय छ ।

समाजले एकपछि अर्को हुँदै यस खालका महत्त्वपूर्ण कार्यक्रमको निरन्तरता दिँदै आएको छ । पहिलो चोटि खैरहनी नगरपालिका ८ पर्सा बजारमा कार्यक्रम गर्दा प्रमुख अतिथिका रुपमा उपस्थिति जनाएका समाजसेवी तथा साहित्यप्रेमि ईश्वरीप्रसाद गजुरेलले सबै स्रष्टाहरुलाई हौसाएका थिए । उनले पूर्वी चितवन क्षेत्रमा यसअघि यसरी कार्यक्रम गर्ने लक्ष्य कुनै संस्थाले राखेको आफूलाई थाह नभएको बताएपछि संस्थाका सदस्यहरुमा झन् हौसला मिल्न गएको थियो । पूर्वी चितवनलाई आपसमा जोड्ने सोँचका साथ यो संस्था आएकाले आफ्ना स्थानबाट सकेजति सहयोग हुनेछ, गजुरेलको यस भनाइले चौधरी र उनी नेतृत्वको संस्थाका सदस्यहरुलाई उत्साह प्रदान गरेको थियो । उक्त कार्यक्रममा नयाँ प्रतिभाहरु र लेख्दै आएका केही स्रष्टाहरुले रचना तथा गायन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमपश्चात् संस्थामा थप ऊर्जा उत्पन्न भएको थियो । २०७३ भदौ २५ गते आयोजना गरिएको उक्त कार्यक्रममा सुरज कालाखेती, योगी कृष्णनाथ, सागर मिश्र, आश्रिया परियार, एलिना सापकोटा, शरद ऋतु, मिथुन कुँवर लगाएतले रचना वाचन गरेको फेसबुक समूहको पेजमा उल्लेख गरिएको छ ।

पहिलो कार्यक्रम गरेको केआरपि म्युजिक सेक्सनमा नै दोस्रो कार्यक्रम गर्ने संयोग मिल्यो । दोस्रो पटक कार्यक्रम गर्दा पहिलो कार्यक्रमको अनुभव पनि थियो । यसले थप सहयोग पुर्यायो । यतिबेला अध्यक्ष आफैले पनि चियापानमा सकेजति सहयोग गरे । प्रमुख अतिथिका रुपमा आएका लक्ष्मणप्रसाद चौधरीले संस्थाको क्रियाकलापको खुलेर प्रशंसा गरे । सक्दो सहयोगको वाचा गरे । उपस्थित विभिन्न स्रष्टा तथा कलाकारहरुको प्रस्तुतिले कार्यक्रम रोचक बन्न पुग्यो । यसपछि ठाउँठाउँमा गएर कार्यक्रम गर्ने निर्णय समाजले गरेको थियो । लक्ष्मण प्रसाद चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्रष्टाहरुबीच दशैँको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम पनि जोडिएको कुरा सन्चारकर्मी तथा समाजका सदस्य अनिल दराईले समाजको पेजमा उल्लेख गरेका छन् । कारी महतो, सन्जय चौधरी, बुद्धिकुमार श्रेष्ठ, राज प्रणय, सागर मिश्र, कुमार सिंजाली, मिथुन कुँवर, सुरज कालाखेती, अनिता वली, योगी कृष्णनाथ, सुदीप बिक, हितबहादुर अधिकारी लगाएतले उक्त कार्यक्रममा रचना तथा गीत प्रस्तुत गरेका थिए ।

तेस्रो पटक मिति २०७३ कार्तिक २७ गतेका दिन उक्त संस्थाले रापती नगरपालिकामा अर्को कार्यक्रम आयोजना गरेको देखिन्छ । राप्ती नगरपालिका २, बफरजगंको सभाहलमा भएको उक्त कार्यक्रममा कवि रुद्रराज कँडेल प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा राजेश रुम्बा, रुविन पौडेल लगाएतका उक्त क्षेत्रका साहित्यिकारहरुले रचना वाचन गर्नुका साथै पूर्वी चितवन क्षेत्रका कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए । आश्रीया परियार, सुरज कालाखेती, योगी कृष्णनाथ, अनिता वली, मिथुन कुँवर लगाएतका स्रष्टाहरुले उक्त कार्यक्रममा रचनाहरु सुनाउनुका साथै गीतसमेत प्रस्तुत गरेका थिए । सबै सदस्यहरुको सहयोग र सद्भावबाट उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन पुगेको थियो । राप्तीलाई सम्झेर कार्यक्रम गर्न आएकोमा उक्त क्षेत्रका प्रतिभा र समाजसेवीहरुले पूर्वी चितवन साहित्यसमाजको खुलेर प्रशंसा गरेका थिए । धन्यवाद दिएका थिए । 


पूर्वी चितवनलाई भावनात्मक र रचनात्मक रुपमा बाँध्न थप भूमिका निर्वाह गर्ने कार्य समाजले गरेको छ । पूर्वी चितवन क्षेत्रमा रहेका एक नगरपालिकाका स्रष्टाहरु अर्को नगरपालिकामा गएर रचना सुनाउने र उक्त क्षेत्रका रचनाकारहरुलाई फेरि अर्को नगरपालिकामा आउन निम्तो दिने कार्य समाजले गर्दै आएको छ । यस क्रममा खैरहनी नगरपालिकाका स्रष्टाहरु रापती, कालिकास्थान र रत्ननगर नगरपालिकामा गई रचनामार्फत् साइनो गाँस्ने र उक्त क्षेत्रका स्रष्टाहरुले अन्य नगरपालिकामा गई परस्परमा साइनो गाँस्ने गरेका छन् । अहिले स्रष्टा तथा कलाकारहरुमा उत्साह बढेको छ । उनीहरुको हिजो र आजमा भारी अन्तर आएको छ । रचनाहरुको स्तर र गौरव बढेको छ । कलाकारहरुको चिनाजानी र परिचय फैलिँदै गएको छ । साहित्य र कलामा लागेर केही गर्न सकिँदैन भन्ने कमजोर मानसिकतामा धेरै परिवर्तन आएको छ । भेटै हुने सम्भावना नभएका साथीहरुसँग भेट भएको छ, समूह बनेको छ । अवसरका सम्भावनाहरु एकपछि अर्को गर्दै क्रमशः बढेर गएको उनीहरुले पाएका छन् । उनीहरुका पछिल्ला क्रियाकलापहरुले यो पुष्टि गर्दछन्, यो पनि ठूलो उपलब्धी हो । प्रतिभाहरुलाई उठाउने यसरी नै हो, अध्यक्ष चौधरीले बताउने गरेका छन् ।


नयाँ परिचय विस्तार हुँदै जाँदा कतिपय प्रतिभाहरुले सुनौला अवसरहरुसमेत प्राप्त गरेका छन् । कतिपयले गायनका लागि विभिन्न कार्यक्रमहरुमा अवसर र निम्तो पाएका छन् भने कतिपयले रचना प्रकाशनका अवसरहरु पाएका छन् । कुनै संस्थाले सानो प्रयास गर्दासाथ प्रतिभा कति छिटो अगाडि बढ्ने र परिचित हुने अवसर पाउँछ भन्ने कुराको उदाहरण नियमित कार्यक्रमहरुमा जोकसैले अनुभव गर्न सकिन्छ । यति छोटो समयमै यति ठूलो प्राप्ति भएको छ । साधनस्रोत केही छैन । साथीहरुले दुईचारसय उठाएका भरमा यति महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न गर्न सकिएको छ । यसलाई पनि ठूलो उपलब्धीका रुपमा लिनु आवश्यक छ, अध्यक्ष चौधरीको भनाइ छ ।

सँगै काम गर्न हिँड्ने सबै साथीहरुमा उत्तिकै उत्साह हुनु आवश्यक छ । यसो हुन सकेमा हामीले हाम्रो क्षेत्रको साहित्य र कलालाई थप उजागर गर्न सकिन्छ । हामीहामीबीचमा हामीले गरेका कामको महत्त्वबोध अनिवार्य छ, अध्यक्ष चौधरी बताउँछन् । संस्थामा बसेर समाजमा राम्रो काम गर्न थालेपछि सबैले राम्रो सोँच राख्छन् भन्ने छैन । नराम्रो सोँच राख्नेहरुको कमी कुनै पनि समाजमा हुँदैन । आफ्नो क्षेत्रका प्रतिभाहरुबीचमा भावनात्मक सम्बन्ध बढेको र प्रतिभाहरुले अवसर पाएकोमा चिन्तित हुने व्यक्ति वा समूह पनि हरेक समाजमा हुन सक्छन्, त्यो यस क्षेत्रमा पनि हामीले भेट्दै जानेछौँ, यो कुनै नौलो होइन । यस्ता बिर्सनलायक कुराहरुले हामीलाई असर पार्नु हुँदैन । निरन्तर कार्यक्रमहरु आयोजना गर्दै जाँदा एउटै मन्चमा उच्च तहका व्यक्तिहरुसँग पनि रचना सुनाउने अवसर मिल्दै आएको छ । यसो गर्दा सुन्ने र सुनाउनेहरु आपसमा निकट हुँदै जान्छन् । यसले अज्ञानताका कारण कसैको प्रगतिमा उत्पन्न हुने ईष्र्याको भावनामा पनि विस्तारै कमी हुने विश्वास आफूले राखेको छु, समाजका अध्यक्ष चौधरीले बताउँछन् ।

यसपटक अध्यक्ष चौधरीको नेतृत्वमा समाजका सबै सदस्यहरु विभिन्न स्थानबाट कार्यक्रममा रचना प्रस्तुत गर्न कालिकास्थान नगरपालिका पुगे । पुर्वी चितवनमा कालिकास्थान र रापती नजिकै पर्दैनन् । त्यसै गरी अन्य नगरपालिकाहरु पनि कतै नजिक त कतै टाढा अनुभूत हुन्छन् । तर रापती नगरपालिकाका स्रष्टाहरुको हूल पनि उत्साहका साथ कालिकास्थान पुग्यो । त्यसै गरी खैरहनी र रत्ननगर नगरपालिकाका स्रष्टाहरु पनि कार्यक्रमस्थलमा आइपुगे । कालिकास्थान नगरपालिका वडा नं ७, खोलेसिमलमा भएको उक्त कार्यक्रम एकपछि अर्को गर्दै रोचक बन्न पुग्यो । कवि र कलाकार एकै ठाउँ भेला भएपछि कार्यक्रमको रौनक नै बदलियो । समय बितेको थाहै भएन, एक सहभागीले अनुभव सुनाए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएको थियो, कवि केशवराज आमोदी । आमोदीको राष्ट्रिय छवि पनि उल्लेखनीय छ । र साथमा हुनुहुन्थ्यो, विशिष्ठ अतिथिका रुपमा लामो समयदेखि साहित्य सेवामा लागेका अर्का साहित्यकार पुष्प अधिकारी अन्जली । दुवै साहित्यकारहरुको राष्ट्रिय स्तरमा पनि उच्च स्थान र पहिचान छ । यसै गरी अन्य चर्चित साहित्यकारहरु पनि कार्यक्रममा मन्तव्य तथा रचना प्रस्तुत गर्न आइपुगेका थिए । कार्यक्रम समाजका सचिव मिथुन कुँवरले सन्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष चौधरीले गरेका थिए । स्वागत 
मन्तव्य उपाध्यक्ष तथा साहित्यकार सुमित्रा महतोले गरेकी थिइन् । 

प्रमुख अतिथि केशवराज आमोदी, साहित्यकार पुष्प अधिकारी अन्जली तथा साहित्यकारहरु ईश्वरी ओझा, रुविन पौडेल, रुद्रराज कँडेल, राजेश रुम्बा र गणेश शर्माले मन्तव्य दिनुका साथै रचना वाचन गरेका थिए । उनीहरुको परिपक्व प्रस्तुति र मन्तव्य नयाँ पुस्ताका कलाकारहरुका लागि प्रेरणा थियो । उनीहरुले पूर्वी चितवन साहित्य समाजको सक्रियता र गतिविधिको खुलेर प्रशंसा गरेका थिए । कलाकार तथा स्रष्टाहरु कुमार सिँजाली मगर, योगी कृष्णनाथ, अनिता वली, एलिना सापकोटा, मिथुन कुँवर, सागर मिश्र, प्रमिला गुरुङ, सृष्टि थापामगर र शैलेश बर्ताैलालगाएतले आआफ्ना रचना र कला प्रस्तुत गरेका थिए । सबैले एकपछि अर्को गर्दै श्रोताहरुको ध्यान तानिरहेका थिए । यसबीचमा साहित्यकार रुद्रराज कँडेलले त कलाकारहरुसँग मिलेर केहीबेर दोहोरीसमेत प्रस्तुत गरेका थिए, यसले कार्यक्रम झन् रोचक र अविस्मरणीय बनेको थियो ।

कलाकाहरुले साहित्यिक कार्यक्रम थप प्रभावकारी बनाएका थिए । कसैले दुःखपूर्ण सम्झनाका गीतहरु सुनाएका थिए भने कसैले आफैले गाएका नयाँ गीतहरु सुनाएका थिए । यस क्रममा कुमार सिँजाली मगरले साथीको सम्झनाको मर्मस्पर्शी गीत सुनाएका थिए जसले सबैलाई मन्त्रमुग्ध पारेको थियो भने एलिना सापकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री ...’ बोलको गीत सुनाएकी थिइन् । पछिल्लो समयमा सक्रियताका साथ लागि परेका कलाकार सुरज कालाखेती र अनिता ओलीले पनि आफ्ना सुमधुर आवाजमा गीत सुनाएका थिए । साहित्यिक कार्यक्रम केआरपि म्युजिक सेक्सन चितवन शाखाका कलाकारहरुको जमघटले निकै रोचक बनेको थियो । कार्यक्रममा उपस्थित सबैलाई खाजा खर्च जुटाउने कार्य साहित्यकार राजेश रुम्बाबाट भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति रहेका चौधरीले हल उपलब्ध गराउने रेडक्रस परिवार, कार्यक्रममा सहयोग पुर्याउने साहित्यकारहरु र सदस्यहरुलाई संस्थाका तर्फबाट धन्यवाद दिएका थिए । पूर्वी चितवन साहित्य समाजले पूर्वी चितवन क्षेत्रमा ल्याएको जागरण र विकास गरेको सामीप्यताबाट प्रभावित भई कार्यक्रमको खाजाखर्च एक्लै व्यहोर्ने उद्घोष गर्ने राजेश रुम्बालाई पनि सभापति चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । यससँगै कार्यक्रम समाप्त भएको थियो र सबै कलाकार तथा रचयिताहरु आआफ्ना घरतर्फ लागेका थिए ।

जति सकिन्छ त्यति सबैले आआफ्ना स्थानबाट केही न केही गर्दै जाँदा समाजको उन्नति हुने कुरामा दुई मत हुन सक्दैन । साहित्य र कलाले समाजमा दिने उपलब्धी सामान्यतः झट्ट थाह पाउन सकिँदैन, यो भर्खरका युवाहरुले बोध र विश्लेषण गर्ने कुरा पनि नहुन सक्छ । मानवसमाजको विकास र सौन्दर्यका लागि यसले पुर्याउने दीर्घकालीन प्रभावको भने अनुमान सहजै अनुमान लगाउन सकिँदैन । साहित्य समाजका सदस्यहरुले अहोरात्र खटेर आफ्नो क्षेत्रमा यसरी पुर्याउँदै आएको योगदानको कदर समयसँगै सबैले बुझ्दै जानेछन् । पूर्वी चितवन साहित्यसमाजले जसरी अन्य संस्थाहरुले पनि ठाउँठाउँमा यस खालका कार्यक्रमहरुलाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।

अध्यक्ष मनोज चौधरी रहेको उक्त संस्थामा एघार सदस्यीय समिति रहेको छ । जसअनुसार उपाध्यक्षमा सन्चारकर्मी सुमित्रा महतो, सचिवमा मिथुन कुँवर, सहसचिवमा सागर मिश्र तथा कोषाध्यक्षमा योगी कृष्णनाथ रहेका छन् । त्यसै गरी समाजको सदस्यमा सुरज कालाखेती, अनिता वली, राजकुमार श्रेष्ठ, राज प्रणय, गिरीधारी चौधरी र अनिल दराई रहेका छन् । खैरहनी, राप्ती, रत्ननगर र कालिकास्थान गरी चार नगरपालिकाका प्रतिनिधिहरु रहेर उक्त समाज गठन गरिएको पेजमा उल्लेख छ ।

(यो जानकारी प्राप्त सूचना, सौराहा अनलाइन, केही फेसबुक पेज र पूर्वी चितवन साहित्य समाजको फेसबुक समूहको पेजका आधारमा तयार पारिएको हो ।)

Sunday, December 4, 2016

नेपालीहरुको विश्वव्यापी वैज्ञानिक महाअभियान जापानमाः कृष्ण सुवेदीको संयोजकत्वमा जापान सन्जाल गठन

नेपाल समाचारपृष्ठ

देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा केही वर्षयता निरन्तर रुपमा कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले स्वदेश तथा विदेशमा विभिन्न सन्जाल गठन गर्न थालेको छ । यसै क्रममा विश्वव्यापी भौतिक शास्त्रीय महाअभियानका रुपमा नेपालबाट थालिएको उक्त अभियान’को जापान सन्जाल समेत गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सम्पर्क समितिमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धि सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ । उक्त सन्जालको संयोजकमा संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी रहेका छन् । 



नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको रायसुझावलाई शिरोपर गर्दै केही वर्षअघि थालिएको उक्त अभियानका केन्द्रिय अध्यक्षमा हाल भविन्द्र कुँवर रहेका छन् । अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ । नेपालभित्र काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुगं, म्याग्दी, पर्वत, चितवन आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित कार्यक्रमहरु गरिएको छ । 


विज्ञानमा परीक्षणात्मक पक्षलाई विशेष जोड दिने उद्देश्यले सजिला र प्राप्य सामग्रीको प्रयोगबाट परीक्षणहरु प्रदर्शन गर्ने र सोको परिणाम सहभागीहरुले सहज रुपमा बोध गर्ने गरी उक्त अभियानले कार्यक्रम सन्चालन गर्दै आएको छ । यस क्रममा त्रिभुवन विश्वविद्यलय, काठमाडौँ विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, काठमाडौँ मोडेल कलेज, युनिभर्सल उच्च माध्यमिक विद्यालय, हेराल्ड इन्टरनेशनल कलेज, युनाइटेड स्कलर्स एकेडेमी लगाएत देशका दर्जनौँ शिक्षण संस्थाहरुमा परीक्षणहरु सफलतापूर्वक सम्पन्न गरिएको अभियानका केन्द्रिय महासचिव नवीन भावुकले जानकारी गराए ।



नेपाली विद्यालय तथा कलेजहरुमा अध्यापनका क्रमका कोर्सको भारका कारण प्रयोगात्मक परीक्षणहरुलाई समय दिन नसकिने बाध्यताका बीच यस खालका कार्यक्रमहरु निकै उपलब्धिपूर्ण हुने प्रतिक्रिया उपस्थित सहभागीहरुको रहेको छ । 


केही वर्षअघि थालिएको यस अभियान र यसका क्रियाकलापहरुमा नेपाल, भारत, चीन, पाकिस्तान, अमेरिका, नाइजेरिया, बेलायत, साउदी अरब, फिलिपिन्स, बर्मा, भुटान, बंगलादेश आदि विभिन्न देशका भौतिक शास्त्री, गणितज्ञ तथा विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको देखिन्छ । यस अभियानले विज्ञानमा प्रयोगले मात्र सत्यता जाँच्न सक्छ भन्ने मूल उद्देश्यका साथ यस खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ । प्रमाणित आधार भएका नेपाली तथा विदेशी खोजकर्ताहरुका नयाँ खोजहरुलाई अग्रसारण गर्ने मूल उद्देश्यका साथ यस वैज्ञानिक अभियान अघि बढेको छ । 

नेपालको विज्ञानको स्थिति सन्तोषजनक नभएको परिप्रेक्ष्यमा विज्ञान शिक्षाका क्षेत्रमा अभियानले झण्डै दशकअघिदेखि अघि बढाएका क्रियाकलापहरु र परीक्षणहरुलाई विषय विशेषज्ञ, विज्ञान मन्त्रालय र शिक्षा मन्त्रालयले पनि प्रोत्साहन गर्दै आएका छन् । अभियानका क्रियाकलापहरुबाट स्वदेशी तथा विदेशी विज्ञानप्रेमिहरुको चासो बढ्दै गएको छ । भौतिक शास्त्र पुनर्निर्माण अभियानका विश्वव्यापी क्रियाकलापहरुलाई जापानमा समेत अगाडि बढाउनका लागि सम्बन्धित कार्यक्रमहरु गर्दै जाने निर्णयका साथ जापानमा यस खालको सन्जाल पहिलाचोटि गठन गरिएको हो । 


परीक्षणका बेला नेपालमै छँदा अभियानका परीक्षण कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गरेका केही अभियन्ता र जापानमै रहँदा पनि सद्भाव व्यक्त गरिरहने सक्रिय र जिम्मेवार सदस्यहरु उक्त समितिमा रहेकाले जापान सम्पर्क समितिले छुट्टै पहिचान स्थापित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छु, अध्यक्ष कुँवरले बताए ।


यसबाहेक अभियानले केही समयअघि चितवन जिल्लामा समेत शाखा गठन गरेको छ । उक्त शाखा आश्रिया परियारको नेतृत्वमा गठन भएको थियो । चितवन शाखाले टरौली सामुदायिक पुस्तकालय, रत्न नगर, केआरपि म्युजिक सेक्सन, पर्सा तथा पन्चकन्या बोर्डिङ स्कुल, टाँडी रत्ननगरमा प्रवचन तथा परीक्षण प्रस्तुत गरिसकेको छ । उक्त शाखामा सन्तोष चौधरी तथा मिथुन कुँवर सदस्य रहेका छन् । 

प्रकाशन मितिः २०७३ मंसिर १९ गते, आइतबार ।

Formation of Japan Network of Physics Reformation Campaign



The historical and worldwide campaign for physicists 'Physics Reformation Campaign' has recently formed a network in Japan. The Japan network of the campaign is in the leadership of Mr. Krishna Subedi. In the network, Mr. Prakash Shrestha, Mr. Ramesh Karki, Mr. Bharat KC and Mr. Bikas Subedi are also involved as members.

The campaign had been started before some years from Nepal. Some of the professors, related experts and physicists of Nepal had suggested and encouraged to make the discoveries worldwide by campaigning. After that, the campaign had formed. Now, Mr. Bhabindra Kunwar is the chairman of the campaign. The campaign had demonstrated the related experiments and presented the presentations in different districts and educational institutes of Nepal.

Tuesday, November 1, 2016

दशैँमा मान्यजन र तिहारमा दिदीबहिनी र भैलीले दिएका आशिषहरु लाग्ने


कुनै पनि चाडपर्वमा आफन्तसँग भेट हुने र लामो समयको अन्तरालमा सामान्य हुन गएको परस्परको भावना र मायामा थप उत्साह थपिने हुँदा यसबाट स्वतः लावान्वित हुन सकिने देखिन्छ । आफन्तका बीचमा हुने भावनात्मक सम्बन्धको सुधारलाई फाइदा वा नाफाघाटासँग जोड्नु एक निम्न कोटिको सोचाइ हो । तैपनि विविध बाध्यता र समस्याका कारण यस्ता पर्वहरु मनाउने अवसर मिल्न वा नमिल्न सक्छ, यसलाई आफन्तजनले अन्यथा लिनु हुँदैन । तर कतिपयले दशैँतिहारजस्ता चाडवाडमा आफन्त र मान्यजनले दिएका आशिषहरुलाई निरर्थक भन्ने गरेको पाइन्छ । 

एक थरी मानिसहरु चाडवाडका अवसर पारेर दिएको आशिष लाग्छ नै भन्ने पक्षमा रहेको पाइन्छ भने अर्का थरीले भावनात्मक सम्बन्ध सुधार र समाजका सन्दर्भमा राम्रो भए पनि आशिष चाहिँ लाग्दैन, लाग्ने भए हामी कहाँ पुगिसक्ने थियौँ भन्ने धारणा राखेको पाइन्छ । कतिपय भर्खरभर्खर स्कुले वा विश्वविद्यालयका कुनै तहका पढाइ सकेका युवाहरुले त एक्काइसौँ शताब्दीमा पनि यसो भन्ने ? भनेर अविश्वास गरेको पाइन्छ । बुझाइसहितको पढाइ त विश्वविद्यालय र घरव्यवहारको लामो यात्रापछिमात्र आरम्भ हुन्छ भन्ने कुराको ज्ञान पाउने अवसर नमिल्दा त यो वा त्यो किन भन्ने, तपाईँहामी सबै एकै बारीका बाली हौँ, यो बुझ्नुपर्ने हुन्छ ।

वर्तमान समयमा समाज र नागरिकहरु बढ्दो निराशा र भावनारहित चरम प्रतिस्प्रधा तथा ईष्र्याले ग्रस्त छन् । कतिपय त आजीवन मानसिक रुपमै कमजोर र अस्वस्थ भएको पाइन्छ । हाम्रोजस्तो बेरोजगारी भएको मुलुकमा यस खालका निराशा र दिशाहीनता जस्ता समस्याहरुले झन् विकराल स्वरुप लिँदै गरेको देखिन्छ । यही समस्याका कारण कतिपय नेतृत्वहरु नै विभिन्न प्रकारका तलिम तथा अभ्यासमा व्यस्त भएको देखिन्छ । सकारात्मक सोँच, उत्साह, मनोरन्जन र हर्षका लागि व्यक्ति, समाजसेवी, कर्माचारी तथा अन्य व्यक्तित्वहरुले पुस्तक आदिको अध्ययन तथा तालिममा भएगरेका खर्चहरु पनि धेरै नै मात्रामा रहेका छन्, समय त झनै भइ नै हाल्यो । यसै बीचमा व्यक्तित्व विकास र आफू जन्मेहुर्केको स्थानमा आफ्नो पहिचान बनाउन पनि वर्तमान पुस्तालाई कम चुनौतीको विषय छैन । यी र यस्ता विविध समस्याहरु र यथार्थहरुसँग हामीहरु परिचित नै छौँ । 

सबै उत्साहित र खुशी हुन चाहन्छन्, हामी पनि चाहन्छौँ । राष्ट्रको व्यवसायको स्तर उठाउन र मुद्रालाई चलाएमान गराउन वा विनिमयमा लैजान पनि चाडपर्वहरुको महत्त्व रहँदै आएको छ । यसै समयमा आउने म्हेह पूजा, छठ पर्व जस्ता पर्वहरुले पनि यो देशको आर्थिक विकासमा विशेष भूमिका निर्वाह गर्दछन् । व्यापार व्यवसाय बढ्छ, कारोबार बढ्छ । यस बीचमा सबै मानिससँग चाडवाड मनाउने मनग्य धनपैसा हुँदैन भन्ने कुरा पनि आउँछ । आर्थिक सबलता र दुर्बलताका कुराहरु अन्यदिनहरुमा झैँ चाडवाडमा पनि लागु हुन्छ ।

राष्ट्रमा चाडबाडका लागि भनेरै पनि धेरै परिश्रम गर्न तयार हुने वर्ग पनि छ । तर यससँगै चाडवाडलाई धनसम्पत्ती र शक्ति प्रदर्शनको विषय ठान्ने प्रवृत्तिका मानिसहरुका कारण निम्न वर्गलाई निकै असर पुर्याएको पनि देखिन्छ । सकिनसकी ऋणधन गरेरै भए पनि अरुको सरह हुन खोज्ने अज्ञानताका कारण र प्रभावबाट प्रभावित हुनाका कारण निम्न वर्गीय जनतामा झन् समस्या निम्तिएको पनि देखिन्छ । यसको अर्थ चाडवाड नभएको भए निम्न वर्गलाई राम्रो हुने थियो भन्ने चाहिँ होइन । चाडवाड पनि आएन भने वर्षभरि दुखः गर्ने निम्न वर्गीय जनताहरुलाई जीवनमा एक दिन पनि आफन्तसँग भेटघाट गर्न र गछ्यअनुसारको खुशी बाँडचुँड गर्ने अवसरमा कमी आउनेछ । मजदुरहरुलाई विदा र आनन्दको अवसर गुम्नेछ । उनीहरुका कामहरुका समीक्षा र सहयोग गर्ने आफन्तसँगको सामीप्यता न्यून हुनेछ । त्यसैले चाडवाड सबैको हितमा छ तर सचेत भएर यसको सदुपयोग गर्न सक्नुपर्छ ।

चाडवाडमा पनि अन्य दिनहरुमाझैँ माथिका उल्लिखित र अन्य विविध समस्याहरु र समाधानहरु त छन् नै यसका बीचमा दशैँमा आआफ्ना बाबुआमाको आशिर्वाद र तिहारमा देउसीभैली र दिदीबहिनीले दिएका आशिषहरु लाग्छन् कि लाग्दैनन् भन्ने विषय पनि कताकता चर्चाको विषय बन्ने गरेको देखिन्छ । यस्ता सुन्दर र आत्मीयता विकास गर्ने तथा सामाजिक सद्भाव विकास गर्ने देउसी भैलीजस्ता सांस्कृतिक र परम्परित विषयमा विकल्पको सवाल उठाउनु पनि त्रुटिपूर्ण हुन जाला तैपनि कतिपयलाई भित्रभित्रै यस सवालले पनि घोचिरहने गरेको पाइने हुँदा यस विषयलाई लिइएको हो । अब यस विषयमा प्रवेश गरौँ ।

कुनै बद्मास बालकलाई पनि उसका बाबुआमा, आफन्त, मान्यजन तथा गुरुजनहरुले भोलि ठूलो मान्छे भएस्, हाम्रो इज्जत राखेस् भनेर दिएको आशिषले सकारात्मक भावनाको विकास गरिरहेको हुन्छ । सबैले सबै कुराको सदुपयोग केकति गर्छन् भन्ने कुरा भिन्दै विषय भए पनि उसलाइए सानैदेखि ठूलो हुने आशामा केही न केही मात्रामा कमजोरीहरुलाई सुधारिरहेको हुन्छ । यस्तै आशिर्वादले पनि कतिपयमा भारी सुधार भएको हामी पाउँछौँ । यसरी ऊ ठूलो भइसकेपछि हरेक वर्षमा आफूभन्दा ठूला मानिसले उसले गरेका असल कामहरुको प्रशंसा गर्दै नराम्रा कामहरु छोड्न दिएको आशिषले उसलाई पटकपटक राम्रा काम गर्न घच्घचाएको पाइन्छ । कतिपयले त मान्यजनका हातको टीका थाप्दा कसम खाएर रक्सी, चुरोट, झैझगडा, कुलत आदि छोडेर सही बाटोमा लागेका उदाहरणहरु नेपाली समाजमा प्रशस्त छन् । रक्सी खानेहरुलाई उसका मान्यजनहरुले रक्सी खाने भए मेरो हातको टीका लगाउनै पर्दैन, मलाई ढोग गर्नै पर्दैन भनेको पनि पाइन्छ । यसैबीच कतिपयले निर्णय गरेर जीवनभर खराब चीजको संगत त्यागेका उदाहरण भेट्न सकिन्छ । 

मानिस सफल हुन उसको मनमा उत्साह र आफन्तको सहयोग पनि चाहिन्छ । कतिपय अवस्थामा चाडवाडमा भएका भेट र समीक्षाबाट मानिसहरुका जीवन नै बदलिएको देखिन्छ । कोही आफन्त दुःखमा रहेको छ भने चाडबाडमा भएको आफन्तहरुको जमातले निकै कामलाग्दा सुझाव तथा सहयोगहरु गरेर सफलताको बाटोतर्फ लगेको पनि देखिन्छ । यसबाहेक सुखी वा दुखी हरेक मानिसलाई उसको कामको प्रशंसा गदै अझ सफल हुनु, वैरीका सामु केही गरेर देखाउनु, अरुले छी भन्ने नपार्नू, आफ्ना छोराछोरीलाई राम्रोसँग हेर्नु, बाबाआमालाई पाल्नुताल्नु जस्ता भनाइ र कामनाले पनि उसका लागि तत्काल कतिपय असल योजनाहरु बन्दछन् र सफलताको बाटोमा मानिस लागि पनि हाल्दछ । त्यस्तै विविध कारण र बाध्यताका कारण चिसिएको वा बिग्रिएको सम्बन्धको सुधारमा चाडबाडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सतहमा आम सर्वसाधारणले नै बोध गर्ने गरी हुने आशिर्वाद र यससँग जोडिएका पक्षहरुका फाइदाहरुबाहेकका थप अन्तर्तहका फाइदाजनक चीजहरु मान्यजनका आशिर्वादहरु हुन् । कसैलाई विशेष वातावरण, मानसिकता र अवसर पारेर दिइने आशिर्वादले बाह्य शक्तिको परिचालक आन्तरिक शक्तिलाई वृद्धि गरिदिन्छ । यसैकारण उक्त व्यक्तिले आशिष थाप्दा नथाप्दाका अवस्थामा भन्दा बढी सफलता हासिल गर्न सक्ने सम्भावना बढेर जान्छ । तर यसलाई अन्य व्यक्तिको तुलनाका रुपमा हेर्न मिल्दैन, उसकै प्रगतिको तुलनात्मक सम्भावनाको सन्दर्भसँग मिल्ने कुरा हो । 

केही अन्य प्रकृतिका उदाहरणहरु पनि हेरौँ, कुनै खेलका लागि राष्ट्रिय टिमलाई बिदाइ गर्दा उक्त टिमको अभ्यास र क्षमताका अतिरिक्त सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुखहरुले दिने उत्साह र समर्थकहरुले दिने हौसलाले पनि खेलमा महत्त्वपूर्ण कार्य गर्ने हुँदा यो विश्वभरि प्रचलित छ । यसै गरी विशेष अवसर, अनुकूल प्राकृतिक वातावरण, उत्साहमय मौसम, सरदरमा फुर्सद आदि संयोग मिलेको सुखद अवसरमा दिइने दशैँतिहार जस्ता चाडबाडका आशिषहरुले यस्तै आधारभूत भुमिका निर्वाह गर्दछन् । गायकगायिकाहरुलाई गुरुले दिने आशिर्वाद, तालिममा प्रशिक्षकले दिने आत्मबलका टिप्स र रणनीति आदि कुराहरुले पनि यस्तै खालका भूमिका निर्वाह गर्दछन् । 

भैलीले दिने आशिष त झनै महत्त्वपूर्ण हुन्छ । एक जनाले नभई धेरै जनाले सुधार होओस् भनी दिएको कामना । अझ संगीतबद्ध र नृत्यसमेतको कामना । यस बेला दिइने आशिषले घरबेटीको मन स्वच्छ छ भने हाम्रो सफलतामा ठूलो भूमिका निर्वाह गर्दछ । मनै प्रशन्न हुन्छ । गौरव हुन्छ । तर यी भैली त नआए पनि हुन्थ्यो, काम नपाएर माग्न आएका भन्ने नकारात्मक भावना राखेका बेला भैलीले दिएको आशिष फलदायी हुन सक्दैन । त्यसै गरी जति छ त्यति दिने र थोरै दिए पनि धेरै दिए पनि घर नबिराएर सबैकोमा सबै उत्तिकै सम्मानपूर्वक गइदिने परम्परा भैलीले पछ्याएनन् भने ती भैलीले दिएको आशिष पनि लाग्दैन किनकि परस्परमा भावनाको मिलन हुन पाउँदैन । त्यसैले सबैले राम्रो भावनासहित, असल र आधारयुक्त कामना र आशिष दिने र त्यो पनि संगीत तथा नृत्यका साथमा दिने हुँदा भैलीको आशिषको विशेष र दीर्घकालीन लाभ छ । समाजमा सम्मान र सम्बन्ध कायम गर्ने विशेष अवसर पनि भैली हो । 

दिदीबहिनीले गर्ने सप्रेम कामनाले पनि दाजुभाइको मन प्रफुल्ल हुन पुग्दछ । यसभित्र पर्ने अनेक विधि परम्पराले झन् मानिसका उत्साह र क्षमतालाई नवीकरण नै गर्न पुग्दछन् । तर औषधी पनि खानापछि खानेलाई खानअघि खाँदा वा उमेरअनुसार तोकिएको मात्राको वास्ता नगरी घटी वा बढी खाने गरेमा लाग्दैन भनेझैँ नकारात्मक भावना राखेमा र नराम्रो मात्र देखेमा दिदीबहिनीका कामना र देउसीभैलीका कामनाहरुको फल पनि नकारात्मक नै हुन सक्ने सम्भावना हुन्छ । यसरी औषधीमा प्रयोगकर्ताले भूल गरेका एकाध घटना र अर्थमा सम्पूर्ण मेडिकल साइन्सलाई नै बेकारको भन्न नमिलेझैँ विधि र अनुशासनभित्र नरही खेलिने भैली, तडकभडकको चाड मान्ने दाजुभाइदिदीबहिनी र जनमानसको बुझाइका आधारमा सम्पूर्ण भैलीपरम्परालाई निरर्थक भन्न मिल्दैन । सही वातावरण, शुद्ध भावना र विश्वासका साथ प्राप्त गरको आशिष लाग्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । अज्ञानतावश आएका विकृति, ढोँग, बडप्पन, तडकभडकजस्ता कुराहरुलाई भने हामीले अँगाल्नु हुँदैन । चन्द्रमामा भएका कालादागको विरोध गरेर र असन्तोष व्यक्त गरेर आफूमा नकारात्मक भावनालाई प्रश्रय दिनुभन्दा यसले दिने शान्त प्रकाश र आनन्दलाई लिन सक्नुपर्छ । यस कुरामा सबै सचेत हुनु आवश्यक छ ।

अन्त्यमा, जस्तो, कुनै एक समाजसेवी जो सकारात्मक सन्देशका लागि बेलाबेलामा एनजिओ तथा आइएनजिओमा तालिम लिएको हुन्छ र उसले चाडवाडमा दिइने शुभकामना वा आशिर्वादले के काम गर्दछ ? भन्यो भने उसमा शुभकामनालाई पनि नकारात्मक रुपमा लिने सम्मको खतरनाक मानसिक समस्या रहेछ भनेर बुझ्दा अन्यथा हुनेछैन । उसको भनाइका आधारमा राष्ट्रको उत्साह वा शोकमा राष्ट्रले गर्ने विश्वभरिका देशहरुका प्रचलनहरु निरर्थक हुन्छन् । यसर्थ सकारात्मक सोँचको विकास भई नसकेका कथित शिक्षित अव्यवहारिक मानिसहरुले गर्ने विश्लेषण र प्रचारप्रसारको शिकार अन्य सर्वसाधारण मानिस भए भने त्यो परिणाम अन्ततः राज्यका लागि हानि पुर्याउने खालको हुन्छ । हामीलाई थाह छ, अमृतमा विष मिसाउँदा अमृत पनि विषाक्त नै बन्दछ । उसले एकदिन आफू जन्मेको धर्ती वा आफूलाई यो तहमा ल्याइपुर्याएको परम्परा र सामाजिक मूल्यलाई अविश्वास गर्न सक्छ । के असल हो र के खराब हो भन्ने कुराको विश्लेषण गर्ने अवसर नपाएरै त्यस्ता कतिपय मानिसहरुको जीवन बित्दछ । उनीहरुले आमाबाबुलाई आमाबाबु हुन् कि होइनन् भनी शंका गर्न पुग्छन् । कतिपयले आफ्ना आमाबाबुलाई पनि यस्ता नकारात्मक प्रचारकको प्रभावमा परी पराइको व्यवहार गर्दछन् र आफूलाई सर्वेसर्वा ठान्दछन् । त्यसैले समयमै असल संगत गर्न नछोडौँ नत्र हामी पनि यस्तै विचारको शिकार बन्न सक्छौँ । विकृति र विसंगतिहरुलाई दुरुत्साहन गर्दै हामीले हाम्रा आफन्तजन, मान्यजन, दिदीबहिनी र देउसीभैलीका आशिष लाग्ने कुराको रहस्यलाई हृदयदेखि 
मनन गर्दै जाऔँ । अरुले असल हुन गरेको कामनालाई पनि प्रश्न उठाउछौँ भने हामीमा नकारात्मक भावनाको समस्या झन् बढेर जानेछ । यही सोँच नै असफलताको बीज हो, कारण हो ।


-डब्ल्यूडी

Sunday, October 30, 2016

ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ?



१४ कार्तिक २०७३ बेलुकाको ६ बज्दै गरेको समय । भर्खर कम्प्युटर खोल्दै । जम्मा ४ मिनेट ४७ सेकेन्डको भिडियो । फेसबुक वाल हेर्दै । वालमा एउटा भिडियोको लिंक आयो । शीर्षक घटनाप्रधान थियो । क्लिक गरिहालियो । हेर्दा त एक भिडियो युट्युबमा अपलोड गरिएको रहेछ । उक्त भिडियो कतिसमयसम्म युट्युवमा रहन्छ भन्ने कुराको यकिन गर्न सकिँदैन । मैले पनि उक्त लिंक यहाँ दिने हिम्मत गरिनँ । उक्त भिडियो हेर्दा जोकसैको मनमा पनि विभिन्न कुराहरु खेल्न सक्छन् । हाम्रो समाजको समस्याको डरलाग्दो चलचित्र । नेपाली राजनीतिले निम्ताएको हाम्रा बालबालिका र हाम्रो राष्ट्रको अत्यन्तै चिन्ताजनक भविष्य ।



भिडियो । कतिबेला कुटाइपिटाइ छ । कतिबेला क्षमाजस्तो भाव पनि छ । भनिएका दोषीहरुले दोषी होइनौँ पनि भन्ने र वरपरकाले किन होइन भनी प्रश्न । पिटिनेहरु होइन भन्न नसकेको । यसपछि फेरि सुरु हुन्छ केटाको पिटाइ । पिटाइ केहीबेर रोकिन्छ । दोषी भनिएको केटाकी आमाजस्तै लाग्ने एक महिला केही भन्छिन् । दोष महिलाको पनि छ ऊ बोलिने मेरो छोरालाईमात्र पिटे । लौ मार्न थाले । यसपछि पिट्नेको मन बदलिन्छ ।


श्रीमतीलाई पनि सँगै राख्नुपर्छ नत्र त श्रीमतीलाई जोगाएर केटालाईमात्र पिटे भन्नेछन् भन्ने सोँच आएजस्तो लाग्ने दृश्य । भनिएका दुवै दोषीको हात जोडदै । दुवैलाई पिट्छ । हान्ने चीजचाहिँ बाहिरबाहिर दुखाउने खालको छनौट गरेको वा त्यस्तै छनौट गर्न लगाइएको हो कि भन्ने पनि देखिन्छ । मानौँ कोर्राजस्तै न । उसले हातले हान्दा पनि बढी नै चोट पुग्न सक्छ भनेर त्यो वस्तु प्रयोग गरेको हो कि भन्ने अनुमान लगाउने ठाउँहरु पनि छन् । यस्तैयस्तै जोश, होश र रिसको आरोहअवरोह छ उक्त भिडियोमा ।


झगडा वा पिटाइ वा सामाजिक कारवाहीको विषय यौन प्यासको रहेको छ । घटना हेर्दा उक्त केटासँग भागेर उसकी श्रीमती ९ दिनदेखि भागेकी र लोग्ने श्रीमतीको खोजीमा ९ दिनदेखि भोकै छ । उसले श्रीमती र उक्त केटालाई सोधिरहेको छ, तिमीहरुले नराम्रो काम गर्यौ कि गरेनौ ? हामीले नराम्रो काम गरेका छैनौँ, उनीहरुले भन्छन् । मतलब परस्परमा यौनसम्पर्क गरेका छैनौँ भनिरहेका थिए । यसरी सोध्दा ९ दिन हराए पनि त्यस्तो नगरेको भए स्वीकार गर्न हुन्थ्यो । लोग्ने केटाको मन भित्रभित्रै बोलेजस्तो प्रतीत पनि हुन्छ । यतिबेला लोग्ने पत्याएजस्तो गरेर र पिटाइ रोकेको जस्तो देखिन्छ । उसले श्रीमतीमा कति धेरै विश्वास गर्दो रहेछ । माया गर्दो रहेछ । देखिन्छ त्यस्तै ।


उसले अरुले नबोल्दासम्म उक्त केटाको मात्र दोष देखाउन खोजेको भान हुन्छ । तर वरपरका छिमेकीहरुले यत्रो ९ दिनसम्म भगाएर राखेर पनि केही गरिनँ भन्ने ? भनेपछि ऊ फेरि ए हो त भन्ने भावमा आई फेरि पिट्छ । यतिबेला भने सम्भवतः बाध्य भएर र लोकलाजका कारण होला उसको मुखबाट आउँछ, यस्ता श्रीमती नभए पनि केही छैन । उसले उनीहरुलाई पिट्दा र उनीहरु पिटाइदेखि तर्किएको देख्दा उसले भन्छ यत्रो ९ दिनसम्म मैले भोकभोकै बस्दा कस्तो भए होला, तिमीहरुलाई भने यति हान्दा पनि दुख्ने ? उसको रिसभित्र क्रन्दन छ, बोल्दा बोली रोकिएजस्तो वा रोएजस्तो पनि आउँछ । ऊ पीडित पनि हो, कथाले त्यसै बताउँछ । तर दृश्यले कानुनी दायरामा जानुपर्नेमा सीमाभन्दा बाहिर गएको देखाउँछ । देखिन्छ यो पनि, पिटिनेहरु पीडित छन् ।


यसपछि भने उसले सम्भवतः केटालाईमात्र दोष दिएर र पिटेर समाजका अघि अब मेरी श्रीमती चोखी हुँदिने भन्ने भावनाले काम गर्छ । उसले पिट्दै भन्छ, तँजस्ता दुलही फेरि आज पनि भाग् । यतिबेलाको चोट भने होश गुमेको भावको छ । अलिक हेर्न नसकिने खालको । समाजद्वारा भनिएका दोषीहरुका तर्फबाट श्रीमतीको चिच्चाहट निकै डरलाग्दो र कलालीलाग्दो सुनिन्छ । यतिबेलाको चिच्चाहट सुनेपछि दर्शकमध्येका कुनै महिलाले रोक्न खोज्छिन्, चौकीमा लैजाने भन्ने कुरा आउँछ । फेरि कसैले यो माया गर्ने खन्ड वा काम होइन, तपाईँलाई पनि पर्ला है भन्छन् । ऊ पनि पछि हट्छे ।


यहाँ तपाईँलाई पनि पर्ला भनेको के हो ? यस्तै परिस्थिति ? खैर, बुझ्न सकिने भाषा थिएन यो । भिडियोको दृश्यलाई हेर्ने हो भने चोट त होइन होला ती महिलालाई पर्ला भनेको, किनकि उसले पिटिरहेका बेला अन्य मानिस तथा बुढाबुढीलाई आदर गर्न छोडेको छैन । यसपछि एकछिन पिटाइ रोकिन्छ । पिटिने केटा उठेका बेला सबैले बस्न भनेपछि फेरि ऊ बस्छ । समाजले जेजे भन्छ त्यही मान्दै झपड खाएको स्थिति उनीहरुको छ ।


त्यतिबेला श्रीमती भनिएकी युवतीबाट एक जना दिदिले ढोका लगाइदिएको भन्ने कुरा आउँछ । फेरि कुनै सोझी महिलाजस्तै लाग्ने आवाजले भन्छ, तिमीहरुले गलत काम गरेका हौ । उनीहरुले यो मान्दैनन् । यतिबेला पिट्नेले भन्छ, मेडिकल गरम् ? उनीहरु चुप बस्छन् । यसपछि फेरि केही चोटहरु थप्छ उसले । सारै दुखेपछि बरु मर्छु मार, पिटिने महिला वा उसकी श्रीमतीले भन्छे ।


दृश्यले मोड बदल्छ । १ लाख २० हजार रुपैयाँ माग्दछ श्रीमान्ले । श्रीमतीले भन्छे, मैले खाएँ छोराछोरीलाई खुवाएँ । यी छोराछोरी तपार्इँका नै हुन् । मैले एक रुपैयाँ पनि ल्याएकी छैनँ, उसको दाबी छ । यही बीचमा पिटिने जोडीले घरमा चावी लगाएर हिँडेको कुरा पनि समाजकी एक महिलाबाट खुल्छ । अन्त्यमा जे भए पनि हिसाब त चाहिन्छ भन्दै ती श्रीमानश्रीमतीको तत्कालका लागि विछोडको यकिन हुन्छ । यसरी नेपाली समाजको एउटा विकराल पाटो बोकेको उक्त ४ मिनट ४७ सेकेन्डको भिडियोमा भएजतिको नाटकीय दृश्य समाप्त हुन्छ ।


उक्त भिडियोमा शायद विदेश बसेको एक पुरुषले डोरी वा पेटीजस्तो देखिने वस्तुले कोर्रा लगाएझैँ दुई जनालाई पालैपालो प्रहार गरेको देखिन्छ । उक्त युवा कतिबेला सोझो प्रतीत हुन्छ र कतिबेला रिसाहा जस्तै । उसले प्रहार गरेका चोट खाने पात्रहरु पनि भाग्ने दौडिने गरेका छैनन् र समाजका सामु आफ्नो गल्ती स्वीकार गरेको जस्तो भान हुन्छ । यस खालको दृश्य रहेको भिडियो कसले खिच्यो र युट्युबमा आइपुग्यो भन्ने कुरा पनि रहस्यमय हुन सक्छ । पिट्ने वा पिटिने एक पक्षले खिच्यो वा कोही बाहिरको व्यक्तिले यसो गर्न लगाएर भिडियो बनायो र कसैलाई दियो ? यो अनुसन्धानको विषय हुन सक्छ ।


यो कथात्मक यथार्थपछि रह्यो, हाम्रो चासोको विषय । हाम्रो चासोको विषय यो होइन, तर यस्ता घटनाहरु नेपाली समाजमा बढिरहेका छन् भन्ने कुरा हामीजस्ता आम सर्वसाधारणका लागि महत्त्वपूर्ण हो । यो एक प्रतिनिधि कथा वा घटनामात्र हो । यस्ता दृश्यहरु गाउँघरमा भइरहन्छन् । एकातिर चरित्रहीनताको पराकाष्ठा र अर्कातिर समाजले यौनजन्य गतिविधिलाई हेर्ने दृष्टिकोणको पराकाष्ठाका । कारण यस्ता घटनाहरु दोहोरिन्छन् ।


अब सोचौँ, ती आमाबाबु छुट्टिने भए, केटाकेटीको के गति होला ? बाबुले रिसाउँदै र उसको साख मार्न भन्दै अर्की विवाह गर्ला । ऊ पनि महिला हो । उसले पनि त्यही युवकसँग बिहे गर्नुपर्ने होला । ऊ पनि पुरुष हो । ती बालबालिकाहरुले अब कस्तो परिवारको स्तर, शिक्षाको वातावरण र भविष्य पाउलान् ? नेपाली केही गैर जिम्मेवार प्रवृत्तिका नेताहरुले गरेको राजनीतिले अझसम्म ग्रामीण र निम्नवर्गीय जीवन गुजाराका लागि विदेशिनुपर्ने नतिजा दिएको त छ नै । यस्ता थुप्रै नेपाली बालबालिकाको भविष्यमाथि बेवास्ता र खेलवाड गर्ने कार्य पनि भइरहेको छ । (ed.)


स्रोत: with the help of a video on kbronline20.blogspot.com.गणेश, नेसपृ., २०७३ कार्तिक १४ गते ।


भुसुनाहरुको राष्ट्रभक्ति स्टाटस् र जोडदार हावाहुरी


हावाहुरी भन्नाले हावा चलेर बनेभनेको हुरी । अडिन नसक्ने लक्षण भएको पदार्थको एक विचलित प्रकार । अन्यत्रै केही वाष्पीकरण भएपछि आफ्नो स्थानमा अडिन नसकेर अरुको स्थानको अभाव पूर्ति गर्नका लागि उतैतिर जान दौडधूप गर्दा बस्ती अन्धकार बनाउने गरी चल्ने एक पदार्थ, तरल भन्दा पनि हुने । विचलित पदार्थ भन्दा पनि हुने ।

बढी घनत्त्व भएका ढुंगा र बलिया वस्तुलाई छोडेर घनत्त्व कम भएका वस्तुहरुलाई फनफनी नचाउने । कुइरीमण्डल लगाउने । शक्तिशाली । मूलतः हरिलाभरिला र बलियाभन्दा सुकेझरेका पातपतिंगर, सानो असरले ध्वस्त हुने डाँड भएका बोटविरुवालाई नछोड्ने ।  

हुरी । आफ्नो आफूजस्ता पदार्थहरुको घनत्त्व वा प्रभाव कम भएको स्थलतिर दौडिन जोडजबरजस्त, धमरधुस गरिरहने एक उकरमाउलो वस्तु । परन्तु बढी घनत्त्व भएका ढुंगा र बलिया वस्तुलाई छोडेर घनत्त्व कम भएका वस्तुहरुलाई फनफनी नचाउने । कुइरीमण्डल लगाउने । शक्तिशाली । मूलतः हरिलाभरिला र बलियाभन्दा सुकेझरेका पातपतिंगर, सानो असरले ध्वस्त हुने डाँड भएका बोटविरुवालाई नछोड्ने । निकै प्रभाव पार्यो भन्ने पार्नका लागि टिनजस्ता हल्लाखल्लायुक्त वस्तु पनि उडाउन सक्ने क्षमता भएको भयानक स्वरुपको पदार्थ । हात्तीहरु होइन साना भुसुनाहरुको स्थायी ठेगानै परिवर्तन गराउन माहिर । अनिश्चित स्वभाव भएको । हुरीहावा, हावाहुरी, हावा, हुरी । बतास चाहिँ होइन । पवन होइन । हुरी ।

हुरी चल्दा सबैका आँखामा कसिंगर पर्छ, आँखाहरु छोपिएका हुन्छन् । यस्तो बेला दृश्यहरुमात्र होइन, हुरीसँग लतारिन्छन् ध्वनिहरु पनि । 

राष्ट्रका जिम्मेवार व्यक्तित्वहरुले एक सानो स्टाटस दिएछन्, सामाजिक संजालहरुमा । उनीहरु पनि भुसुनै होलान्, जिम्मेवारहरु प्रायः भुसुनै हुन बेर लाग्दैन । उनीहरुको ठेगानामा पनि हलचल होलाजस्तो भएर होला, उनीहरु चिच्चाएको । हुरी चलेका बेला चिच्चाएर कसैले सुन्छन् कि भन्ने आत्तिएको महत्त्वाकांक्षा होला उनीहरुको यो । हुरी चल्दा सबैका आँखामा कसिंगर पर्छ, आँखाहरु छोपिएका हुन्छन् । यस्तो बेला दृश्यहरुमात्र होइन, हुरीसँग लतारिन्छन् ध्वनिहरु पनि । दिमाग ज्ञानेन्द्रियको अन्योलतामा दिशाहीन बन्छ । दिशाहीन मन । यस्तो बेला शरीर चलाउने यन्त्र नै होस्मा हुँदैन । तैपनि एक प्रयत्न गरेछन्, प्रशंसनीय छ । कसरी यो सोच्न भ्यायौ ? धेरैहरु त धुलोधूवाँले मेसोमेलो पाइरहेका छैनन् ।

ए भुसुनाहरु तिमीहरु हुरीजस्तो निर्जीव पदार्थसँग के माग गर्दछौ ? आँखामा आँसु छन् मेरा पनि तर म यी लेख्दालेख्दै हासेँ । भावना भनेको के हो ? हावालाई सोधेर पाइन्छ ? हँ ? हावासँग रोएर पाइन्छ ? तिमीले तिम्रो सप्पै ६५ लिटर आँसु प्रदर्शन गरे पनि हावाले तिम्रा आँखामा धुलो फाल्न छाड्नेछैन । ऊ हावा हो ।

हुरीका लागि बराबरी भनेको के हो ? के हो समानता भनेको ? किन सोधेको ? आवेग हो ? हुरीका लागि त तराजु एकातिर तल हुनुजस्तै यताबाट सबै हावा उता र उता जानु होइन र ? ए भुसुनाहरु तिमीहरु हुरीजस्तो निर्जीव पदार्थसँग के माग गर्दछौ ? आँखामा आँसु छन् मेरा पनि तर म यी लेख्दालेख्दै हासेँ । भावना भनेको के हो ? हावालाई सोधेर पाइन्छ ? हँ ? हावासँग रोएर पाइन्छ ? तिमीले तिम्रो सप्पै ६५ लिटर आँसु प्रदर्शन गरे पनि हावाले तिम्रा आँखामा धुलो फाल्न छाड्नेछैन । ऊ हावा हो, हावा । हावा  हुनु भनेको सँधै हावाको अभाव भएतिर अभाव पूर्ति गर्नु हो । तिमी हावा कि निर्जीव पदार्थ हावा ? हँ ? बरु तिमी हावा हुनु भनेको चेतना र बुद्धिको सवालको कुरा हो, बुझ्यौ ? 
By D.D.

Saturday, October 29, 2016

नेपाली बैज्ञानिक - Nepali Baigyanik: बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक: Pro...

नेपाली बैज्ञानिक - Nepali Baigyanik: बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक: Pro...: वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइ रालाले हाम्रै देशको कुरा अरुले भनिदिएपछि वा अन्यत्रै ठोकिएर फर्किएपछिमात्र ग्रहणीय र अनुकरणीय लाग्ने 'बाउन्स् शैली'को बौद्धिक परम्परामा सुधार गर्नुपर्ने आवश्यक्ता भएको औँल्याउनु भएको छ । कोइरालाले (वि सं २०६९) साउन २७ गते शनिवारका दिन 'भविन्द्र कुँवर'द्वारा लिखित 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' शीर्षकको भौतिक शास्त्रीय अनुसन्धानात्मक कृति हेराल्ड इन्टर्नेशनल कलेज, चक्रपथमा विमोचन गर्दा उक्त कुरा वताउनु भएको हो । उक्त कलेजका पृन्सिपल नारयाण उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा 'मनोज शर्मा'ले आगन्तुकहरूलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम 'भौतिक शास्त्र पुनर्निर्माण अभियान'का सदस्य सचिव नवीन भावुकले सन्चालन गर्नुभएको थियो । 

प्रमुख अतिथि प्रा. डा. कोइरालाले नेपालीहरू पनि कुनै नयाँ कुराहरूलाई अरुले विश्लेषन गरिदिएपछि वा भनिदिएपछि मात्र सकारात्मक रूपमा लिने अन्यथा त्यसलाई अविश्वास र उपेक्षा गर्ने मानसिक्ता र सोँचबाट माथि उठी आफैँले सही र गलत छुट्टाउने बानी र क्षमताको विकास गर्नुपर्ने आवश्यक्ता ... 

नमिठो नबोल, सम्भवतः ऊ यो देशमा धेरै गाली खाएर बाँचेको मान्छे हो, मार्छु पनि नभन उसलाई, एक दिन आँफै मर्नेछ ऊ



  • भरसक ऊसँग नमिठो नबोल, सम्भवतः ऊ यो देशमा धेरै गाली खाएर बाँचेको मान्छे हो । पिट्छु नभन, समयले कति चुट्यो उसलाई हिसाब छैन । एकफेरि मर्ने कुरा राम्रैसित थाह छ, त्यसैले उसले कदापि आत्महत्या गर्नेछैन । कसैले मार्छु पनि नभन उसलाई, एकदिन आफै मर्नेछ ऊ । नेपाली हो ऊ ।,

  • भनिन्छ, हरेक समयका मानिसहरुमा राम्रा वा नराम्रा विचार आउन सक्छन्, आउनुलाई अन्यथा अर्थमा लिनु हुँदैन हामीले । कसैको वास्तविकताप्रतिको अज्ञानतालाई लिएर चित्त दुखाउनु र प्रतिशोध वा ईर्ष्यालाई निम्तो दिनुको अर्थ छैन । 

  • यो ब्लग पढेपछि यहाँहरुमा अवश्य केही प्रश्नहरु आउलान् । हामी कस्तो राष्ट्रको अपेक्षामा छौँ ? हाम्रा लागि केकस्ता कुराहरु प्रोत्साहनयोग्य हुन् वा दुरुत्साहनयोग्य हुन् ? हामीसँग हाम्रो जिम्मेवारी र रुचिसँगै कर्तव्यको तह पनि छ वा छैन र त्यो कुन हो ? कसैसँग कुनै कुरा होइन भन्ने प्रमाण छैन भने उसले हो भनेर मान्ने आत्मविश्वास कुन आधारमा लिने ? अथवा कसैसँग कुनै कुरा हो भन्ने प्रमाण छैन भने उसले होइन भनेर मान्ने आत्मविश्वास कुन आधारमा लिने ? 

  • त्यसैले यो ब्लगमा शिक्षा, स्वास्थ्य, विज्ञान, समाज, दर्शन, जानकारी आदि विविध विषयहरु त्यस प्रकारले रहनेछन् जुन प्रकारले हामी र हाम्रो समाज र हाम्रो राष्ट्रलाई हानि नहोओस् । आफूसँग भए त्यस्ता विषयहरु, तपाईँ पनि पठाउनुहोला ।


- नेसपृ

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचयसंगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि संगीतका क्षेत्रमा महत्त्वपूर्ण हुन पुग्दछ । तालको भूमिकाले संगीतमा झन् गहनतम भूमिका निर्वाह गरिरहेको हुन्छ । सुर र तालको भूमिकाको गहिराइ पार गरेपछि सोँचको भूमिकाको बोध हुन पुग्दछ । विशेष रुपमा सुर र ताल अथवा सामान्यीकृत भाषामा भन्नुपर्दा ध्वनि र समयका आधारमा मात्र संगीतलाई बुझ्ने गरिएको पाइन्छ । संगीतका ...

जोडघटाउ - Jodghatau: जोडघटाउसम्बन्धी जानकारी

जोडघटाउ - Jodghatau: जोडघटाउसम्बन्धी जानकारीजोडघटाउ नामक यस ब्लगमा गणितसँग सम्बन्धित विविध विश्वसनीय सामग्रीहरु पोष्ट गरिनेछ । गणितका समस्याहरुका विषयमा जानकारी दिने, विविध समस्याको समाधानका तरिका वा उपायहरु दिने, प्रश्नहरु सोधिने आदि कार्य यसमा हुन्छ । गणितसँग सम्बन्धित कुनै नयाँ लेख पनि यस ब्लगमा प्रकाशित गरिनेछ । गणितसँग सम्बन्धित दर्शन, विश्लेषण ...

दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्ने



  • एक अर्थमा परिवार पनि एउटा सानो घरायसी राज्यजस्तै हो । यहाँ पनि कुनै न कुनै व्यक्तिको नेतृत्व स्वीकार हुनु अनिवार्य हुन्छ । समाजमा पनि आदरणीय व्यक्तिहरुको आदर गर्नुपर्छ नत्र समाज समाजजस्तो नभई अराजक र अनियन्त्रित मानिसहरुको दिशाहीन जमात हुन पुग्दछ । बाँदर लगाएतका अन्य प्राणी तथा आदिवासीहरुमा पनि नेतृत्वको स्वीकृति हुन्छ, जुन प्राकृतिक रुपमा नै स्वतः आवश्यक भएर आउँछ । राज्य पनि यही अवस्था र निरन्तरताको विकसित स्वरुप हो । यस खालको सोच पनि एक अर्थमा सही नै देखिन सक्छ । तर वर्तमान समय भनेको समानताको समय हो भन्ने विचार पनि उत्तिकै सशक्त र लोकप्रिय छ । यही मान्यतालाई सबैले स्वीकार गरिसकेको अवस्था छ । 

  • नेपालमा पनि वर्तमान समयमा पारिवारिक जीवनको फरक र खतरनाक प्रवृत्ति देखिन थालेको छ । एकले अर्कोको अस्तित्वको अस्वीकार गर्ने प्रवृत्ति झन् बढेर गएको छ । जेजस्ता कारणले भए पनि परिवारमा विखण्डन वा विवाद आउनु राम्रो होइन । पारिवारिक सहसम्बन्धलाई कायम राख्न हरेक समाजले आआफ्नो समाज र संस्कृतिअनुरुप भूमिका निर्वाह गरेको हुन्छ र गर्नुपर्दछ । वर्तमान समयमा भन्नुपर्दा नेपालको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा सम्बन्ध विच्छेदको समस्या बढेर गएको पाइन्छ । यसलाई कतिपयले पहाडमा चेतनाको स्तर बढेको भनेर व्याख्या गरेको पनि पाइन्छ । तर कसैले यसलाई चेतनाको स्तरको मात्र नभई अराजकताको परिणति मानेको पनि पाइन्छ । खासमा पारिवारिक सन्दर्भमा तराईबाट पहाडले सिक्नुपर्ने अनुशासन, संस्कार र नैतिकताका कुराहरु हुन् भने पहाडबाट तराईले चेतना, समानता र सूचनाको शक्तिको बोध गर्नुपर्दछ । 

  • जब नैतिकता क्षीण बन्दै जान्छ तब आत्मसिर्जित कृत्रिम आवश्यकता र अधिकारहरुको जन्म हुँदै जान्छ । यो सतही रुपमा अधिकारजस्तो देखिए पनि वास्तवमा हानिकारक पक्ष हो । यो अर्थमा तराई पहाडभन्दा अगाडि छ तर नारीलाई हेर्ने दृष्टिकोण, नारीले आवाज उठाउने वातावरणको आधार र नारीले लिनुपर्ने शिक्षा तथा अधिकारको खोजीका सन्दर्भमा पहाड तराईभन्दा धेरै गुणा अघि छ । यसर्थ यी दुवैका राम्रा पक्षको सम्मिश्रण नेपाली सामाजिक एकता र व्यवस्थापनमा आवश्यक छ । 

  • पहाड होओस् कि तराई । जब मानिस हुर्कँदै जान्छ, उसले नयाँनयाँ साथीहरुसँग परिचय बढाउँदै जान्छ । उमेरसँगै विपरीत लिंगतर्फको आकर्षण पनि बढेर जान थाल्छ । यसरी झाँगिदै गएको आकर्षण भाव कतै प्रेममा पुगी विवाहपूर्व टुंगिन पुग्छ भने कतै विवाहसम्म पनि पुग्छ । दुवै पक्षको विवाह नभई त्यसै टाढा भएर पनि कतिको जीवन बित्दछ । साथीहरुसँग छुट्दा वयस्क अवस्थामा जति दिल दुख्न पुग्छ त्यति प्रौढावस्थामा नुदुख्न सक्छ । व्यक्तिको भावना र तात्कालिक अवस्थामा यस्ता संयोग र वियोगहरुले भूमिका निर्वाह गर्ने भए पनि उमेरको वृद्धि र घटनाहरुको बारम्बारताका कारण तुलनात्मक रुपमा यस्ता घटनाहरु केही न केही स्वाभाविक महसुस हुन्छ । यसरी जीवनका उतारचढावहरुमा समग्रमा नजिकिन उत्सुक हुने र नजिक भइरहँदा टाढिन उत्सुक हुने स्वभाव र प्रवृत्तिले स्थान पाइरहेको हुन्छ । यही कुरा आम नेपाली दाम्पत्य जीवनका सवालमा पनि लागु भएको पाइन्छ । 

  • तर मानवीय आम प्रवृत्ति र बढ्दो वर्तमान प्रतिस्प्रर्धाका कारण नेपाली समाज पनि पछिल्लो समयमा विखन्डन वा चिन्ताको बाटोतिर मोडिएको देखिन्छ । मानिसहरु परिवारका मूलभूत विषय वा महत्त्वपूर्ण पक्षहरुमा ध्यानै नदिई केवल पैसापैसा मात्र भनेर दौडिरहेको देखिन्छ । विश्वस्तरका विकसित मुलुकका नागरिकहरु पनि यही सोँचका कारण जीवन र कर्तव्य तथा गर्नुपर्ने सम्भाव्य मूल्यवान कार्यहरु गर्न सकिरहेका हुँदैनन् । कुनै उद्योगीले चलाएका कलपूर्जाजस्तै भएर जीवन काटेको थाहै नपाउने समस्या उनीहरुमा देखिन्छ । यस्ता विभिन्न सतही प्रभावहरु, विज्ञापनको असर, देखासिकी, अस्वस्थ प्रतिस्प्रधाजस्ता कुराहरुले जीवनका सुखहरु लुटिरहेको हुन्छ । 

  • नेपालीहरु वर्तमानमा चरम प्रतिस्प्रधाको शिकार भएको देखिन्छ । परस्परमा असहिष्णु भवनाको विकास पनि भएको देखिन्छ । जबसम्म यस्ता नराम्रा कुराहरु हाम्रा मनमा रहन्छन् तबसम्म न त सुख मिल्न पुग्छ न त बैवाहिक जीवन कायम रहन पुग्छ । यस खालका भावनाहरु मनबाट हट्ने वातावरण मिल्न कठिन भएकाले सफल भएरै पनि पूर्णतः विवादरहित वैवाहिक जीवनको अपेक्षा गर्नु त्रुटिपूर्ण हुन जाने हुन्छ । त्यसैले घरपरिवारमा आउने सानातिना विवादहरुलाई बढावा नदिई स्वाभाविक रुपमा लिने बानीको विकास गर्नुपर्छ । तर हिंसा र अत्याचारको सन्दर्भमा भने कुनै सर्तमा पनि सम्झौता गर्नु त्रुटिपूर्ण हुन जान्छ । जे भए पनि हामी सबैले यो कुरा बुझ्नुपर्छ कि पूर्णतः विवादरहित वैवाहिक जीवन असम्भव हुन्छ ।
-डब्ल्यूडी

सफल हुनु पनि दुर्भाग्य ???



मानिस सफलताका लागि निकै दौडधूप गर्दछ, मरिमेट्छ । उसले जीवनको धेरै भाग सफलताको दौडमा खर्च गरेको हुन्छ । सफलता भनेको के हो ? भन्ने वास्तविकता नबुझेर सर्वसाधारणको हल्लाका आधारमा सतही सफलताको आधार तय गरेपछि उसमा यस खालका समस्याहरु आउँदछन् । अध्ययन भन्नाले पढ्नुमात्र होइन त्यसको बोधको गहिराइ पनि जोडिन्छ । शिक्षित भन्नाले स्कुले शिक्षा वा विश्वविद्यालयको शिक्षामात्र होइन, अनुशासन, नैतिकता र संस्कारको शिक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । मानिसले कुनै तहसम्मको अध्ययन गरेपछि वा कुनै जागिर खाएपछि उसको आनीबानीमा एकाएक परिवर्तन हुन पुग्दछ भने ऊ धेरै काँचो मानिस हो भन्ने प्रमाण उसकै व्यवहार हो । विदेश जाने सपना बोकेको मानिस पनि बिदेश जाने भिसा लागेपछि उसका आनीबानी र अहम्का मात्रामा परिवर्तन आउँदछन् । आफन्त र साथीभाइहरुलाई चिन्न कम गर्दछ । कतिपय कलाकार, पत्रकार, अधिकारकर्मी वा राजनीतिक व्यक्तित्वहरुमा पनि प्राप्ति र उचाइपछि धरातल बिर्सने बानी देखिन्छ । अरुको त कुरै हुँदैन, आफ्नै परिवारका सदस्यलाई नै उनीहरुले वेवास्ता गरिरहेका हुन्छन् । हेर्दा शिक्षित र सभ्य देखिने तर अन्तरतहमा स्कुलकै मुख नदेखेका पाका मानिसहरुका अगाडि बालक बन्नुपर्ने व्यवहार उनीहरुको हुन्छ । यस खालको मनोभावनाको एउटा प्रभाव उनीहरुको वैवाहिक जीवनमा पनि पर्न गएको हुन्छ । 


पहिले आफूलाई सामान्य नागरिक र परिवारको सामान्य सदस्य ठान्ने भावना यी विविध क्षेत्रमा लाग्दा क्षीण हुन हुन पुग्छन् । चेतनाका नाममा भएका कतिपय शिक्षाहरुको सतही अर्थको बोध हुँदा र तिनका भित्री र दीर्घकालीन अर्थको बोध नहुँदा यस खालका समस्याहरु झन् देखिने गर्दछन् । कतिपय व्यक्तिहरु परिवारकै सहयोगमा माथिल्लो पदमा पुग्दछन् । तर पछि आफू नै ठूलो र महान् सम्झेर नाताको सम्बन्ध र गहन मूल्यको बोध गर्न सक्दैनन् । उनीहरुले शक्ति, प्रचार र ऊर्जा हुँदासम्म यसो भ्रम हुने भन्ने कुरासम्म पनि उनीहरुलाई थाह हुँदैन । जतिसुकै ठूलो व्यक्ति भए पनि उसका बाबुआमाले बुझ्ने जीवनको बोध उसले गर्न सकेको हुँदैन तर उसमा त्यो कुराको ज्ञान वा बोध हुन निकै समय लाग्दछ । यसर्थ कुनै मानिस राष्ट्रपति भए पनि उसका साथी र सहयोगीहरुका अगाडि आफू को हो ? यो बुझ्न सक्नुपर्छ । उसका बाबुआमा, आफन्त, छरछिमेक, श्रमतीका अगाडि आफू को हूँ ? भन्ने कुराको राम्रो हेकाना राख्नुपर्छ । यसले नै नैतिक बल र दीर्घकालीन सफलताको मार्ग निर्धारण गर्दछ ।


सफलता र यसको उन्माद थाम्न नसक्नाका कारण अहम्मा वृद्धि भई सम्बन्धविच्छेद गरेका घटनाहरु यत्रतत्र पाइन्छन् । साथीहरुसँगको सम्बन्धमा पनि उसको राम्रो भइरहेको हुँदैन । आफन्त, नाता र छरछिमेकीहरुलाई पनि उसले अर्कै मानिसको व्यवहार गर्न पुग्दछ । त्यसैले पूर्णतः सफल हुनु भनेको लक्ष्य पूरा गर्नुमात्र होइन कर्तव्य पनि सँगै लैजान सक्नु हो । यसतर्फ सफल भएका व्यक्तित्वहरुले समयमै सोच्नुपर्ने हुन्छ । नत्र उनीहरु उदाहरणीय र अनुकरणीय व्यक्तित्व बन्न सक्दैनन् । सधैँ शक्तिका भरमा मात्र आफूलाई टिकाउन सकिँदैन । त्योभन्दा माथिल्लो इतिहास हुन्छ र झन् माथि नैतिक बल हुन्छ । अज्ञानता र जीवन बोधको कमी छ भने यसको असर अन्ततः जीवन र समग्र समाजमा पर्दछ । 

- डब्ल्युडी

सफल कलाकारहरुमा वैवाहिक समस्या


आरम्भ

वैवाहिक सम्बन्धमा समस्या निम्तिएका र बहुविवाहका समस्याहरुका उदाहरण नेपाली कलाकारहरुमा निकै मात्रामा देखिन्छ । विश्वस्तरमा र नेपालमा चर्चित गाएकगायिका, चलचित्रकर्मी, संगीतकर्मी आदिमा पनि यस खालको समस्या देखिँदै आएको छ । पुरुष कलाकारहरुमा मात्र नभई महिला कलाकारहरुमा समेत यस खालको समस्या देखिन्छ । उनीहरुलाई यो थाह हुँदैन कि आज कुनै कार्यक्रममा हजारौँले दिने तालीको क्षणिक ध्वनि र त्यसपछि फ्यानहरुले गर्ने माया र प्रशंसाको उन्मादलाई थाम्न सकिएन भने जीवनको उत्तराद्र्धको बोध र पारिवारिक सम्बन्ध कस्तो हुन जान्छ भन्ने कुरा । अनि आफ्नो नैतिक बल कति ह्रास हुन्छ भनेर ।

पुरुष कलाकारमा देखिने समस्या

घरमा असल र योग्य श्रीमती भएर पनि विहे भएको छैन भनी ढाँटेर अर्को बिहे गर्ने कलाकारहरुको कमी छैन नेपालमा । कलाकारले कलाकार नै रोज्नुपर्छ भन्ने भावना बोकेका र केही बिग्रिएका मानिसहरुको संगतको प्रभाव बिहे गरेका पुरुष कलाकारहरुमा देखिन्छ । उनीहरुले धन, शक्ति र नामको घमण्डका बेला केही पनि सोच्न भ्याउँदैनन् । सफलताका बेला उनीहरुमा आत्म नियन्त्रण क्षमता निकै क्षीण हुन पुगेको हुन्छ । 

महिला कलाकारमा देखिने समस्या

महिला कलाकारहरुमा पनि घमण्डले जरो गाढेको हुन्छ । कुनै गीत वा चलचित्र सफल भयो भने पहिलेको श्रीमान् आफूभन्दा निकै सानो कदको भएको भावना आउँछ । आफू नै सम्मानित र उच्च भएकाले सानो तहको श्रीमान्लाई श्रीमान् भन्दा आत्मसम्मानमा आँच आउने सोँच उनीहरुमा देखिन्छ । यसैले घमण्ड, उचाइको उन्माद आदिका कारण सम्बन्धबिच्छेदतर्फको गन्तव्यतर्फ दुवै हानिन पुग्छन् । सफलताका बेला उनीहरुले यो पनि भुल्छन् कि उनीहरुभन्दा माथि कति धेरै कलाकारहरु छन् । 

अन्त्यमा

कलाकारहरुले कलामात्र सिकेर हुँदैन । असल संगत, जीवनदर्शन र नैतिकता तथा संस्कारका कुराहरु कहिल्यै भुल्नु हुँदैन । यसतर्फ नेपाली कलाकारहरुको ध्यान जानु आवश्यक हुन्छ । आफूले जस्तोसुकै सफलता हासिल गरे पनि आमाबाबुको छोरा नै हुँ श्रीमतीको श्रीमान नै हुँ र श्रीमानको श्रीमती नै हुँ भन्ने भावना बिर्साउनेसम्मको सफलता संसारमा कहिँ पनि हुँदैन भन्ने भावना लिन सकिँदैन भने ऊ कलाकार हुने योग्यताको व्यक्ति नै होइन भन्ने बुझ्नुपर्छ । तर अज्ञानता र क्षणिक प्रभावमा परी उनीहरुले सुन्दर र मूल्यवान् जीवन बर्बाद गर्न पुगेको देखिन्छ । यसतर्फ नेपाली कलाकारहरु पनि बेलैमा सचेत हुनु आवश्यक छ । अन्यथा, बौद्धिक जमातले कलाकारहरुलाई हेर्ने दृष्टिकोण झन् संकीर्ण बन्न सक्छ । 

-डब्ल्यूडी

श्रीमान् विदेश गएपछि घरपरिवारमा निम्तिन सक्ने खतरनाक समस्याहरु र तिनको समाधान


१. परिवारका सदस्यका कारण आउन सक्ने समस्या

धनदौलत नहुँदा अभावको आक्रोश र हुँदा असन्तोषी मनको छाया । यसर्थ पनि विवाहित जोडीमा एकअर्कालाई बुझ्ने कुरामा कमी आउन जान्छ । यस्तै समस्या र अभावका कारण स्वदेशमा जागिर वा अवसर नपाएपछि परिवारको एक सदस्य श्रीमान् विदेशिन पुग्छ । जब ऊ बिदेसिन पुग्छ तब परिवारको माग, अहम् र शान बढेर जान्छ । परिवारभित्र पनि सम्बन्धित श्रीमतीको स्वभावमा धेरै परिवर्तन आउँछ । कतिपय महिलाहरु त श्रीमान् विदेश गएको भोलिपल्टै शहरतिर कोठा खोज्नतिर आइपुग्छन् । आम्दानी बढ्दा आकांक्षा पनि बढेर जानुलाई कम अस्वाभाविक ठानिए पनि यसले क्रमशः एकपछि अर्को चरणमा परिवारलाई चुकाउँदै र पतन गराउँदै जान्छ । अन्य परिवारका सदस्यको कुरा सुन्दा श्रीमती रिसाउने श्रीमतीको कुरा सुन्दा परिवार टाढिने बाध्यताका बीच लोग्ने बाँचेको हुन्छ भने विदेशमा झेल्नुपर्ने समस्याले पनि उसलाई पिरोलेको हुन्छ । यसबीचमा घरपरिवारका कुराका प्रभावमा श्रीमान् पर्दा वा श्रीमतीले माइतीका कुरा सुन्दा परस्परमा फाटो आउन पुग्छ । यस अवस्थामा दुवैले एकअर्काका समस्या र बाध्यता नबुझी आफ्नै समस्यालाई ठूलो देख्नुमा कमजोरी हुन पुग्छ । यस समयमा दुवैले परस्परका भावना र बाध्यता बुझ्ने र आफूलाई सच्चाउनेतर्फ ध्यान दिनुपर्ने हुन्छ ।


२. रमझमको रौनक र प्रभावले निम्ताउने संकट

घरमा समस्या परेपछि वा घरको व्यवहार धान्न विदेशिनु परेपछि कतिपय युवाहरु विदेशमा पुग्दासाथ एकाएक घरपरिवार र श्रीमती बिर्सन पुग्छन् । उनीहरु सम्बन्धित देशको स्वतन्त्रता, सुविधा र रमझममा भुल्दछन् । एकातिर तलबबाट आएको पैसा अत्यधिक खर्च गर्दछन् भने अर्कातिर मदिरा आदिको सेवन गरेर घरबार बिर्सने गरेका उदाहरणहरु पनि बाहिर आउने गरेको पाइन्छ । यसै बेला श्रीमतीलाई कसैले उसको श्रीमान्का सम्बन्धमा नराम्रा खबर सुनाइरहँदा उसको मनमा विकल्पको सोँच आउन पुग्छ । यही भावनाले परस्परको व्यवहार र बोलीचालीमा पनि भिन्नता आउन पुग्छ । यसरी बोलीचालीमा देखिने समस्या र शंकाहरुको वृद्धिसँगै अन्ततः उनीहरुका बीचको सम्बन्ध समाप्त हुन पुग्छ । यसबाट बिदेशिने व्यक्ति पनि विकृत बन्दछ । घरमा श्रीमतीले अर्को बाटो सोच्दा वा सम्बन्धविच्छेद गर्दा उसमा झन कुलतमा लाग्ने प्रवृत्ति बढेर जान्छ । उता घरपरिवारका सदस्य पनि पहिलेका तुलनामा झन पीडित हुन पुग्दछन् । त्यसैले विदेशिने युवाहरु यस खालका रौनक र रामरमिताका नराम्रा पक्षबारे सचेत हुनु आवश्यक देखिन्छ । 


३. सुखले दिने दुःख

सरदरमा हेर्दा महिलाहरुमा प्रायः सुन्दरता र सुखसुविधाको भावना रहने मानिन्छ । पहिले अभावमा बसेका वयस्क उमेरका महिलाहरुमा श्रीमान् घरमा नहुँदा र पहिलेका तुलनामा पुगिसरि हुँदा केही न केही परिवर्तन देखिन्छ । सुखलाई नियन्त्रणमा राख्न र यसलाई जीवनको लामो यात्राका लागि सदुपयोग गर्ने क्षमता विकास नभएका महिलाहरुमा यस खालको समस्या देखिन्छ । बिनाबुझाइ एउटाले जे गर्यो अर्कोले पनि त्यही गर्नुपर्ने केटाकेटी भावनाले काम गर्दा कपडा, गरगहना, मोबाइल, साधन, धनदौलत आदि प्रदर्शन गर्ने मानसिकताले उनीहरुलाई नै दीर्घकालमा पतनको बाटोमा लैजान पुग्छ । यसका कारण घरखर्च बढ्ने र अझ खतरनाक पक्ष भनेको अनावश्यक र निरर्थक चीजहरुमा खर्च गर्ने बानीको विकास हो । यसै कारण घरपरिवार आम्दानीको श्रोत बढेपछि सम्पन्न हुनुको साटो झन् ऋणी र विपन्न बन्न पुग्दछ । जसका कारण आफू र आफ्नो घरपरिवार नै संकटमा पर्न जान्छ । त्यसैले यस्ता सौख र भ्रमित आनन्दबाट समयमै बच्नु महिलाको कर्तव्य हुन आउँछ । 


४. चरित्रहीन स्वभावको असर

पुरुष विदेश गएपछि घरधन्दा धानौँला भन्ने सोँच भएका एक थरी महिलाहरु हुन्छन् भने अर्का थरी महिलाहरु श्रीमान् विदेश गएपछि चरित्रहीन क्रियाकलापमा लाग्ने बाटो खुल्न जाला भन्ने सोचेका हुन्छन् । कतिपय महिलाहरु श्रीमान् विदेश गएपछि घर छोडेर भाडामा बस्ने र विभिन्न कुलतमा लागेका मानिसहरुको संगत गर्ने गरेको पनि पाइन्छ । मदिराको सेवन, खराब मानिसको संगत, घरपरिवार र संस्कारको अवमूल्यन आदिका कारण परिवारको इज्जतमा आँच आउन पुग्छ । श्रीमान्ले यसबारे थाह नपाए पनि परिवारका सदस्यहरुले यस खालको चरित्रहीन क्रियाकलाप सहन गर्न सक्दैनन् । उसको क्रमशः बिग्रँदै गएको बानीमा सुधार आउने सम्भावना पनि निकै क्षीण हुन पुग्दछ । यसैले श्रीमतीले केवल सम्पत्तीका लागिमात्र श्रीमान् भन्ने सोच्दछे । यही सोचाइका कारण परस्परमा सम्बन्ध टुंगिन्छ । यस्ता समस्या निम्तिन नदिन महिलाले समयमै नैतिक संगत र पारिवारिक वातावरणबाट अलग हुनु हुँदैन ।


५. अन्त्यमा


विदेश जानुपूर्व परिवारका सदस्यसँगको भावना र प्रतिबद्धतालाई श्रीमान् तथा श्रीमती दुवैले बिर्सँदा समाधान भनिएको बाटो समस्याको कारण बन्न पुग्दछ । परिवारका सदस्यले पनि पहिलेको भावना र पछिल्लो अवस्थाको भूमिकाको तुलना गर्न सक्नुपर्दछ । यसरी नराम्रो संगत, अरुका कुरा सुन्ने प्रवृत्ति आदि कारणले सुन्दर सपना बोकेको परिवार लथालिंग र भथाभुंग बन्न पुग्दछ । यसबाहेक असन्तोषी भावना, अनावश्यक शंका, अरुको ईष्र्याका कारण उत्पन्न आकांक्षा आदि पनि परिवारको सम्बन्धमा आँच ल्याउने पक्षहरु हुन् । यी सबै पक्षहरुको असरबारे परिवारका सबै सदस्यले जान्नुपर्ने हुन्छ । यसैले यस्ता निर्णय गर्नुपूर्व डायरीमा लेखेर परिवारका कर्तव्य र भावी योजनाहरुलाई सदैव स्मरण गर्न पनि सकिन्छ । परिवारको सबै सदस्यले एकअर्काका भावनाको कदर गर्ने बानीको विकास क्रमशः गर्दै गएमा परिवार बिग्रनबाट बच्न सक्छ । त्यसैले सबैले सधैँ सतर्कतापूर्वक कदम चाल्नु आवश्यक हुन्छ । 

डब्ल्यूडी

Wednesday, October 26, 2016

सतहमा आएको भाषाविवाद र यसको औचित्यः विस्तृत जानकारी र विश्लेषण

_______________ (अबको नेपाली भाषा कस्तो हुने ?)_______________

सहयोगी सामग्री तथा धन्यवाद ज्ञापन

लेखमा प्रवेश गर्नुपूर्व लेखसँग सम्बन्धित केही सहयोगी सामग्रीहरूको सम्झना गर्नु र जानकारीका लागि सम्बन्धित पक्षलाई धन्यवाद दिनु अवश्य पनि अन्यथा हुनेछैन । जसमा सामाजिक सन्जालहरूमा आएका भनाइ र प्रतिक्रियाहरू, ‘नेपाली बृहत् शब्दकोश’ (२०४०), नेपाल प्रज्ञा प्रतिष्ठान), ‘तत्सम शब्दको वर्णविन्यास’ (२०५३, साझा प्रकाशन), विविध साइटहरूमा प्रकाशित सम्बन्धित लेख तथा विश्लेषणहरू (भाषाविद् शरच्चन्द् वस्ती आदिका), साइट तथा पत्रपत्रिकामा प्रकाशित समाचारहरू, सन्चारमाध्यममा आएका अन्तर्वार्ताहरू (बिबिसीले लिएका भाषाविद् शरच्चन्द्र वस्ती र प्रा. डा. हेमाङ्राज अधिकारीको अन्तर्वार्ता आदि), अध्ययनका क्रममा लेखकलाई प्राप्त ज्ञानहरू, भाषसम्बन्धि विभिन्न अभियानहरूका प्रतिक्रियाहरू र विज्ञप्तिहरू तथा सामाजिक सन्जालहरूमा आएका अन्य थुप्रै पक्षविपक्षका पतिक्रियाहरू आदि रहेका छन् । त्यसै गरी कतिपय मित्रहरूले वर्तमान भाषिक समस्यालाई लिएर कुनै लामै लेख लेख्न उत्प्रेरित गर्नुभएको थियो, उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिनुपर्ने हुन्छ किनकि उहाँहरूकै सुझाव र आग्रहको परिणामका रूपमा पनि यो लेख आएको हो ।

लेखको आग्रहको आधार वा केन्द्र

समाजविज्ञान वा समाजसँग सम्बन्धित विवादका विषय, दर्शन, विचार वा धारणाहरू कुनै न कुनै आग्रहपूर्वाग्रह वा कुनै व्यक्ति, समूह, समुदाय वा राष्ट्रको निजी इच्छाबाट निर्देशित भएको पाइन्छ । भाषाविज्ञान पनि झन्डै यस्तै न्यून वैज्ञानिक विषयमा पर्दछ, समाजभाषाविज्ञान झनै आग्रहमा आधारित भाषाविज्ञान हो । संसारका धेरैजसो देशका आआफ्ना भाषाहरू र लिपिहरू छन् । कतिपय देशका नहुन पनि सक्छन् । राष्ट्रको आफ्नो भाषा र लिपि हुनुपर्छ भन्ने मान्यता पनि एक प्रकारको आग्रहको परिणाम हो र हुनुहुँदैन वा भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने मान्यता पनि कुनै आग्रह वा नियतको परिणाम हो । वर्तमानमा नेपाली भाषामा सतहमा आइपुगेको भाषाविवाद नेपाली भाषा सुरक्षित राख्नुपर्छ वा यसलाई विस्तारै विलय गर्नुपर्छ भन्ने विकल्पमा केन्द्रित छैन किनकि वादविवादमा लागेका दुबै पक्षले आफ्ना प्रतिक्रिया र अभिव्यक्तिहरूमा नेपाली भाषाको संरक्षण नै गर्नुपर्छ भनेलेखेको देखिन्छ । त्यसैले यस लेखेको आग्रहको आधार भनेको यी दुवै पक्ष सहमत भएको साझा विषय नै हो । अर्थात् नेपाली भाषाको दीर्घकालीन संरक्षण गर्नु आवश्यक छ भने हामीले के गर्दा राम्रो होला भन्ने सारभित्र यी दुई पक्षहरूको मतसँगै मिलेर यो लेख अघि बढेको छ । र यस लेखले अवश्य पनि भाषा विवादका कतिपय अस्पष्टता, भ्रम र विषयहरूलाई स्पष्ट गर्न कुनै न कुनै भूमिका निर्वाह गर्नेछ । यस लेखको वर्णविन्यास भने प्राविधिक कमजोरी, भाषाको मानकसङ्क्रमणको अवस्था वा लेखकको प्राप्त सिकाइको कमजोरी कारण दुवैका पक्षका विज्ञहरूका दृष्टिमा शुद्ध वा अशुद्ध दुवै प्रतीत हुनेछन् र आआफ्नै व्यस्तताका कारण प्रुफरिडिङमा पनि त्यति समय दिन सकिएको छैन । त्यसैले यस लेखका लागि अर्थ र आशयहरूमामात्र केन्द्रित हुन विषयविशेषज्ञ, भाषाविद्, प्राध्यापक, शिक्षक, पत्रकार तथा पाठक महानुभावहरूमा अनुरोध छ । यस लेखमा विषयवस्तु र सन्दर्भहरू कतै दोहोरिएको पनि पाइनेछ । यस खालको कमजोरीबारे अग्रिम जानकारी लिनुहुन समेत अनुरोध छ ।

विषयपरिचय

नेपाली भाषाका प्रचलित केही उच्चार्य र लेख्य संकेत एवम् तत्सम्बन्धी शैलीहरूमा परिवर्तन तथा परिमार्जन गर्नुपर्ने धारणा र त्यससँग सम्बन्धित सरकारी आदेशले पछिल्लो समयमा नेपाली भाषाविवादलाई सतहमा ल्याएको छ । स्कुलका पाठ्यपुस्तक तथा कतिपय शब्दकोश तथा पुस्तकहरूमा संयुक्त वर्णहरू हलन्त व्यन्जनका साथ लेख्ने, ह्रस्वदीर्घका प्रचलित नियमहरूमा परिवर्तन गर्ने र पदयोग तथा पदवियोगका परम्परित मान्यताहरूमा परिमार्जन गर्ने गर्न थालेको पाइएपछि र सोहीवमोजिमको सरकारी आदेशसमेत जारी भएपछि नेपाली भाषाविद्हरूका बीचमा र प्रयोगकर्ताहरूका बीचमा चरम विवाद उत्पन्न भएको हो । यस खालको पछिल्लो सरकारी निर्णय तुरुन्त फिर्ता लिई नेपाली भाषाको प्रचलित मूल्य, मानक, मान्यता, परम्परा र सौन्दर्यलाई समयमै सुरक्षित नगरे देवनागरी लिपि र नेपाली भाषा कालान्तरमा संकटमा परी विलयतर्फ उन्मुख हुने निष्कर्ष त्रिभुवन विश्वविद्यालय तथा आंगिक क्याम्पसका प्राध्यापकहरू, विभिन्न क्षेत्रका भाषाविद्, बुद्धिजीवी, लेखक, पत्रकार र प्रयोगकर्ताहरूको रहेको देखिएको छ । यीबाहेक विभिन्न शिक्षण संस्था, शिक्षक तथा अन्य अभियानमूलक समूहहरू पनि यसको विपक्षमा देखिएका छन् ।
‘नेपाली भाषा बचाऊ अभियान (२०७२)’ पछिल्लो सरकारी निर्णयको विरोधमा निरन्तर लागेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले हालसालै ‘मानक नेपाली भाषा अभियान (२०७३)’ नामक एउटा समिति गठन गरी सरकारी त्रुटिपूर्ण निर्णयको विरोध गर्ने र प्रचलित लेखनलाई नै स्थापित गर्ने धारणा अघि सारेको देखिन्छ । यस विषयमा सर्वोच्च अदालतमा रिट हालिएको र अदालतले कारण देखाऊ आदेश जारी गरेको भन्ने समाचारहरू पनि विभिन्न सन्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशनप्रसारण गरेका छन् । यस लेखमा भने यी दुवै पक्षधरहरूका मतहरूलाई स्वतन्त्रपूर्वक राख्ने र सापेक्ष विज्ञानसम्मत एवम् प्रायोगिक आधारमा विश्लेषण गर्ने प्रयास गरिएको छ । विषय वा प्रसंगले अन्य अर्थ लाग्न सक्ने भए पनि यस लेखका सन्दर्भमा सजिलोका लागि भाषाका परिमार्जनका पक्षधरहरूलाई परिमार्जनवादी र प्रचलित मूल्य र मान्यताका पक्षधरहरूलाई मानकवादी भनी लेखिएको छ । विषयवस्तुको जानकारी र संक्षिप्त विश्लेषणमा केन्द्रित यस लेखमा सरलता र स्पष्टताका लागि क्रमशः केही बुँदाहरूको प्रयोगमार्फत लक्षित विषयको प्रस्तुति गरिएको छ ।

सतहमा देखिन आएका विवादका केही विषयहरू

१. सिकाइका जटिलतासँग सम्बन्धित विवाद
विभिन्न तह र तप्काबाट भाषामा गरिएको पछिल्लो परिमार्जनमाथि लिखित र मौखिक रूपमा असन्तुष्टी र विरोधहरू उठ्न थालेपछि परिमार्जनवादीहरूले प्रचलित लेख्यले सिकाइका क्रममा जटिलता र अस्पष्टता निम्त्याउने भएकाले भाषाको लेख्य स्वरूपमा सुधार आवश्यक रहेको धारणा अघि सारेका छन् । यस सन्दर्भमा उनीहरूले जीवन्त भाषामा सिकाइका सरलतालाई महत्त्व दिनुपर्ने धारणा समेत विभिन्न सामाजिक सन्जाल र सन्चारमाध्यममार्फत् अगाडि सारेको देखिन्छ । उनीहरूका अनुसार शिक्षकहरूले ‘विद्या’, ‘पद्य’ जस्ता शब्दहरूको उच्चारण ‘विद्या’ गर्नुपर्नेमा ‘बिध्या’, ‘विधा’ तथा ‘पद्य’ गर्नुपर्नेमा ‘पध्य’, ‘पध्धे’ आदि गर्न गएकाले स्पष्टता झल्काउनका लागि यी र यस्ता प्रकृतिका संयुक्त अक्षरहरूमा हलन्तको प्रयोग गर्नु आवश्यक ठानिएको हो ।
कतैबाट भाषा सिकाउन कठीन भयो भन्ने गुनासो आएमा राज्यले सम्बन्धित विद्यालय तथा शिक्षकहरूलाई थप परिणाममुखी र गुणस्तरीय तालिमको व्यवस्था गर्नुपर्नेमा उल्टै सीमित व्यक्ति वा वर्गको निजी अक्षमता, अज्ञानता, समस्या र कमजोरीलाई नियमको स्वरूप दिनु र राष्ट्र भाषा र यसको मानकलाई भत्काउने गरी बिगार्नु गम्भिर र ऐतिहासिक प्रकृतिको त्रुटि हुन जाने धारणा मानकवादीहरूले राखेको देखिन्छ । उनीहरूले संसारमा नेपाली भाषाका भन्दा धेरै जटिल ध्वनिहरू पनि उच्चारण गर्न सिकाइएको छ र आफ्नो मूल्य र मानक सुरक्षित गरिएको छ । जापान, कोरिया आदि देशहरूले नेपालीहरूलाई आफ्ना देशका भाषा सिकाउन गरिरहेका प्रयासहरू यसका ज्वलन्त उदाहरणहरू हुन् । परिमार्जनवादीहरूको धारणा त सिकाउने व्यक्तिको कमजोरी र अक्षमताको परिणति हो । सिकाउने व्यक्तिमा अस्पष्टता भएमा आफूलाई सुधार गर्नुपर्दछ, भाषालाई त्यसको शिकार बनाउनु हुँदैन, उनीहरूको भनाइ छ । मानकवादीहरूका अनुसार राज्यको यस खालको कार्यले भाषामा समाधान दिने नभई उल्टै नेपाली भाषामा थप अन्योलता, अराजकता र अस्थिरताको आधारभूमि (वा नजीर) तयार गर्न पुग्दछ अन्ततः भाषालाई विलय गराउँदछ ।

२. प्रविधिको अनुकूलतासम्बन्धी विवाद
समयसापेक्ष र प्रविधिमैत्री भाषा हुनुपर्ने धारणा परिमार्जनवादीहरूको रहेको छ । वर्तमान समय प्रतिस्पर्धी र परिवर्तनशील छ । स्वदेश तथा विदेशहरूमा विभिन्न प्रविधिहरूको विकास भइरहेको छ । प्रविधिलाई पछ्याउन सक्ने गरी वा प्रविधि अनुकूल हुने गरी भाषामा पनि प्रशस्त सुधार आवश्यक हुन्छ भन्ने धारणा परिमार्जनवादीहरूको रहेको देखिन्छ । सामान्यतः कम्प्युटरमा सजिलैसँग टंकण, सम्पादन आदि गर्न मिल्ने गरी नेपाली भाषालाई परिमार्जन गर्न आवश्यक भएको आशय उनीहरूको रहेको देखिन्छ ।
मानकवादीहरूको धारणा भने नित्तान्त विपरीत र फरक रहेको छ । संसारका जटिल प्रकृतिका मानिएका भाषाहरूलाई समेत सजिलै प्रविधि अनुकूल बनाउन सकिएको छ । कम्प्युटरमा त हामीले जस्तोजस्तो विन्यास गर्दछौँ कम्प्युटरले पनि त्यस्तैत्यस्तै कार्य गर्दछ । त्यसैले परिमार्जनवादीहरूको यो धारणा औचित्यहीन, निरर्थक र प्रविधिप्रतिको अज्ञानताको अभिव्यक्ति हो, उनीहरूले बताउँदै आएका छन् । परिमार्जनवादीहरूको यस खालको धारणालाई उनीहरूले विभिन्न सन्चारमाध्यमहरूमार्फत् निराधार र हास्यास्पद भनी टिप्पणी गरेको समेत पाइन्छ । प्रविधिलाई हरेक भाषाको अनुकूल बनाउन सकिने र प्रचलित नेपाली भाषा प्रविधिअनुकूलसमेत भई सोहीवमोजिम कार्य सम्पादन भइरहेको सन्दर्भमा फेरि भाषालाई प्रविधि अनुकूल बनाउनुपर्छ भन्नु अर्थहीन बहाना र अज्ञानताको अभिव्यक्ति भएको धारणा उनीहरूको रहेको छ ।

३. कथ्यलेख्य संकेतका अन्तरसम्बन्धका विषयको विवाद
परिमार्जनवादीहरूले भाषामा उच्चार्य पक्ष प्रमुख भएकाले उच्चार्य र लेख्य संकेतलाई जतिसक्दो नजिक ल्याउनेमा जोड दिनुपर्ने बताउँदै आएका छन् । उच्चारण जसरी गरिन्छ त्यसरी नै स्पष्ट देखिने गरी लेख्दा भाषामा सरलता आउने र अन्योलता एवम् अस्पष्टताहरू कम हुने विचार उनीहरूको रहेको छ । उदाहरणका रूपमा उनीहरूले ‘पद्य’लाई ‘पद्य’ तथा ‘विद्या’लाई ‘विद्या’ भनी लेख्दा लेख्य र कथ्यका बीचको सम्बन्ध पहिलेका तुलनामा थप निकट हुने बताउँदै आएको देखिन्छ ।
मानकवादीहरूले भने प्रचलित मूल्य, मानक, मान्यता र परम्परालाई लत्याएर कथित र निराधार सरलताका नाममा भाषिक अराजकता सिर्जना गर्ने छुट कसैलाई हुँदैन भन्दछन् । उनीहरूले कथ्य र लेख्य संकेतको सम्बन्ध पूर्णतः निकट भएका भाषाहरू नै नहुने धारणा राखेका छन् । उनीहरूले नेपाली भाषामा अंग्रेजी लगाएतका कतिपय अन्य भाषाभन्दा कथ्य र लेख्यबीच निकट सम्बन्ध बढी भएको मत राख्दछन् । यस सन्दर्भमा परिमार्जनवादीहरूले पनि कथ्य र लेख्यबीच पूर्णतः मिलान गर्नुचाहिँ असम्भव भएको स्वीकार गरेको पाइन्छ । तर प्रचलित कथ्य र लेख्यमा समानता भएकै उदाहरणहरूलाई लिएर एकातिर परिमार्जनवादीहरूले निकटता नभएको भन्दै परिमार्जनको विकल्प दिएको बताएको देखिन्छ भने मानकवादीहरूले ती प्रचलित उदाहरणहरूमा नै कथ्य र लेख्यको सम्बन्ध परिमार्जनवादीहरूले दिएको विकल्पमा भन्दा बढी स्पष्ट र वैज्ञानिक सम्बन्ध निकटता छ भन्ने कुरामा जोड दिन चुकेको देखिन्छ । बरु उनीहरूले भाषाहरूमा कथ्य र लेख्यमा सम्बन्ध नहुने सन्दर्भतर्फ बढी ध्यान दिएको देखिन्छ । ‘पद्य’लाई ‘पद्य’ र ‘विद्यालय’लाई ‘विद्यालय’ लेख्नु पहिलेका तुलनामा कथ्य र लेख्यबीचको निकटता हो भन्नु तर्कसम्मत भन्दा बढी व्यक्तिगत र आत्मविश्वाससम्मत देखिन्छ । मानकवादीहरूले पछिल्लो सरकारी निर्णयले ‘विद्यालय’लाई ‘व्इद्य्आल्अय्अ’ लेख्न भनेको बताएका छन् । संयुक्त वर्णहरूलाई हलन्त व्यन्जनका साथ लेख्ने भन्ने भनाइले पनि यही नै अर्थ दिन्छ ।

४. संयुक्त वर्णहरूसँग सम्बन्धित विवाद
संयुक्त वर्णहरूलाई जतिसक्दो हलन्त व्यन्जनका साथ लेख्ने भन्ने धारणालाई परिमार्जनवादीहरूले जोडतोडका साथ उठाउने र मानकवादीहरूले यसमा सबैभन्दा आपत्ति जनाउने गरेको देखिन्छ । हाल यी दुई पक्षबीचको भाषाविवाद सर्वोच्च अदालतमा गइसकेको परिप्रेक्ष्यमा परिमार्जनवादी मध्यका एक अगुवाले नै बिबिसीमार्फत् निर्णयमा संयुक्त वर्ण भनेर लेखिए पनि सबै संयुक्त वर्णलाई भनिएको होइन, ङ, ट, ठ, ड, ढ जस्ता केही वर्णहरूलाई मात्र लक्षित गरी हलन्त व्यन्जन प्रयोग गर्ने भन्ने निर्णय भएको हो भन्ने कुरा स्वीकार गरिसकेका छन् । त्यसै गरी उक्त विवादास्पद निर्णय सदर गर्ने मन्त्रीले समेत गल्ती भएको स्वीकार गरी त्यतिबला थाह पाएको भए तत्कालै सच्चाउने थिएँ भन्ने अभिव्यक्ति दिएको कुरा समाचारमा आएको छ ।
मानकवादीहरूले सरकारी निर्णय र परिपत्रमा सबै संयुक्त वर्ण हलन्त व्यन्जनका साथ लेख्ने भन्ने अर्थ दिएको र यसको निहित अर्थ अन्ततः क, ख जस्ता अक्षरहरूलाई पनि अन्ततः क्अ, खअ् लेख्नुपर्ने रहेको भन्दै विषयलाई ढाकछोप गर्न केही वर्णको उदाहरण दिनुले नियतमाथि नै शंका रहेको धारणा व्यक्त गरी गम्भिर चिन्ता प्रकट गरेका छन् । मानकवादीहरू र तिनका पक्षधरहरूले कतै हरेक भाषाको आआफ्नै विशिष्टता, पहिचान, प्रचलन, मूल्य, मानक र मान्यता हुने हुँदा कुनै भाषाको नियमका आधारमा नेपाली भाषालाई हेर्नु नै अन्यायपूर्ण र त्रुटिपूर्ण हुने औँल्याएका छन् । यसको अर्थ के हो भने नेपाली भाषाको आधारमा हेर्ने हो भने अन्य लिपि र भाषामा झन् धेरै समस्याहरू देखिनेछन् ।

५. भाषाको गतिशीलता र परिवर्तनशीलतासम्बन्धी विवाद
परिमार्जनवादीहरूले आफ्ना पक्षमा वकालत गर्नका लागि भाषाका लागि प्रयुक्त संकेतहरू ध्वन्यात्मक वा लेख्य जेजस्ता भएपनि तिनीहरूले सहजता, स्वाभाविक परिवर्तन र गतिशीलतालाई आत्मसात गरिरहेका हुन्छन् भन्ने ऐतिहासिक उदाहरणहरू पेश गरेको देखिन्छ । मानकवादीहरूले भने सीमित व्यक्तिहरूले राज्यशक्तिका आधारमा एकाएक अस्वाभाविक रूपमा वैयक्तिक रुचिलाई समुदायको अभिप्रायको अभिव्यक्ति भन्नु गतिशीलता, सहजता र परिवर्तनशीलताको विपरीत भएको ठहर गरेका छन् । परिवर्तनका नाममा कुनै परिपत्रमार्फत् जबरजस्ती लादिनु भाषिक समुदायको सहजता र भाषिक नियम विपरीत हुने धारणा उनीहरूको छ । कतिपय पढाउँदै आएका शिक्षकहरूले नै नयाँ परिमार्जनले आफूलाई कक्षामा हाँसोको पात्र बनाएको प्रतिक्रिया दिएका समाचारहरू समेत आएका छन् ।

शिक्षकहरू नै प्रचलित मानक सिकाउन अक्षम भएको र विद्यार्थीहरू पनि सिक्ने क्षमताका नभएको हुँदा भाषामा परिमार्जन गर्नु परेको धारणा परिमार्जनवादीहरूको रहेको कुरा सन्चारमाध्यममार्फत् अगाडि आउने गरेको देखिन्छ तर यस सन्दर्भमा शिक्षकहरू स्वयंले नै नयाँ परिमार्जनले थप अन्योलता र जटिलता निम्ताएको प्रतिक्रिया दिएको देखिन्छ । यसले के देखाउँछ भने परिमार्जनवादीहरू सतही संकेतका कुरालाई जोड दिन्छन् जबकि हरेक व्यक्ति वा भाषिक समुदायमा तीभन्दा जटिल कुराहरू सिक्न सक्ने क्षमता हुने भएकाले सिकाउनमै कमजोरी भएकाले त्यसप्रकारका समस्याहरू देखिएको स्पष्ट हुन्छ ।
राम्रा शिक्षकहरूले प्रचलित लेख्यलाई सजिलै बुझाएका र शुद्धसँग लेख्न सक्ने बनाएका उदाहरणहरू पनि प्रशस्त पाइने भएकाले सिकाउन जटिल भएको धारणा परिमार्जनको आधार हुन नसक्ने देखिन्छ । शिक्षा र भाषाको समृद्धि र प्रगतिका लागि सक्षम शिक्षक र सक्षम विद्यार्थीका उदाहरणलाई आधार मान्ने कि अक्षम शिक्षक र अक्षम विद्यार्थीहरूको उदाहरणलाई मान्ने भन्ने विकल्प खडा भएको छ । परिमार्जन यदि अक्षमहरूको समस्यामा आधारित हो भने वा उनीहरूको पक्षमा छ भने सक्षमहरूलाई अक्षमहरूले गरेका कमजोरीको शिकार हुने परम्परा बस्दै जानेछ । यो सम्भवतः शैक्षिक तथा भाषिक गुणस्तर र प्रगतिको विपरीत हुन सक्छ । त्यसैले सिकाउन गाह्रो भएकाले परिमार्जन गरिएको भन्नु स्पष्टतः त्रुटिपूर्ण हुन जानेछ बरु बचाउका लागि अन्य कारण र उदाहरण खोज्नु शोभनीय हुनेछ ।

६. लिपि र हिज्येका नियमसम्बन्धी विवाद
देवनागरी लिपिको आफ्नै इतिहास भएको र यो लिपि पनि अन्य लिपि हुँदै विकास भएको हुँदा लिपिमा परिमार्जन हुनु स्वभाविक भएको धारणा परिमार्जनवादीहरूको रहेको छ । वर्तमान अवस्थामा प्रस्तावित परिमार्जन नेपाली भाषालाई संकूचनबाट मुक्त गराई व्यापकतातर्फ उन्मुख गराउनका लागि उचित भएको दाबी उनीहरूको रहेको छ । हिज्यका नियमहरू बढी र झन्झटिलो भएकाले ती नियमहरूमा कटौती गर्नुपर्ने उद्देश्य पनि परिमार्जनवादीहरूको रहेको देखिन्छ । यस खालको परिमार्जनलाई उनीहरूले सरलताको कडी बताएको समेत देखिन्छ । इतिहासमा ब्राह्मी परिवारको देवनागरी लिपि गुप्ता, शारदा आदि लिपिको विकसित स्वरूप भएकाले यसमा सुधार हुनुलाई अन्यथा लिन नहुने धारणा उनीहरूको रहेको छ ।
इतिहासमा भएका परिवर्तन र विकासका कारणहरू तात्कालीन राजनीतिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै थिए अथवा कुनै व्यक्तिविशेष र राज्यले यसै गरी जबरजस्ती लादेर देवनागरी लिपिको स्वरूप दिइएको थियो ? भन्ने कुरा स्पष्ट गर्नुपर्ने धारणा मानकवादीहरूको रहनु स्वाभाविक हुनेछ । हाल भारत, नेपाल, तिब्बत आदि क्षेत्रमा प्रचलित यस लिपिमा झन्डै १२० भाषाहरू लेखिन्छन् । इतिहासमा अन्य लिपिमा परिवर्तन भई देवनागरी लिपि आएको उदाहरणलाई लिने हो भने अबको परिवर्तनपछि कुन लिपि ल्याउन खोजिएको हो ? मानकवादीहरूले कडा शब्दमा प्रश्न गरेका छन् ।
लिपिको सुधार अन्य भाषाका लिपिहरूको आधारमा गरिनु लिपिलाई समाप्त वा विलय गर्ने नियोजित षडयन्त्र शिवाय अरू केही हुन नसक्ने धारणा मानकवादीहरूको छ । यस खालको सुधारको प्रयासले भाषामा थप अन्योलता र जटिलता ल्याउने भएकाले इतिहासमा अन्य लिपिमा भएको सुधारको उदाहरण वर्तमान सन्दर्भको बचाउका लागि दुरूपयोग गरिनुको नियत असल नरहेको विचार मानकवादीहरूको देखिन्छ । लिपिको प्रचलित मूल्य, मानक र मान्यता, लिपिमा भएको कथ्य र लेख्यबीचको प्रचलित र सर्वस्वीकृत निकटता, नेपाली भाषाको विशिष्ट स्वभावजस्ता कुराहरूमा क्षति पुराउने गरी नयाँ परिमार्जन गरिएकाले यो औचित्यहीन छ, उनीहरूको भनाइ छ ।
ष, श, णजस्ता वर्णहरू हटाउँदा कतिपय उच्चारणमा कथ्य र लेख्यका बीचमा दुरी अझ बढ्न सक्छ, यस सवाललाई परिमार्जनवादीहरूले, जो स्वयं लेख्य र कथ्यका बीच अधिकतम निकटताको अपेक्षा राख्दछन्, गम्भिरतापूर्वक लिएको देखिँदैन । भाषामा भएका ध्वनिहरूको कटौती गर्नु, तत्सम तथा आगन्तुक शब्दहरूमा नियन्त्रण गर्नु, प्रचलित हिज्य र नियमहरूमा कटौती गर्नु जस्ता कुराहरूले भाषामा हुन सक्ने सम्भाव्यता, व्यापकता र क्षमतामा कमी ल्याउँछ तर यस प्रकारका कटौतीहरूले भाषामा व्यापकता ल्याउँछन् भन्नु आफैमा विरोधाभाष र बेमेल हुने देखिन्छ, मानकवादीहरूको धारणा छ ।

७. जनजिब्रोका बोलीसँग सम्बन्धित विवाद
जनजिब्रोका बोलीहरूलाई भाषामा जतिसक्दो समेट्नुपर्ने मान्यता आफूहरूको रहेको धारणा परिमार्जनवादीहरूले राखेका छन् । उनीहरूका अनुसार ‘पद्य’लाई ‘पद्य’ जसरी खण्डित गरेर लेखेका खन्डमा जनजिब्रोका बोलीहरूलाई समेटेको हुनेछ । तर मानकवादीहरू यो मान्न तयार छैनन् । उनीहरूले क्रमिक रूपमा जनजिब्रोमा भिजेका शब्दहरूलाई शब्दकोशमा प्रवेश दिँदै आउने कार्य नेपाली भाषामा पनि भइरहेकोले कुनै व्यक्तिविशेष वा संस्थाको उर्दी समग्र नेपाली भाषी तथा जनजिब्रोको बोलीको प्रतिनिधित्व हुन सक्दैन भन्ने धारणा राख्दै आएका छन् । जनजिब्रोको बोली ‘द्य’लाई ‘द्य’ लेखेपनि दुवै विकल्पहरूबाट फरक लेख्य संकेत भएर समेटिने र ‘द्य्अ’ लेखे पनि समेटिने हुँदा सबैभन्दा छिटोछरितो र उपयुक्त विकल्प प्रचलित मानक ‘द्य’नै रहेको ठहर उनीहरूको रहेको छ । त्यसबाहेक सबै भाषा तथा भाषिकालाई स्थान दिँदा मानक नेपाली भाषाको ख्याल राख्नुपर्ने धारणा उनीहरूको छ । यस परिमार्जनबाट अन्ततः नेपाली भाषा मानकहीन बन्न पुगी विलयतर्फ उन्मुख हुन जान्छ, उनीहरूको भनाइ आएको छ ।

८. ह्रस्वदीर्घसम्बन्धी विवाद
ह्रस्वदीर्घ मिलाएर शुद्धसँग लेख्न आम नेपालीहरू अलमलमा पर्ने गरेकाले ह्रस्वदीर्घसम्बन्धी नियममा सरलता ल्याउनुपर्ने धारणा परिमार्जनवादीहरूको रहेको छ । लेखनमा एकरूपता हुने सजिला उपायहरू अपनाएका खन्डमा स्पष्टसँग लेख्न र बोल्न सकिन्छ । सरल नियमहरू बनाएर यसप्रकारका जटिलताहरूलाई सरलतातिर लैजानुपर्छ भन्ने धारणा परिमार्जनवादीहरूको रहेको देखिन्छ । मानकवादीहरू अन्य भाषाका उच्चार्यमा पनि दीर्घ र ह्रस्व रहने र लेख्य पनि सोही बमोजिम हुने हुँदा नेपाली भाषामा पनि यो हुनु कुनै नौलो नभएकोले शब्दहरू वास्तविक स्वरूपमा नै लेख्नुपर्ने बताउँछन् । एकपछि अर्को वैयक्तिक धारणालाई भाषामा स्थान दिँदै जाँदा सोही परम्पराको आधार बसी भाषाको मानक भन्ने नै हराएर जाने उनीहरूले बताउँछन् ।
एउटा उदाहरण हेरौँ । अन्तर्राष्ट्रिीय भाषाको दर्जामा रहेको अंग्रेजी भाषाका be (हुनु) र bee (मौरी)को उच्चारण ‘बि’ र ‘बी’ हुन्छ भने लेखाइ पनि सोही बमोजिम फरकफरक नै छ । योसँग मिल्दोजुल्दो नेपाली भाषाको उदाहरण ‘फुल’ र ‘फूल’का सन्दर्भमा मिल्दछ । यी दुई शब्दहरू श्रुतिसमभिन्नार्थक पनि होइनन् । ‘फुल’सँग be र ‘फूल’सँग bee तुलना गर्दा दुई भाषाका यी शब्दहरूमा लेख्य, कथ्य र अर्थमा भिन्नता भएको पाउन सकिन्छ । हामीहरूले कुनै चराको अण्डा भन्ने अर्थका लागि ‘फुल’ भनेलेखेझैँ अंग्रेजहरूले पनि हुनु भन्ने अर्थका लागि be नै लेख्छन् र हामीहरूले कुन पुष्प भन्ने अर्थका लागि ‘फूल’ भनेलेखेझैँ अंग्रेजहरूले पनि मौरी भन्ने अर्थका लागि bee नै लेख्छन् । अंग्रेजी भाषामा यस खालका उदाहरण प्रशस्त पाउन सकिन्छ भने नेपालीमा पनि यसै बमोजिममा उदाहरणहरू पाउन सकिन्छ । त्यसै गरी अंग्रेजीमा ship, sheep जस्ता शब्दहरू पनि किन ह्रस्व र दीर्घ लेखनउच्चारण हुन्छन् । अंग्रेजहरू किन यस खालका अन्योलताहरूलाई बढावा दिँदै यथावत् राखिरहेका हुन्छन् र हामीहरू छिट्टै विचलित हुन्छौँ? यसको उत्तर मानकवादीहरूले परिमार्जनवादीहरूसँग माग्न सक्ने देखिन्छ ।

९. के अंग्रेजीको प्रभावबाट परिमार्जन गर्न खोजिएको हो ?
अंगे्रजीजस्ता भाषाहरूमा कथ्य र लेख्यबीच सम्बन्ध नभएका खन्डमा कथ्य बगेबमोजिम नियमहरू बन्दछन् मूलतः लेख्यलाई सच्चाइँदैन । जस्तो but र put मा लेख्यमा रहेको u ले कतिबेला ‘उ’ र कतिबेला ‘अ’को ध्वनि लिएको छ, त्यसलाई प्रतिनिधित्व गर्न सोही बमोजिमको नियमको सहारा लिइन्छ । त्यसै गरी balls र books मा s ले कतिबले ‘ज्’ र कतिबेला ‘स्’को कथ्य दिएको छ । अहिले यसलाई अन्त्यमा l, m, n मा ‘ज्’ हुने र b, k, t जस्ता ध्वनिहरू आएमा ‘स्’ हुने नियमका रूपमा व्याख्या गरिन्छ । यसको अर्थ के हो भने समाज वा भाषिक सम्प्रदाय वा समुदायले कथ्य लिएर जान्छ र यो नै परिवर्तशीलता हो, गतिशीलता पनि हो ।
भाषिक समुदायले कस्तो कथ्य प्रयोग गर्दै गएका खन्डमा यसका लागि कस्तो नियमको खोजी गर्ने र सही नियम भेट्टाउन नसकेमा कुन आधारमा अपवाद बनाउने भन्ने कुरा भाषाका अनुसन्धाता तथा विज्ञहरूले गर्दछन् । अपवादहरू पनि कालान्तरमा कुनै नियमको व्याख्यामा पर्न सक्दछन् भने नियमहरू पनि अपवाद ठहरिन सक्छन् । माथिको उदाहरणले ह्रस्वदीर्घका भूमिकाहरू अन्य भाषाहरूमा पनि रहेका हुन्छन् भन्ने स्पष्ट गर्दछन् । तसर्थ यी सबै उदाहरण हेर्दा अंग्रेजी भाषालाई बुझेर त्यसको राम्रोसँग बोध र अनुसरण गर्न सक्ने विशेषज्ञ वा व्यक्तिले यस खालको परिमार्जनको धारणा ल्याउँदैन भन्ने आधार वा प्रमाण पाउन सकिन्छ । अन्य भाषामा पनि यस्तै स्वभाव पाउन सकिन्छ । नेपाली भाषामा जति कथ्य र लेख्यबीच सम्बन्ध छ त्यति अंग्रेजी भाषामा भेट्टाउनु सम्भव हुँदैन । यसकारण नेपालीले गरेका प्रयासहरूलाई विदेशी नियतसँग नजोडी विषयगत जानकारी दिनुमा नै मानकवादी विज्ञहरूको जोड हुनु आवश्यक छ ।

१०. समस्याको मूल कारक वर्तमानका परिमार्जनवादीहरूमात्र हुन् त ?
प्रत्यक्ष वा परोक्ष रूपमा वर्तमान समस्याको पक्षपोषक वि.सं. २०४० को ‘बृहत् नेपाली शब्दकोश’ पनि हो भन्ने कुरा शब्दकोश आफै बोल्दछ । नेपाली हिज्ये वा वर्णविन्यास संस्कृत हिज्येबाट पूर्णतः अलग गर्नुपर्छ भन्नु छोराछोरीमा बाबाआमा र पितापूर्खाइतरका व्यक्तिहरूको डिएनए हुनुपर्छ भन्नुबाहेक केही थिएन । जुन भाषा मूलतः तत्सम शब्दका आधारमा चलेको छ भने तत्सम शब्दहरूलाई अर्कै वर्गमा राखेर नियम पढाउने र सोही प्रकृतिका नेपाली शब्दहरूलाई अर्कै नियम बनाउने कार्य पहिलेदेखि नै भएको देखिन्छ । जस्तोः उक्त शब्दकोशमा ‘दण्ड’(लौरो वा एक धनुषबराबरको नापो)लाई तत्सम भएकाले ‘ण्’को प्रयोग गरियो तर ‘डन्ड’ शब्दमा नेपाली शब्द भएकाले ‘न्’को प्रयोग गरियो । यस्ता प्रकारका अन्य शब्द र वर्णहरूमा पनि यस्तै नियम लगाइयो । संस्कृतमा दन्त लेख्दा ‘न्’को प्रयोग र ‘दण्ड’ लेख्दा ‘ण्’को प्रयोग किन गरियो भन्ने कुराको नियम अधिकांशलाई थाह भयो, पठनपाठन पनि भयो तर प्रयोगमा त्यसको बोध भएको देखिएन ।
के कथ्यलाई हेरेर होशियारीपुर्वक बनाइएका नियमहरू र तिनको कारणलाई बोध नगरी यो संस्कृत, यो नेपाली भनेर वर र पर गर्नु आग्रहबाहेक अरू के हुन सक्छ? यदि ‘ण्’ र ‘न्’ दुई फरक वर्ण हुन् भने ‘दण्ड’, ‘दन्त’ र ‘डन्ड’का उच्चारणहरू केके हुन् अथवा दुबै शब्दमा आएका ‘न्’ र ‘ड्’का उच्चारणहरू केके हुन् ? यो सन्दर्भमा ‘ड’ र ‘न्’लाई मूर्धन्य मान्ने हो भने दन्तको ‘न्’लाई के मानेर उच्चारण गर्ने ? ‘अन्त’(संस्कृतको अन्यत्र)लाई उच्चारण गर्दा यसमा आएको ‘न्’लाई वत्स्र्य मानेर उच्चारण गर्ने कि दन्त्य मानेर ? ‘पश्चात्ताप’को उच्चारण नेपालीका लागि ‘पस्चात्ताप’ भएको हो भने यो शब्द उच्चारणका बेला दुवै शब्दमा आएका ‘च्’ र ‘श्’ तथा ‘स्’का फरकफरक उच्चारणका वास्तविक मानकहरू केके हुन् ? संस्कृतको उच्चार्य नै परिवर्तन भएको भएअंग्रेजी भाषामा बल्ज् र बुक्स्को उच्चारण गर्दा उही s ले फरकफरक ध्वनिको स्वरूप किन लिन्छ ? के कुनै वाद, कुनै निश्चित समूह, कुनै माहोल, क्षणिक चर्चापरिचर्चा वा कुनै व्यक्तित्वजस्ता कुराहरू भाषाभन्दा पनि महत्त्वपूर्ण र माथि हुन सक्छन् ?

११. अनुसन्धान वा अनुसन्धान परम्परामा समस्या छैन ?
प्रचलित अनुसन्धान र अनुसन्धान परम्परामा केही समस्या देखिन्छ । द्वितीयक स्रोतको प्रयोग गर्ने अनि विधि र प्रकृयाको अनुसरण गर्ने तर कसैले गरेका प्राथमिक अनुसन्धान वा नियम वा वादहरूको सारचाहिँ यथावत राख्ने प्रवृत्तिले अनुसन्धान सुगाजस्तोमात्र बन्दछ । यसलाई सार र पूर्वधारणाहरूको मिसावटजस्तो स्वरूपमामात्र सीमित राख्नु हुँदैन । के निगमनात्मक अनुसन्धानहरूले निष्कर्षभन्दा अगाडि गएर वास्तविक रूपमै निर्णयीकरणतिर विशेष जोड दिनतिर लाग्नुपर्दैन ? के इमान्दार अनुसन्धानकर्ताहरूले प्राथमिक वा द्वितीयक सामग्रीहरूको (जस्तो सुकै व्यक्ति वा संस्थाले प्रकाशन गरेको भए पनि) विश्वसनीयतालाई एकचोटि पुनर्जाँच गर्नुपर्दैन ? के पूर्वकार्यको अध्ययनबाट घुमाइफिराइ पूर्वकार्य नै परिणामका रूपमा निकाल्नु वा कसैका लागि निकालिदिनुमात्र अनुसन्धानको लक्ष्य हो ?

१२. के संविधानसँगै नयाँ भाषा र लिपि आवश्यक भएको हो ?
वर्तमान समयमा एउटा समूह वा व्यक्ति एक्लैले पनि एउटा सम्पन्न वा समृद्ध भाषा र लिपि बनाउन सक्छ । यसो गर्नु सही लागेका खन्डमा राज्यले सार्वजनिक रूपमा सूचना निकाल्न 
सक्छ । जसले बनाएको लिपि र भाषा विज्ञानसम्मत र उपयुक्त देखिन्छन् सोही लिपि र भाषालाई राष्ट्रभाषा घोषणा गर्न सकिन्छ । तर यसपछि राज्यले चुकाउनुपर्ने मूल्य र व्यहोर्नुपर्ने क्षति कति हुन सक्छ ? अनुमान गर्न हम्मे पर्छ । के संविधानसँगै जसरी भए पनि एउटा नयाँ भाषा र लिपि आवश्यक हुन गएको हो ? त्यसो भएमा यस लेखको लेखक पनि राज्यको खाँचो पुरा गर्न तयार भइदिने जानकारी गराउँछ । तर भाषा समुदायको रचना हो व्यक्तिविशेषको होइन ।

१३. भाषा कसरी समृद्ध बन्छ ?
कुनै पनि भाषा समृद्ध र बढी सम्भावना बोकेको भाषा तबमात्र हुन्छ जब उक्त भाषामा स्वर तथा व्यन्जन ध्वनिहरूको संख्या अधिक हुन्छ, सोही अनुरूपमा वर्णहरू पर्याप्त हुन्छन्, स्पष्ट व्याख्या गर्न सक्ने नियमहरू पर्याप्त हुन्छन् र शब्दभन्डार पनि ठूलो हुन्छ । यसका लागि केही उदाहरणमाथि छलफल गरौँ । ‘फुल’ र ‘फूल’ दुई अलग शब्दहरू हुन् । यी र यस्ता फरकफरक लेख्य, अर्थ र उच्चार्य भएका शब्दहरूलाई कम गरी एउटैबाट काम चलाउन थालियो भने द्वैधता र अन्योलतामा वृद्धि हुन्छ । भाषाको शब्दभन्डारमा पनि कमी आउँछ । अंग्रेजीमा ‘शिप’ र ‘शीप’ शब्दहरू उच्चारणमा भ्रमवश समानजस्तै प्रतीत भए पनि फरक नै हुन्छन् र लेख्नका लागि पनि इ (i) र ई (ee) को प्रयोग भएको छ, अंग्रेजहरूले यी शब्दहरूलाई एउटै लेख्यबाट लेख्ने गरेका छैनन्, जसरी नेपालीका ‘फुल’ र ‘फूल’को लेख्य एउटै छैन । यी उदाहरणहरूमा अंग्रेजी भाषीहरूले ‘श्’ र ‘स्’को प्रयोग बचाएर राखेको पनि हेर्न सकिन्छ । तर उनीहरू thirteenth र band मा प्रयोग हुने क्रमशः 'न्'को भिन्नतासँग अपरिचित छन् । यो सम्भवतः श्रवणमा भएको अस्पष्टता र उच्चारणका बेला हुन जाने वर्णवर्णका बीचको सरल सम्बन्धको बोधहीनताको परिणाम हो । यस खालका उदाहरणहरूलाई हामीहरूले उनीहरूको कमजोरीका रूपमा लिन सक्नुपर्दछ न कि सबल पक्ष अथवा सैद्धान्तिक उदाहरण ।
यस सवालमा अर्थहरू सन्दर्भले छुट्टाउने तर्क पनि आउन सक्छ त्यसो भयो भने अन्य भाषामा पनि सन्दर्भहरू हुन्छन् भन्ने स्पष्ट छ तर यी वाक्यहरू हेरौँः हामीहरूले हिजो फुलहरू खायौँ (कुखुराको फुल पनि खाने चीज हो) । हामीहरूले हिजो फूलहरू खायौँ (गाउँतिर गुराँसको फूल खाने गरिन्छ) । अंग्रेजीमा हेरौँः My son likes ship. (मेरो छोराले पानीजहाज मन पराउँछ ।) My son likes sheep. (मेरो छोराले भेडा मन पराउँछ ।) । यी वाक्यहरूमा जसरी ‘फूल’को सट्टा ‘फुल’ले काम चलाउँदा समाधान नभई समस्या उत्पन्न हुन्छ त्यसरी नै sheep को सट्टा ship ले काम चलाउन सकिँदैन ।

१४. संयुक्त वर्णहरूलाई हलन्त व्यन्जनका साथ लेखेर कथ्यलेख्य मिलान हुँदैन
माथिका कतिपय उदाहरणहरूले संभवतः यसबारे स्पष्ट गरिसकेको भए पनि कथ्यवमोजिम लेख्नका लागि हलन्त व्यन्जनका साथ लेख्नु समाधान हो वा व्यवधान भन्ने कुरामा थप स्पष्ट गर्नुपर्ने देखिन्छ । जस्तो, प्रचलित ‘विद्या’ कथ्यलेख्य मिलानको नमुना हो यसलाई ‘विद्या’मात्र नभई हलन्त व्यन्जनका साथ लेख्ने भन्नुको वास्तविक अर्थ ‘व्इद्य्आ’ नै हुन जान्छ । यहाँ ‘विद्या’मा जति कथ्यलेख्य मिलन छ, ‘विद्या’मा पनि त्यति नै छ तर पछिल्लोमा लेख्यको प्रचलित मूल्य, मानक र परम्परामा आँच आउँछ अनि छिटोछरितो नभई भद्दा हुन्छ, यही नै थप हो । कथ्यमा भएको ‘व्इद्य्आ’लाई छिटोछरितोका लागि ‘विद्या’ लेखिन्छ जुन ‘विधा’ वा ‘विध्या’भन्दा फरक संकेतमा लेखिएको स्पष्ट छ । यसलाई सिकाउने क्रममा त्रुटि भएमा ‘विध्ध्या’, ‘विद्ध्या’, ‘विध्द्या’ आदि जे पनि हुन सक्छ, यो व्यक्तिगत कमजोरी हो । फेरि यस्ता गल्ती सबैले गर्दैनन् । केहीले गरेका गल्तीका आधारमा नियम बनाई राम्रोसँग लेखपढ गर्न सक्ने विद्यार्थीहरूलाई पनि त्रुटिको बाटोमा लैजानु आफैमा अनौठो हुन पुग्छ । अझ त्यसमाथि ती सीमित सन्दर्भलाई देखाएर अन्य सही वर्णहरूमाथि नै प्रहार हुने गरी ‘संयुक्त वर्णहरू हलन्त व्यन्जनका साथ लेख्ने भन्नु’ स्पष्ट रूपले थप त्रुटिको बाटो अबलम्बन गर्नु हो । उदाहरण खोज्ने हो भने वक्ताबाट हुन सक्ने यस खालका गल्ती अन्तर्राष्ट्रिीय भाषाका रूपमा रहेको अंग्रेजी भाषामा त गणना गरेर नै सकिँदैन । त्यसैले यस सन्दर्भमा परिमार्जनवादीहरूको तर्क निराधार देखिन्छ ।
उदाहरणका लागि कसैले ‘आलङ्कारिक’ शब्दलाई ‘अलङ्कारिक’ र ‘आभ्यासिक’ शब्दलाई ‘अभ्यासिक’, ‘आधुनिकीकरण’लाई ‘आधुनीकरण’, ‘आतिथ्य’लाई ‘अतित्य’, ‘छन्दोबद्ध’लाई ‘छन्दबद्ध’ आदि लेखेकोबोलेको पनि पाउन सकिने उल्लेख भएको पाइन्छ । त्यसै गरी कतिपय क्षेत्रमा ‘हुन्छ’लाई ‘हुन्च’, ‘भनेको छ’लाई ‘भनिच्च’, ‘आएको छ’लाई ‘आह’ वा ‘आख’, ‘बोलाएको छ’लाई ‘बोलाह’, ‘त्यसपछि अनि त्यहाँबाट’लाई ‘त्यसछिहन्त्याँण’ भनेको पनि पाइन्छ । कुनै एउटा घरको बच्चाले दूधलाई ‘बुबु’ भन्न सक्छ तर मेरो छोराले सानो छँदा दूधलाई ‘तत्ताइ’ भन्दथ्यो । यस्तै सीमित व्यक्ति वा त्रुटिलाईमात्र प्रमुख भाषिक आधार मानिदिने हो भने अर्को क्षेत्रको नेपाली भाषीले फेरि अर्कै त्रुटिलाई आधार मान्नुपर्छ भन्ला । यसपछि नेपाली भाषाको मानक, मूल्य, औचित्य, पहिचान र क्षेत्रगत विस्तारको स्थिति के रहन जान्छ ? त्यसैले कतिपय सीमित अवस्थाहरूको लामो अनुसन्धान र अध्ययनपश्चात किटान गरेरमात्र विकल्पका रूपमा कुनै योग्य, प्रामाणिक र तर्कसम्मत विषयलाई प्रवेश दिन सकिन्छ तर त्रुटिपूर्ण प्रयोगले सही प्रयोगलाई विस्थापन गर्नु उचित हुन सक्दैन ।
अंग्रेजी भाषामा light, knife, know जस्ता शब्दहरूमा li लाई ‘लि’ र ght लाई ‘घ्ट्’ भन्ने हो भने light को उच्चारण ‘लिघ्ट्’ वा ‘लिघ्त्’ हुन्छ भनेर कसैले भन्न सक्छ । कथ्य र लेख्यबीचको सम्बन्ध स्पष्ट गर्ने क्रममा knowledge लाई लक्षित गर्दै एक अंग्रेजी प्राध्यापकले हामीलाई पढाउँदा यसलाई पढ्दा ‘क्न्वलेडगे’ नभन्नु नि भन्नु हुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, अंग्रेजी भाषामा g पछि e आउँदा कसरी उच्चारण गर्ने g पछि i आउँदा कसरी उच्चारण गर्ने भन्ने छुट्टै नियमहरू छन् । यस्ता नियमहरू अन्य भाषामा पनि हुन्छन् । ती नियमहरू त्यसै मनोमानी बनेका हुँदैनन् ।

मूलतः स्थानगत भाषिक समुदायलाई केकस्ता ध्वनिसँग केकस्ता ध्वनि वा वर्ण उच्चारण गर्दा भाषिक रुकावट हुँदैन, केकसरी सहजता अनुभव हुन्छ भन्ने आधारमा भाषिक नियमहरू बग्दछन् र बन्दछन् । वास्तवमा भाषाका लेख्य र कथ्य संकेतहरूको नियम भनेको भइसकेका चीजहरूको अध्ययनबाट प्राप्त खोज वा ज्ञानहरूको संकलनजस्तै पनि हो । हिजो पनि कसैले भाषा बनाएर नियम बनाएको होइन बरु बनेका भाषाहरूको विश्लेषणको निष्कर्षका रूपमा नियमहरू बन्न पुगेका थिए । तर छुटेका विषय, ध्वनि वा अभाव भएका शब्दहरूलाई भने तर्कसम्मत र विज्ञानसम्मत आधारमा प्रमाणित भएमा नयाँ कार्यहरू पनि स्थापित हुनु कुनै नौलो 
नहुन सक्छ ।

१५. आफैले अघि सारेको मान्यताका विपरीतमा आफ्नै कार्य उभिएको थाह पाउनुपर्छ
वर्णहरूको कटौती गर्नु कथ्यलेख्यमिलानको कटौती गर्नु हो तर जुन पक्षले वर्णहरू कटौती गर्ने विचार राख्दछ उसैले कथ्यलेख्यमिलानको कुरा जोडतोडका साथ उठाउनुले अन्य कुनै अर्थ दिन जान्छ । यस सन्दर्भमा माथि नै पनि उदाहरणहरू दिइसकिएको छ । लेख्य वर्णलाई मात्र आधार मानेर वा कथ्य वर्णलाई मात्र आधार मानेर विवाद गर्नुभन्दा कथ्य र लेख्य दुवैको मिलानमा जतिसक्दो जोड दिई अध्ययनअध्यापन गराउनु राम्रो देखिन्छ । तर कथ्य र लेख्यलाई नजिक ल्याउने भन्ने पक्षका विशेषज्ञहरूले नै यो भन्नुको प्रायोगिक, विज्ञानसम्मत र वास्तविक अर्थ के हो? भन्ने कुराको हेक्का राखेको देखिँदैन । जसले जुन तर्क अघि सारेको छ उही नै तुलनात्मक रूपमा आफ्नो तर्कको विपक्षमा कार्य गर्नु विडम्बनापूर्ण देखिन गएको देखिन्छ । जस्तो कथ्यलेख्यको मिलान गराउनका लागि संयुक्त वर्णहरू हलन्त व्यन्जनका साथ लेख्नुपर्छ भन्नु कानको औषधी आँखामा राख्नुपर्छ भनेजस्तै हो, यस्तो कसरी हो ? बुझ्नु आवश्यक छ । बरु यसका लागि वास्तविक समाधानको बाटो रोज्ने हो भने तत्सम शब्दका लागि भनेर साँचिएका वर्णहरूलाई नेपाली भाषामा थप स्थान दिनुपर्छ र अन्य नेपाली भाषामा अरू थप नयाँ ध्वनि र वर्णहरूको खोजी गर्नुपर्दछ । वर्णहरू हटाउँदा ज्ञानको एउटा पाटो छुट्न जाने, इतिहासले हासिल गरेका प्राप्तिबाट भावी पुस्ता वन्चित हुने र ज्ञान वृद्धिउन्मुख हुँदै जानुपर्नेमा झन् ह्रासोन्मुख हुँदै जाने हुन्छ ।

१६. लेखनमा संक्षिप्तता हुनु वैज्ञानिक हो कि अवैज्ञानिक ?
सिक्दै नसिक्नेले त जस्तो सुकै भाषामा पनि गल्ती गरिहाल्छ । जस्तो, अंग्रजी भाषाका मातृभाषीहरू स्वयं सबैले spelling शुद्ध लेख्न सक्दैनन् । उनीहरूलाई उच्चारणमा पनि त्यस्तै समस्या हुन्छ । कुनै पनि भाषाको गल्तीका पछि हिँडेर भाषाको मानक बन्दैन बरु गल्तीहरू मानकको कसीमा जाँचिदै जान्छन् र सुध्रिँदै जान्छन् । नेपाली भाषामा प्रयुक्त संयुक्त वर्णहरूको उपयोगितालाई बुझ्नु आवश्यक हुन्छ । यसमा मानकवादीहरूले स्पेशको कमी हुने बताउँदै आएका छन् । स्पेश कम लिनु आफैमा लिपि वैज्ञानिक हुनुको प्रमाण हो किनकि यस्तो लेखनमा समयको बचत हुन्छ र कम खर्चिलो हुन्छ । थोरै समयमा धेरै कुरा लेख्न र अभिव्यक्त गर्न सकिन्छ । लेखनका लागि अघि सारिने कुनै विकल्पले बढी स्पेश र समय लिन्छ भने त्यो अवैज्ञानिक ठहर्छ, यो कुरा अन्य वैज्ञानिक आविष्कारका सन्दर्भमा पनि लागु हुन्छ । वैज्ञानिक प्राप्ति त्यागेर अवैज्ञानिक र भद्दा प्राप्तितिर नेपाली भाषालाई लैजानका लागि संभवतः कुनै पनि नेपाली भाषाको संरक्षण चाहने स्वतन्त्र विज्ञले जोड गर्दैन । स्पेश र समयको बचत हुने लेखनमा स्पेशखण्डको संख्यामा पनि कमी आउँछ । जब स्पेश खण्डको संख्यामा कमी आउँछ तब लेखन झन्भन्दा झन् सरल र वैज्ञानिक बन्दछ । नेपाली भाषाविद्हरू यस कुरामा बेलैमा होशियार हुनुपर्छ । अझै ढिलो भएको छैन, त्यस्तो बिग्रिहालेको छैन । यो क्षणिक समस्या होइन, दीर्घकालसम्म बल्झिने र थपिने समस्या हो ।

१७. ह्रस्वदीर्घको समस्या न्यूनीकरणका लागि के गर्ने ?
हामी अहिले ह्रस्वदीर्घको प्रयोग गर्दा अलमलमा नै पर्दछौँ । अहिले आएर यसको कारण खोज्दा पढाउने बेलामा भएको कमजोरीलाई कारणका रूपमा औँल्याउनुपर्ने देखिन्छ । यसको अर्थ मूलतः त्यतिबेलाको पाठ्यक्रमले जोड दिनुपर्ने पक्षसँग लक्षित कमजोरी हो । पढाउँदा सानैदेखि सही उच्चारण सिकाएर र ह्रस्व र दीर्घको कथ्यलेख्यभिन्नताबारे सिकाइदिएको भए हामीमा त्यो समस्या आउने थिएन । हामी पनि पढाइको क्रमसँगै त्रुटिपूर्ण प्रभावबाट प्रभावित छौँ । कतिपय विज्ञहरूमा पनि यही पठनपाठनशैलीको असर बाँकी छ । यसैले वास्तविकताभन्दा फरक तर्क र परिणामहरू आउने गर्दछन् । अंग्रेजी भाषामा spelling मा अन्योलता हुँदा वा व्याकरणमा अन्योलता हुँदा कम्प्युटरले संकेत दिन्छ र सोचेअनुरूपको अर्थको शब्द वा व्याकरण छनौट गरी शुद्ध लेखिन्छ । नेपाली भाषामा पनि यस्तै software हरूको निर्माण आवश्यक छ । तर सरदरमा हेर्ने हो भने अंग्रेजीमा स्नातकोत्तर गरेको एक विद्यार्थीका तुलनामा नेपाली वा हिन्दीमा स्नातकोत्तर गरेको विद्यार्थीले त्यति धेरै गल्ती गर्ने सम्भावना कम नै हुन्छ किनकि नेपाली भाषा अंग्रेजीभाषाभन्दा धेरै गुणाले कथ्यको नजिक छ ।
कतिपय नेपालीहरूले अंग्रेजीमा ह्रस्वदीर्घ हुँदैन तर नेपालीमा हुन्छ त्यसैले नेपाली भाषा अप्ठेरो छ भनेको पनि पाइन्छ । कहिलेकाहिँ मित्रहरूले भनेको म सम्झन्छु, संसारमा सबैभन्दा अप्ठ्यारो भाषा नजानेको भाषा हो । यस अर्थमा हेर्ने हो भने जुन भाषा पनि कठिन लाग्न सक्छ तर भाषिक नियम, संरचना र कथ्यलेख्यको निकटताका आधारमा हेर्ने हो भने अंग्रेजी भाषा नेपाली भाषाका तुलनामा धेरै नै जटिल भाषा हो । तर चरम प्रचारप्रसार र सानैदेखि सबैले यही विषय पढ्नु, प्रविधिहरूमा यसको अधिक प्रयोग हुनु आदिका कारणले सजिलो भाषाको भ्रम हुन गएको पनि हुन सक्छ ।

१७. भाषा जीवन्त र व्यापक कसरी हुन्छ ?
आफ्नो भाषालाई जीवन्त तुल्याउन राज्य पनि शक्तिशाली हुनुपर्छ । आज थुपै्र नेपालीहरू किन जापानी र कोरियन भाषाका लागि दिलोज्यान दिएर लागि परेका छन् । ती देशहरूले किन भाषाका लागि यति धेरै जोड दिए ? के त्यहाँका मानिसहरूमा अंग्रेजी भाषा उच्चारण गर्ने र सुन्ने क्षमता छैन ? चीनमा किन आफ्नै भाषामा नै सबै कुराहरू सिकाइन्छ ? भाषाको महत्त्व बुझ्न शायद नेपालीहरूलाई धेरै नै समय लाग्नेछ अथवा यस्तै लापर्वाही गर्दै जाने हो भने त्यो बुझ्ने अवसर सदाका लागि गुम्न पनि सक्छ । भाषा, संस्कृति आदि विषयमा समते हामी अरू देशमा भर पर्नुपर्ने अवस्था आउँदा राज्यले दीर्घकालीन रूपमा व्यहोर्नुपर्ने क्षति केकति हुन सक्ला ? जुनजुन देशले आफ्नो भाषा नष्ट वा विलय गराए ती देशको मूल्य, स्वाभिमान र गौरव के हो ?
कतिपय अवस्थामा विचलित कथ्यलाई प्रचलित लिपिमा समेटेर वा मानकीकरण गर्दै गएर भाषाले भाषिक क्षेत्र विस्तार गर्ने गर्दछ । भाषाको मानक कायम रहेन भने भाषा अन्ततः समाप्त हुने प्रबल सम्भावना हुन्छ । अन्य भाषाका आगन्तुक शब्दहरूलाई आवश्यकताअनुरूप स्थान दिएर र विविध भाषिकालाई प्रवेश दिएर पनि भाषालाई समृद्ध बनाइन्छ । तर प्रचलित मूल्यमा आँच आउन नदिईकन त्यसो गरिन्छ । लिपिमा हेरफेर गरेर भाषा जीवन्त बन्ने कुरा होइन बरु यसले विस्तारै भाषालाई अस्थिर बनाउन सक्दछ । वर्तमान प्रविधिको युगमा एकातिर पहिलेको इतिहासमा झैँ लिपिहरू परिवर्तन हुने उदाहरण दिनु सान्दर्भिक हुँदैन भने अर्कातिर प्रचलित लिपि परिवर्तन भएर कुन लिपि लागु हुने ? समय र अवस्था धेरै अघि बढेको छ । बरु संसारभरि कसैलाई पनि फरकफरक भाषा चाहिँदैन भन्ने लागेका बेलाको कुरा अर्कै हुनेछ, जुन यो लेखको सर्त र विषय होइन, माथि नै उल्लेख छ । कुनै भाषाविहीन वा लिपिहीन देशका उदाहरण दिनु भनेको गल्तीलाई अनुसरण गर्न प्रोत्साहन गर्ने रणनीति हो । भाषाका लागि कठोर नीति तय गर्ने देशका उदाहरण उनीहरूले सुन्दा उनीहरूलाई कस्तो लाग्न सक्छ ? संसारमा जुन उदाहरणको अलिक बेसी प्रचार गर्यो त्यही उदाहरण सत्य लाग्न सक्छ, यही त हो समाजविज्ञानको प्राप्तिको सबलता अथवा दुर्बलता ।

१८. अन्य पक्षहरू
पदयोग र वियोगसम्बन्धी विवाद पनि उत्तिकै चर्को छ । यी वाक्यहरू हेरौँ । हरि प्रसादले पाटीमा लेख्छ (हरि नामक व्यक्ति प्रसादको प्रयोगबाट पाटीमा लेख्छ) । हरिप्रसादले पाटीमा लेख्छ (हरिप्रसाद नामक व्यक्तिले पाटीमा लेख्छ) । यी उदाहरणहरूमा पनि समस्या र अन्योलता सिर्जना हुन पुग्दछ । यस्ता कतिपय विषय सन्दर्भले खुलाउन नसकेपछि थप स्पष्ट गर्नुपर्ने समस्या पनि आउँछ । भाषामा अर्थका लागि सन्दर्भको सहयोग लिनुपर्ने वा थप वाक्यहरूको सहयोग लिनुपर्ने हुनु भनेकोको भाषिक क्षमताको अभावको अवस्था पनि हो ।

केही बुँदागत सुझावहरू

१. कुनै पनि भाषा उच्चारण गरिएअनुरूप लेख्नु भनेको अन्ततः फरक उच्चारणका लागि फरक लेख्य संकेत हुनु हो । प्रचलित लेख्यमा पनि उच्चार्यअनुरूपका फरकफरक संकेत भएकाले अथवा एउटै संकेतले दुई वा सोभन्दा बढी ध्वनिहरूलाई नबुझाएकाले कुनै समस्या वा द्वैधता देख्ने प्रमाणसहितको आधार भेटिनेछैन । जस्तो, प्रचलित लेख्यको ‘बुद्ध’लाई ‘ब्उद्ध्अ’को अक्षरसंरचना वा ‘बुदध’ र ‘पद्य’लाई ‘पद्य’ वा ‘प्अद्य्अ’ गरी तीनतीनवटा तरिकाले लेख्न सकिन्छ । यी तीनवटा लेखाइमा कुनचाहिँ प्रचलित, संक्षिप्त र वैज्ञानिक छ ? अवश्य पनि ‘बुद्ध’ नै छ, यसमा दुईमत छैन । कम्प्युटरको बहुचर्चित प्रीति फन्टका सन्दर्भमा भन्ने हो पनि ‘पद्य’ र ‘बुद्ध’ लेख्दा नै छिटोछरितो हुन्छ तर यस्ता फन्ट र प्रविधिको आधार लिनु शोभनीय हुनेछैन किनकि यी कुराहरू सजिलोसँग विन्यास गर्यो भने सजिलो र जटिलतापूर्वक विन्यास गर्यो भने जटिल बन्दछन् ।
परिमार्जनवादीहरूले देवनागरी प्रवृत्तिका लिपिहरूमा किन यसरी संक्षिप्तता अपनाउनु आवश्यक थियो भन्ने कुराको भेद पहिल्यै पाउन नसक्दा अडान र व्यक्तिगत रुचिले थप समस्या निम्ताएको छ । यो अन्ततः सीमित वर्गले भाषिक समुदायलाई दिनुपर्ने न्यूनतम आवश्यक जानकारी लुकाउने प्रवृत्तिले जन्माएको समस्या हो । राष्ट्रको उच्च तहमा पुगेका विज्ञहरूमा पनि यस खालका रहस्यहरू नपुग्नु वा तिनको मूल्यको बोध नहुनुले नेपाली भाषाविशेषज्ञहरूको विश्वसनीयतामाथि प्रश्न खडा गर्दछ । तर परिमार्जनवादीहरूको धारणा कुनै विदेशी नियतभन्दा पनि अक्षरसंरचनाबाट प्रभावित छ भनेर बुझ्नु र अनाहकमा आरोपित नगर्नु मानकवादीहरूको कर्तव्य हुन आउँछ ।
२. प्रचलित उच्चार्य ध्वनि कुनै न कुनै स्वरूपमा वर्तमान भाषिक समुदायमा यथावत छन् भने ती वर्णहरूलाई हटाउने निर्णय गर्नु त्रुटिपूर्ण र अवैज्ञानिक हुन जान्छ । यसले कथ्य र लेख्यलाई निकै टाढा पुराउँछ । जस्तो, दुईवटा ध्वनिका लागि एउटा वर्ण प्रयोग हुनुले सरलता र स्पष्टताको बाटो पहिल्याउँछ भने अझ धेरै ध्वनिका लागि एउटा ध्वनिको प्रयोग गर्नु झन् धेरै सरलता र स्पष्टता हो भन्ने अर्थ दिन्छ । यो त केवल क्षणिक भावनाको नतिजामात्र हुनेछ । यसलाई परिमार्जनवादीहरूले दोष देखाउने प्रमाणित आधार छैन भने मानकवादीहरूले कुनै एक नेपालीको नवीनताको प्रयासलाई कुनै विदेशी नियतसँग नजोडी विषयकेन्द्री बहसमा समय लगाउनुपर्छ ।
३. नेपाली भाषा संस्कृतको प्रभावबाट मुक्त गराउनुपर्छ भनिरहँदा वा आफ्नो आधार भाषाको प्रभावबाट मुक्त गर्ने जमर्कोमा लाग्दा आफ्नो भाषामा अन्य भाषाको वर्चश्व र नियन्त्रण बढ्न सक्ने खतरातर्फ ध्यान दिनु आवश्यक हुन्छ । संस्कृत भाषाका कतिपय नियमहरू संस्कृत भाषाका लागि मात्र होइन अन्य भाषाका लागि पनि मिल्न जाने देखिन्छन् । जस्तो, उच्चारणका सन्दर्भमा दण्डको सहजता र ध्वन्यात्मक वहावको नियम डन्डमा पनि लाग्न पुग्छ । कुनै भाषाविद्ले वा विशेषज्ञले यो नेपाली भएकाले अर्कै ध्वनि आउँछ भन्नुमा सत्यता छ कि छैन भनेर जाँच्नु पथ्र्यो, तर वि. सं. २०४० को नेपाली बृहत् शब्दकोशमा पनि यस्ता समस्याहरू छन् । त्यसैले गहन अध्ययन र बहसबिना आग्रह वा पूर्वाग्रहका आधारमा कुनै समग्र समुदाय र राज्यका लागि निर्णय लिनु शोभनीय हुँदैन । परिमार्जनवादीहरूले ‘नयाँ’को ब्रान्ड, नारा र बहानामा त्रुटिपूर्ण परिमार्जन अघि सार्नु र मानकवादीहरूले पूर्णतः पुरानो ब्रान्ड स्थापना गर्नुपर्छ भन्नु दुवैमा आग्रहले भूमिका निर्वाह गरेको हुन सक्छ । तर भाषा सम्झौताको दस्तावेज नभई वास्तविक, स्वतन्त्र र तर्कसम्मत हुनु आवश्यक हुन्छ ।
४. लेख्य भाषाको मानक मूलतः कथ्यका आधारमा नै तयार पारिएको हुन्छ । कथ्य भागेर वा प्रचलित लिपि अक्षम भएर वा प्रयोगकर्तामा सचेतना नहनाले सबै भाषाहरूमा कथ्यलेख्यबीच दुरी बढ्दै जान सक्छ । नेपालीमा ‘पद्य’लाई ‘पद्य’ गराउनु कथ्यको नजिक लैजानु होइन, बरु भ्रम हो भन्ने कुरा यसअघि नै स्पष्ट गरिसकिएको छ । यो त बुझाउन प्रयोग गरिने प्रचलित विकल्प हो र दुवै विकल्प उत्तिकै नजिक छन् र तेस्रो विकल्प पनि आउन सक्छ । छिटोछरितो र भद्दा विकल्पलाई परिमार्जनवादीहरूले सजिलो विकल्पका रूपमा लिएको देखिन्छ भने मानकवादीहरूले परिमार्जनवादीहरूले अघि सारेको विकल्पलाई झन् जटिल झन्झटिलो विकल्प भएको बताएका छन् । परिमार्जनवादीहरूले दिएको विकल्पअनुसार जीवनभर लेख्दै जाँदा लेख्ने व्यक्तिको पटकपटक गरी धेरै समय नष्ट हुने, स्पेश बढी लिने, खचिलो हुने, विश्रामसंख्या बढ्ने र लेख्य गतिमा ह्रास आउने हुँदा अनुपयुक्त, खर्चिलो, भद्दा र अवैज्ञानिक भएको कुरामा दुईमत नभए पनि त्यस खालको विकल्पमा जान बाध्य गराउने पृष्ठभूमि किन तयार भयो ? प्रचलित मानक र मान्यताको अपमान हुने गरी उनीहरू किन यस मतलाई अँगाल्न पुगे ? भन्ने कुराको खोजी गर्दा मानकवादीहरूको कमजोरी पनि यसबाट अलग रहन सक्दैन ।
५. एक विज्ञले सीमित समूहको उदाहरण लिएर उच्चारणमा समस्या भयो र लेख्दामा पनि समस्या भयो भन्नु विडम्बना हो । परिमार्जनवादीहरूले बरु यस्ता कुरामा जोड नदिई नेपालका अधिकांश जनजातिहरूका भाषा र भाषिकाहरूको पनि केही कुरा मिसाउने भनेर त, थ, द र ध जस्ता वर्णहरू हटाउने र ती वर्णहरूको साटो ट, ठ, ड र ढ नै प्रयोग गर्न प्रोत्साहित गर्दै जाने भन्ने प्रस्ताव अघि सारेको भए एक अर्थमा केही त सान्दर्भिक हुने थियो होला । संभवतः यसले एउटा राजनीतिक पन लिन सक्थ्यो । तर यसले पनि अन्ततः हामी नेपाली कसैलाई पनि फाइदा नहुने कुरा त छँदै 
थियो ।

६. वर्णविन्यासमा सम्भवतः अंगे्रजी भाषामा नेपाली भाषामा भन्दा धेरै गुणाले बढी गल्ती हुन्छ । कमैले मात्र सही उच्चारण र सही लेखन गर्न सक्छन् । संभवतः नेपाली भाषाका तुलनामा अंगे्रजी भाषाका व्याकरण र हिज्य नियम धेरै नै छन् । द्वैध र अपवादयुक्त पनि त्यतिकै मात्रामा छन् । त्यसैले संसारका उच्च भनिएका अन्य भाषाका नियम र प्रयोगात्मक पक्षहरूको (एक पक्षीय होइन) तुलनात्मक अध्ययनमा भन्दा वैयक्तिक कल्पनामामा मात्र औधी आत्मविश्वास प्रदर्शन गर्नु र जोड दिनु एक वास्तविक विज्ञको स्वभाव हुन सक्दैन । कुनै पनि विषयमा अध्ययन पुगेको छैन भन्ने थाह भयो भने र खोज्दै जाँदा कमजोरीहरू भेटिए भने सार्वजनिक रूपमा स्वीकार गर्ने विश्वव्यापी प्रचलन हुन्छ । यसलाई अन्यथा वा इगोका रूपमा लिनु बौद्धिक परिधिभित्र 
पर्दैन । तर समाजविज्ञान र यससँग जोडिएका सन्दर्भहरू वस्तुपरकभन्दा पनि बढी राजनीतिक वा पक्षविपक्षयुक्त हुनेहुँदा यस खालको जरुरत नहुन पनि सक्छ ।

७. भाषाको कथ्यलाई प्रतिनिधित्व गर्न लेख्य वर्णहरू निर्माण हुन्छन् । नेपाली भाषाका वर्णहरूलाई उच्चारण स्थान, प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा वर्गीकरण गर्दा श्रवण पक्षलाई ध्यान नदिईकन नियमहरू बनाउनु भाषामा उत्पन्न हुने समस्याको कारक बन्न जान्छ । पदयोग र वियोगका समस्याहरू अर्थगत सहसम्बन्धलाई जोड दिनु आवश्यक हुन्छ तर यस सन्दर्भमा भने सन्दर्भपरक अर्थले पनि विकल्पका रूपमा काम गर्दछन् ।
८. कतिपय अनुभवीहरूले र लेखकहरूले अन्य भाषाहरूमा भएका गल्तीहरू अक्ष्यम्य हुने गरेको बताएको पाइन्छ । नेपाली भाषामा ह्रस्वदीर्घको नियम यसका लागि निकै चुनौती बन्न पुगेको छ । यस सन्दर्भमा परिमार्जनवादीहरूले अघि सारेको विकल्प विज्ञको दृष्टिमा र अन्य भाषाका उदाहरणका आधारमा त्रुटिपूर्ण र अक्ष्म्य हुने भए पनि यसलाई व्यवहारिकताले अवश्य केही न केही रूपमा साथ दिने देखिन्छ । यसका लागि कि त सिकाइका प्रक्रियामा सुधार गर्नैपर्छ जुन खासै झन्झटिलो र खर्चिलो पनि हुनेछैन कि त यसप्रकारको विवादको सम्भावना यथावत रहन्छ भन्ने कुरा मानकवादीहरूले बुझ्नु आवश्यक हुन्छ । शिक्षकहरूले आफूले आजसम्म जेजसो गरे पनि विद्यार्थीहरूलाई सही कुरा जान्ने बनाउनुपर्छ भन्ने हो भने यो लेखक पनि उहाँहरूलाई आफूसक्दो सजिला तरिकाहरू बाँड्न तयार हुुनेछ । साना कक्षाका पुस्तक प्रकाशन गर्ने प्रकाशनगृहहरूले चासो राखेमा मानक र प्रचलित नेपाली भाषाको शुद्धता र जागरणका लागि ती सरल र प्रभावकारी विधिहरू अपनाउन र अगाडि बढाउन कुनै कठिन हुनेछैन ।
९. संस्कृत व्याकरणले सिकाएका कुराहरूलाई बेवास्ता गर्दा नेपाली भाषामा कथ्य र लेख्यका बीचमा दुरी बढेका र अन्योलता सिर्जना गरेका केही उदाहरणहरूलाई मनन गरौँः जस्तो, हुन्छ, छुन्छ, चन्डाल्नी, डन्डा, टन्टलापुर, टिन्टिन, अन्त, खन्ती, जन्ती आदि । यस्ता सन्दर्भका सबै ध्वनि श्रवण गरी यिनीहरूको प्रतिनिधित्वका लागि एउटै ‘न्’ले काम चलाइन्छ भने अवश्य पनि नेपाली वर्णवर्गीकरण र लेख्य चिन्हको चयनमा आग्रहको प्रभाव ज्यादा छ । अब यी कुराको पनि पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखिन्छ । तर यस्ता कुराहरूमा परिमार्जनवादी र मानकवादी दुवैका कुनै धारणाहरू आएको पाउन सकिएको छैन । यस्ता न्यून वैज्ञानिक विषय वा विमर्शहरूमा संसारमा आफ्ना अनुकूलका उदाहरणहरू खोज्न सक्नेले नै वर्चश्व कायम गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले यस्ता उदाहरणहरू पनि भेटिन सक्छन् कुनै पक्ष वा विषयलाई दबाउन खोज्दा झनै त्यसैले दबाउन आइ पुग्छ । त्यसैले वर्षौँदेखि चाहिँदैन भनेर छोडेको संस्कृत व्याकरणको नियम तुलनात्मक रूपले बढी प्रबल भएर आउन पनि सक्छ । कतिपयबाट जागरण र मानकवादीहरू सचेतनाका लागि ढिला भएका प्रतिक्रियाहरू पनि पाइएका छन्, झन् उपयुक्त वातावरण सिर्जना भएको अवस्था पनि हुन सक्छ यो । प्रायः समाजका विषयसँग जोडिएका विषयमा सापेक्ष सत्य र सापेक्ष तर्कले स्थान लिने गरेको देखिन्छ ।
१०. हामीले प्रयोग गर्ने वर्ण नै संस्कृत छन् भने ती वा तीमध्येबाट छानिएका केही वर्णहरूबाट बनेका शब्दहरू पूर्णतः शुद्ध नेपालीमात्र हुन्छन् भन्नु इमानदारिता होइन राजनीति हो र नेपाली भाषाका शब्दहरू भनेका केवल वर्णहरूका सम्भाव्यताका परिणतिहरूमात्र हुन् भन्न पनि पाइन सक्ने सम्भावना नकार्न सकिँदैन । तर ध्वनिहरूको चयन र तिनको अर्थको निक्र्यौल स्थान वा क्षेत्रविशेषमा भर पर्नु स्वाभाविक नै हो । त्यसैले यी दुई वाक्यबीचको अर्थ, संस्कृत वर्णहरू अन्य भाषामा परिणत हुँदा देखिने अन्तरसम्बन्ध र बहावमा सम्बन्धित भाषाका नियमहरू पनि यथावत हुने सम्भावनालाई आँखा चिम्लिन सकिँदैन भन्ने हो । विज्ञहरूले अवश्य पनि यसको अर्थ र सम्भाव्य परिणामको आशय बोध गरिसक्नु भएको छ ।
११. भाषामा यादृच्छिकता भनेको शब्दको चयनमा वा व्याकरणका सवालमा हो । तर वर्णहरूको उच्चारणमा नै यादृच्छिकता हुनु रोचक कुरा हो । संस्कृत भाषामा प्रयोग हुने ध्वनि र ती ध्वनिका वर्णहरू नेपाली भाषामा आउँदा अर्कै स्वरूपमा उच्चारण हुन्छन् वा कुनै मान्यताका प्रभावमा मानिन्छन् भने यस खालका कार्यहरूलाई उच्चार्य यादृच्छिकता भनी मान्दा पनि हुने भयो । जस्तो संस्कृतको ‘दण्ड’ नेपालीमा ‘झन्डा’ हुँदा उच्चार्य ध्वनि ‘ण्’ परिवर्तन भई ‘न्’ बन्न पुग्यो भन्ने मानिन्छ । त्यसै गरी यस उच्चारणमा ‘झ’् र ‘ड्’मा पनि परिवर्तन भएको हो कि भन्ने अर्थ आउँछ । यहाँ कुनकुन ध्वनिहरूले यादृच्छिकता प्राप्त गरे ? कतै ती ध्वनिका लागि नयाँ लेख्यसंकेत वा लिपि तयार गर्नुपर्ने त भएको छैन ? त्यसो हो भने त्यसका लागि पनि लाग्नुपर्ने हुन सक्छ, भाषाविद्, अनुसन्धानकर्ता तथा भाषावैज्ञानिकहरूले सोच्ने कुरा हुन सक्छ । अर्को कुरा के भने अंग्रेजी र सोही प्रवृत्तिका भाषामा त यो स्वभाव देखिन सक्ला तर संस्कृत, हिन्दी, नेपाली, मैथिली, पाली आदि भाषाहरू त्यो प्रवृत्तिभन्दा अलग भाषाहरू हुन् ।
१२. नेपाली स्वर वर्ण भनेर उ, ओ, अ, आ, ए र इ लाई चिनाइन्छ । यिनीहरू पनि जिब्राको उचाइ र सक्रियता तथा ओठको स्थितिका आधारमा विभिन्न वर्गमा वर्गीकृत छन् । त्यसै गरी व्यन्जन वर्णहरू पनि उच्चारण स्थान र प्रयत्न तथा घोषत्व र प्राणत्वका आधारमा वर्गीकृत छन् । नेपाली कथ्यमा उच्चारण गर्दा ‘न्’ दन्त्य पनि पाउन सकिन्छ र वत्स्र्य पनि पाउन सकिन्छ । यसका लागि फरक संकेतहरू प्रयोग गर्ने कि संकेतहरू कम गर्ने ? जस्तो, दन्त्य र डन्ड शब्दलाई पटकपटक उच्चारण गरेर सबैले बोध गर्न सक्नुहुनेछ र यस्ता अन्तरहरू नेपाली लोकभाकाहरूमा प्रयुक्त नित्तान्त नेपाली शब्दहरूमा पनि पाउन सक्नुहुनेछ । तर कसरी र कहाँबाट यिनीहरूको उच्चारणस्थान एउटै भनी घोषित हुन गयो ? नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको वि. सं. २०४० को शब्दकोशमा पनि यस खालका प्रशस्त विरोधाभाषहरू पाउन सकिनेछ ।
१३. संस्कृतको ‘दाह’ नेपालीमा ‘डाह’ बन्नु मूर्धन्यीभवन हो भने संस्कृतको ‘दण्ड’ नेपालीमा ‘झन्डा’ हुनुमा ‘न्’वर्ण दन्त्यीभवन वा वत्स्र्यीभवनमा एउटा भएको मान्नुपर्छ । तर यस सन्दर्भमा उच्चारणमा दन्त्यीभवन वा वत्स्र्यीभवन गराएर सहजतापूर्वक गतिका साथ उच्चारण गर्न सकिँदैन । कुन आधारमा लेख्यमा यस्तो परिवर्तन भयो ? त्यस्तै परागत (‘भक्त’ ‘भत्त’ हुनु), प्रगत (‘पक्व’ ‘पक्क’ हुनु) र पारस्परिक (आपसमा साटिनु) समीभवन पनि भाषाका सन्दर्भमा लागु भएको हुन्छन् तर तिनको उच्चारण परिवर्तनवमोजिम हुन्छ ।
१४. यसरी भाषामा यादृच्छिकता हुनु भनेको व्यक्तिविशेष वा विशेषज्ञको निजी यादृच्छिकता होइन, समुदायको यादृच्छिकता हो भन्ने कुरा स्पष्ट हुन्छ । वास्तवमा भाषा भनेको समुदायले स्वीकार गरेको र अज्ञात रचयिताले रचना गरेका यादृच्छिक ध्वन्यात्मक संरचनाहरूको व्यवस्था हो, जस्ले विचार विनिमय गर्ने माध्यमका रूपमा कार्य गर्ने गर्दछ ।
१५. कुनै भाषामा प्रयोग हुँदै आएका प्रचलित ध्वनिहरुको संख्यामा कटौती गर्दा उक्त भाषा अर्को भाषाको साहित्य वा कुनै शब्दको वर्णन गर्न नसक्ने हुँदै जान्छ । त्यसैले जतिसक्दो ध्वनिहरुको संख्या बढी भएमा र यथोचित तवरबाट शब्दभण्डार वृद्धि भएमा भाषाको सम्भाव्यतामा वृद्धि भई उक्त भाषा वैज्ञानिक र समृद्ध बन्दछ । त्यसैले प्रयुक्त ध्वनि वा वर्णहरुको कटौती अवैज्ञानिक हुन जान्छ । (edited)

अन्त्यमा

परिमार्जनवादी वा मानकमावादी दुवै पक्षका भाषाविज्ञहरूका सबल र दुर्बल पक्षहरूमा केन्द्रित यो लेख विविध समसामयिक प्रतिक्रियाहरूको विश्लेषणजस्तो मात्र भएको हुन सक्छ । यो लेखकलाई पनि यो लेख्ने रहर त थिएन तर ऊ स्वयं पनि नेपाली विषयको विद्यार्थी भएकाले चासो व्यक्त गर्दा लेख बन्न पुगेको हुन सक्छ । यसले व्यस्तताका बीच विषय विशेषज्ञहरूलाई समसामयिक चर्चापरिचर्चा, वादविवाद वा क्रियाप्रतिक्रियाबारे प्राप्त हुन नपाएका विषयमाथि थोरबहुत जानकारी गराउन अवश्य सहयोग पुर्याउनेछ । व्यस्तताका बीच हतारहतारमा जसोतसो लेख्दा यसमा अवश्य पनि कमीकमजोरीहरू देखिएका होलान् यसका लागि प्रतिक्रियाहरूको अपेक्षा लेखकको पहिलो लक्ष्य हुनेछ ।

====_____ लेखकः ‘भवभिन्न’, प्रकाशन मितिः २०७३–०६–०३ ।

(यो लेख नेपाली भाषासम्बन्धी सचेतनामा आधारित भएकाले कसैलाई उपयुक्त लागेका खण्डमा नाम उल्लेख गरेर कुनै साइट वा आफ्ना ब्लगहरूमा प्रकाशन गर्न सक्नुहुनेछ–लेखक)
email: bhabindraknwr@gmail.com