(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Monday, October 24, 2016

नेपालमा बढ्दो वातावरणीय असर

NSP, 2073/07/08

विश्वभरि वातावरण बिग्रँदै गइरहेका बेला नेपालका विभिन्न भुभागमा पनि त्यसको असर देखा पर्ने क्रम बढिरहेको छ । हिमालहरु सेता नभई काला देखिन थालेका छन् । बढ्दो तापक्रमका कारण अघिल्ला वर्षहरुका तुलनामा यस वर्ष बढी गर्मीको अनुभव भएको आम सर्वसाधारणहरु बताउँछन् । एक सामान्य परिवारका किसानका अनुसार उनले यस अघिका कुनै वर्ष पनि पङ्खाको आवश्यकता देखेका थिएनन् तर यो वर्ष अनिवार्य ठाने । पहाडमा बस्ने बासिन्दाहरु पनि अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष घाम निकै चर्को लागेको बताउँछन् ।

गर्मीको बिदाइसँगै अहिले जाडो मौसम सुरु हुन थालेको छ । बस्तीहरुमा हुस्सु लाग्न थालिसकेको छ । तराईका कतिपय स्थानमा यस वर्ष हुस्सुको प्रभाव बढी नै हुने अनुमान गर्न थालिएको छ । पहाडका स्वच्छ हावा बहने कतिपय स्थानहरुमा पनि एकाबिहानै हुस्सु लाग्न थालिसकेको छ । देश राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थले अगाडि बढ्न नसकिरहेका बेला नेतृत्व वर्गले समग्र मानवहितका लागि केही सोच्न भ्याएको छैन । सबै राष्ट्रले आआफ्ना देश र जनताको संरक्षणका लागि विविध योजना बनाएर अघि बढिरहेका बेला नेपालको नेतृत्ववर्ग भने सानातिना व्यक्तिगत समस्याभन्दा बाहिर सोच्नसम्म पनि सकेको देखिँदैन । आम सर्वसाधारणले पनि राजनीतिक विचारका पछि ध्यान लगाएर देशको गिर्दाे अवस्थामा चासो दिनेतर्फ सोच्न सकेको देखिँदैन । सम्बन्धित सबैले आआफ्ना स्थानबाट यसतर्फ समयमै सोच्नुपर्ने देखिन्छ ।

Source: www.facebook.com/nepalsamacharprishtha

No comments:

Post a Comment