(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Saturday, October 29, 2016

नेपाली बैज्ञानिक - Nepali Baigyanik: बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक: Pro...

नेपाली बैज्ञानिक - Nepali Baigyanik: बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक: Pro...: वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइ रालाले हाम्रै देशको कुरा अरुले भनिदिएपछि वा अन्यत्रै ठोकिएर फर्किएपछिमात्र ग्रहणीय र अनुकरणीय लाग्ने 'बाउन्स् शैली'को बौद्धिक परम्परामा सुधार गर्नुपर्ने आवश्यक्ता भएको औँल्याउनु भएको छ । कोइरालाले (वि सं २०६९) साउन २७ गते शनिवारका दिन 'भविन्द्र कुँवर'द्वारा लिखित 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' शीर्षकको भौतिक शास्त्रीय अनुसन्धानात्मक कृति हेराल्ड इन्टर्नेशनल कलेज, चक्रपथमा विमोचन गर्दा उक्त कुरा वताउनु भएको हो । उक्त कलेजका पृन्सिपल नारयाण उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा 'मनोज शर्मा'ले आगन्तुकहरूलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम 'भौतिक शास्त्र पुनर्निर्माण अभियान'का सदस्य सचिव नवीन भावुकले सन्चालन गर्नुभएको थियो । 

प्रमुख अतिथि प्रा. डा. कोइरालाले नेपालीहरू पनि कुनै नयाँ कुराहरूलाई अरुले विश्लेषन गरिदिएपछि वा भनिदिएपछि मात्र सकारात्मक रूपमा लिने अन्यथा त्यसलाई अविश्वास र उपेक्षा गर्ने मानसिक्ता र सोँचबाट माथि उठी आफैँले सही र गलत छुट्टाउने बानी र क्षमताको विकास गर्नुपर्ने आवश्यक्ता ... 

नमिठो नबोल, सम्भवतः ऊ यो देशमा धेरै गाली खाएर बाँचेको मान्छे हो, मार्छु पनि नभन उसलाई, एक दिन आँफै मर्नेछ ऊ



  • भरसक ऊसँग नमिठो नबोल, सम्भवतः ऊ यो देशमा धेरै गाली खाएर बाँचेको मान्छे हो । पिट्छु नभन, समयले कति चुट्यो उसलाई हिसाब छैन । एकफेरि मर्ने कुरा राम्रैसित थाह छ, त्यसैले उसले कदापि आत्महत्या गर्नेछैन । कसैले मार्छु पनि नभन उसलाई, एकदिन आफै मर्नेछ ऊ । नेपाली हो ऊ ।,

  • भनिन्छ, हरेक समयका मानिसहरुमा राम्रा वा नराम्रा विचार आउन सक्छन्, आउनुलाई अन्यथा अर्थमा लिनु हुँदैन हामीले । कसैको वास्तविकताप्रतिको अज्ञानतालाई लिएर चित्त दुखाउनु र प्रतिशोध वा ईर्ष्यालाई निम्तो दिनुको अर्थ छैन । 

  • यो ब्लग पढेपछि यहाँहरुमा अवश्य केही प्रश्नहरु आउलान् । हामी कस्तो राष्ट्रको अपेक्षामा छौँ ? हाम्रा लागि केकस्ता कुराहरु प्रोत्साहनयोग्य हुन् वा दुरुत्साहनयोग्य हुन् ? हामीसँग हाम्रो जिम्मेवारी र रुचिसँगै कर्तव्यको तह पनि छ वा छैन र त्यो कुन हो ? कसैसँग कुनै कुरा होइन भन्ने प्रमाण छैन भने उसले हो भनेर मान्ने आत्मविश्वास कुन आधारमा लिने ? अथवा कसैसँग कुनै कुरा हो भन्ने प्रमाण छैन भने उसले होइन भनेर मान्ने आत्मविश्वास कुन आधारमा लिने ? 

  • त्यसैले यो ब्लगमा शिक्षा, स्वास्थ्य, विज्ञान, समाज, दर्शन, जानकारी आदि विविध विषयहरु त्यस प्रकारले रहनेछन् जुन प्रकारले हामी र हाम्रो समाज र हाम्रो राष्ट्रलाई हानि नहोओस् । आफूसँग भए त्यस्ता विषयहरु, तपाईँ पनि पठाउनुहोला ।


- नेसपृ

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय: संगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि संगीतका क्षेत्रमा महत्त्वपूर्ण हुन पुग्दछ । तालको भूमिकाले संगीतमा झन् गहनतम भूमिका निर्वाह गरिरहेको हुन्छ । सुर र तालको भूमिकाको गहिराइ पार गरेपछि सोँचको भूमिकाको बोध हुन पुग्दछ । विशेष रुपमा सुर र ताल अथवा सामान्यीकृत भाषामा भन्नुपर्दा ध्वनि र समयका आधारमा मात्र संगीतलाई बुझ्ने गरिएको पाइन्छ । संगीतका ...

जोडघटाउ - Jodghatau: जोडघटाउसम्बन्धी जानकारी

जोडघटाउ - Jodghatau: जोडघटाउसम्बन्धी जानकारी: जोडघटाउ नामक यस ब्लगमा गणितसँग सम्बन्धित विविध विश्वसनीय सामग्रीहरु पोष्ट गरिनेछ । गणितका समस्याहरुका विषयमा जानकारी दिने, विविध समस्याको समाधानका तरिका वा उपायहरु दिने, प्रश्नहरु सोधिने आदि कार्य यसमा हुन्छ । गणितसँग सम्बन्धित कुनै नयाँ लेख पनि यस ब्लगमा प्रकाशित गरिनेछ । गणितसँग सम्बन्धित दर्शन, विश्लेषण ...

दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्ने



  • एक अर्थमा परिवार पनि एउटा सानो घरायसी राज्यजस्तै हो । यहाँ पनि कुनै न कुनै व्यक्तिको नेतृत्व स्वीकार हुनु अनिवार्य हुन्छ । समाजमा पनि आदरणीय व्यक्तिहरुको आदर गर्नुपर्छ नत्र समाज समाजजस्तो नभई अराजक र अनियन्त्रित मानिसहरुको दिशाहीन जमात हुन पुग्दछ । बाँदर लगाएतका अन्य प्राणी तथा आदिवासीहरुमा पनि नेतृत्वको स्वीकृति हुन्छ, जुन प्राकृतिक रुपमा नै स्वतः आवश्यक भएर आउँछ । राज्य पनि यही अवस्था र निरन्तरताको विकसित स्वरुप हो । यस खालको सोच पनि एक अर्थमा सही नै देखिन सक्छ । तर वर्तमान समय भनेको समानताको समय हो भन्ने विचार पनि उत्तिकै सशक्त र लोकप्रिय छ । यही मान्यतालाई सबैले स्वीकार गरिसकेको अवस्था छ । 

  • नेपालमा पनि वर्तमान समयमा पारिवारिक जीवनको फरक र खतरनाक प्रवृत्ति देखिन थालेको छ । एकले अर्कोको अस्तित्वको अस्वीकार गर्ने प्रवृत्ति झन् बढेर गएको छ । जेजस्ता कारणले भए पनि परिवारमा विखण्डन वा विवाद आउनु राम्रो होइन । पारिवारिक सहसम्बन्धलाई कायम राख्न हरेक समाजले आआफ्नो समाज र संस्कृतिअनुरुप भूमिका निर्वाह गरेको हुन्छ र गर्नुपर्दछ । वर्तमान समयमा भन्नुपर्दा नेपालको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा सम्बन्ध विच्छेदको समस्या बढेर गएको पाइन्छ । यसलाई कतिपयले पहाडमा चेतनाको स्तर बढेको भनेर व्याख्या गरेको पनि पाइन्छ । तर कसैले यसलाई चेतनाको स्तरको मात्र नभई अराजकताको परिणति मानेको पनि पाइन्छ । खासमा पारिवारिक सन्दर्भमा तराईबाट पहाडले सिक्नुपर्ने अनुशासन, संस्कार र नैतिकताका कुराहरु हुन् भने पहाडबाट तराईले चेतना, समानता र सूचनाको शक्तिको बोध गर्नुपर्दछ । 

  • जब नैतिकता क्षीण बन्दै जान्छ तब आत्मसिर्जित कृत्रिम आवश्यकता र अधिकारहरुको जन्म हुँदै जान्छ । यो सतही रुपमा अधिकारजस्तो देखिए पनि वास्तवमा हानिकारक पक्ष हो । यो अर्थमा तराई पहाडभन्दा अगाडि छ तर नारीलाई हेर्ने दृष्टिकोण, नारीले आवाज उठाउने वातावरणको आधार र नारीले लिनुपर्ने शिक्षा तथा अधिकारको खोजीका सन्दर्भमा पहाड तराईभन्दा धेरै गुणा अघि छ । यसर्थ यी दुवैका राम्रा पक्षको सम्मिश्रण नेपाली सामाजिक एकता र व्यवस्थापनमा आवश्यक छ । 

  • पहाड होओस् कि तराई । जब मानिस हुर्कँदै जान्छ, उसले नयाँनयाँ साथीहरुसँग परिचय बढाउँदै जान्छ । उमेरसँगै विपरीत लिंगतर्फको आकर्षण पनि बढेर जान थाल्छ । यसरी झाँगिदै गएको आकर्षण भाव कतै प्रेममा पुगी विवाहपूर्व टुंगिन पुग्छ भने कतै विवाहसम्म पनि पुग्छ । दुवै पक्षको विवाह नभई त्यसै टाढा भएर पनि कतिको जीवन बित्दछ । साथीहरुसँग छुट्दा वयस्क अवस्थामा जति दिल दुख्न पुग्छ त्यति प्रौढावस्थामा नुदुख्न सक्छ । व्यक्तिको भावना र तात्कालिक अवस्थामा यस्ता संयोग र वियोगहरुले भूमिका निर्वाह गर्ने भए पनि उमेरको वृद्धि र घटनाहरुको बारम्बारताका कारण तुलनात्मक रुपमा यस्ता घटनाहरु केही न केही स्वाभाविक महसुस हुन्छ । यसरी जीवनका उतारचढावहरुमा समग्रमा नजिकिन उत्सुक हुने र नजिक भइरहँदा टाढिन उत्सुक हुने स्वभाव र प्रवृत्तिले स्थान पाइरहेको हुन्छ । यही कुरा आम नेपाली दाम्पत्य जीवनका सवालमा पनि लागु भएको पाइन्छ । 

  • तर मानवीय आम प्रवृत्ति र बढ्दो वर्तमान प्रतिस्प्रर्धाका कारण नेपाली समाज पनि पछिल्लो समयमा विखन्डन वा चिन्ताको बाटोतिर मोडिएको देखिन्छ । मानिसहरु परिवारका मूलभूत विषय वा महत्त्वपूर्ण पक्षहरुमा ध्यानै नदिई केवल पैसापैसा मात्र भनेर दौडिरहेको देखिन्छ । विश्वस्तरका विकसित मुलुकका नागरिकहरु पनि यही सोँचका कारण जीवन र कर्तव्य तथा गर्नुपर्ने सम्भाव्य मूल्यवान कार्यहरु गर्न सकिरहेका हुँदैनन् । कुनै उद्योगीले चलाएका कलपूर्जाजस्तै भएर जीवन काटेको थाहै नपाउने समस्या उनीहरुमा देखिन्छ । यस्ता विभिन्न सतही प्रभावहरु, विज्ञापनको असर, देखासिकी, अस्वस्थ प्रतिस्प्रधाजस्ता कुराहरुले जीवनका सुखहरु लुटिरहेको हुन्छ । 

  • नेपालीहरु वर्तमानमा चरम प्रतिस्प्रधाको शिकार भएको देखिन्छ । परस्परमा असहिष्णु भवनाको विकास पनि भएको देखिन्छ । जबसम्म यस्ता नराम्रा कुराहरु हाम्रा मनमा रहन्छन् तबसम्म न त सुख मिल्न पुग्छ न त बैवाहिक जीवन कायम रहन पुग्छ । यस खालका भावनाहरु मनबाट हट्ने वातावरण मिल्न कठिन भएकाले सफल भएरै पनि पूर्णतः विवादरहित वैवाहिक जीवनको अपेक्षा गर्नु त्रुटिपूर्ण हुन जाने हुन्छ । त्यसैले घरपरिवारमा आउने सानातिना विवादहरुलाई बढावा नदिई स्वाभाविक रुपमा लिने बानीको विकास गर्नुपर्छ । तर हिंसा र अत्याचारको सन्दर्भमा भने कुनै सर्तमा पनि सम्झौता गर्नु त्रुटिपूर्ण हुन जान्छ । जे भए पनि हामी सबैले यो कुरा बुझ्नुपर्छ कि पूर्णतः विवादरहित वैवाहिक जीवन असम्भव हुन्छ ।
-डब्ल्यूडी

सफल हुनु पनि दुर्भाग्य ???



मानिस सफलताका लागि निकै दौडधूप गर्दछ, मरिमेट्छ । उसले जीवनको धेरै भाग सफलताको दौडमा खर्च गरेको हुन्छ । सफलता भनेको के हो ? भन्ने वास्तविकता नबुझेर सर्वसाधारणको हल्लाका आधारमा सतही सफलताको आधार तय गरेपछि उसमा यस खालका समस्याहरु आउँदछन् । अध्ययन भन्नाले पढ्नुमात्र होइन त्यसको बोधको गहिराइ पनि जोडिन्छ । शिक्षित भन्नाले स्कुले शिक्षा वा विश्वविद्यालयको शिक्षामात्र होइन, अनुशासन, नैतिकता र संस्कारको शिक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । मानिसले कुनै तहसम्मको अध्ययन गरेपछि वा कुनै जागिर खाएपछि उसको आनीबानीमा एकाएक परिवर्तन हुन पुग्दछ भने ऊ धेरै काँचो मानिस हो भन्ने प्रमाण उसकै व्यवहार हो । विदेश जाने सपना बोकेको मानिस पनि बिदेश जाने भिसा लागेपछि उसका आनीबानी र अहम्का मात्रामा परिवर्तन आउँदछन् । आफन्त र साथीभाइहरुलाई चिन्न कम गर्दछ । कतिपय कलाकार, पत्रकार, अधिकारकर्मी वा राजनीतिक व्यक्तित्वहरुमा पनि प्राप्ति र उचाइपछि धरातल बिर्सने बानी देखिन्छ । अरुको त कुरै हुँदैन, आफ्नै परिवारका सदस्यलाई नै उनीहरुले वेवास्ता गरिरहेका हुन्छन् । हेर्दा शिक्षित र सभ्य देखिने तर अन्तरतहमा स्कुलकै मुख नदेखेका पाका मानिसहरुका अगाडि बालक बन्नुपर्ने व्यवहार उनीहरुको हुन्छ । यस खालको मनोभावनाको एउटा प्रभाव उनीहरुको वैवाहिक जीवनमा पनि पर्न गएको हुन्छ । 


पहिले आफूलाई सामान्य नागरिक र परिवारको सामान्य सदस्य ठान्ने भावना यी विविध क्षेत्रमा लाग्दा क्षीण हुन हुन पुग्छन् । चेतनाका नाममा भएका कतिपय शिक्षाहरुको सतही अर्थको बोध हुँदा र तिनका भित्री र दीर्घकालीन अर्थको बोध नहुँदा यस खालका समस्याहरु झन् देखिने गर्दछन् । कतिपय व्यक्तिहरु परिवारकै सहयोगमा माथिल्लो पदमा पुग्दछन् । तर पछि आफू नै ठूलो र महान् सम्झेर नाताको सम्बन्ध र गहन मूल्यको बोध गर्न सक्दैनन् । उनीहरुले शक्ति, प्रचार र ऊर्जा हुँदासम्म यसो भ्रम हुने भन्ने कुरासम्म पनि उनीहरुलाई थाह हुँदैन । जतिसुकै ठूलो व्यक्ति भए पनि उसका बाबुआमाले बुझ्ने जीवनको बोध उसले गर्न सकेको हुँदैन तर उसमा त्यो कुराको ज्ञान वा बोध हुन निकै समय लाग्दछ । यसर्थ कुनै मानिस राष्ट्रपति भए पनि उसका साथी र सहयोगीहरुका अगाडि आफू को हो ? यो बुझ्न सक्नुपर्छ । उसका बाबुआमा, आफन्त, छरछिमेक, श्रमतीका अगाडि आफू को हूँ ? भन्ने कुराको राम्रो हेकाना राख्नुपर्छ । यसले नै नैतिक बल र दीर्घकालीन सफलताको मार्ग निर्धारण गर्दछ ।


सफलता र यसको उन्माद थाम्न नसक्नाका कारण अहम्मा वृद्धि भई सम्बन्धविच्छेद गरेका घटनाहरु यत्रतत्र पाइन्छन् । साथीहरुसँगको सम्बन्धमा पनि उसको राम्रो भइरहेको हुँदैन । आफन्त, नाता र छरछिमेकीहरुलाई पनि उसले अर्कै मानिसको व्यवहार गर्न पुग्दछ । त्यसैले पूर्णतः सफल हुनु भनेको लक्ष्य पूरा गर्नुमात्र होइन कर्तव्य पनि सँगै लैजान सक्नु हो । यसतर्फ सफल भएका व्यक्तित्वहरुले समयमै सोच्नुपर्ने हुन्छ । नत्र उनीहरु उदाहरणीय र अनुकरणीय व्यक्तित्व बन्न सक्दैनन् । सधैँ शक्तिका भरमा मात्र आफूलाई टिकाउन सकिँदैन । त्योभन्दा माथिल्लो इतिहास हुन्छ र झन् माथि नैतिक बल हुन्छ । अज्ञानता र जीवन बोधको कमी छ भने यसको असर अन्ततः जीवन र समग्र समाजमा पर्दछ । 

- डब्ल्युडी

सफल कलाकारहरुमा वैवाहिक समस्या


आरम्भ

वैवाहिक सम्बन्धमा समस्या निम्तिएका र बहुविवाहका समस्याहरुका उदाहरण नेपाली कलाकारहरुमा निकै मात्रामा देखिन्छ । विश्वस्तरमा र नेपालमा चर्चित गाएकगायिका, चलचित्रकर्मी, संगीतकर्मी आदिमा पनि यस खालको समस्या देखिँदै आएको छ । पुरुष कलाकारहरुमा मात्र नभई महिला कलाकारहरुमा समेत यस खालको समस्या देखिन्छ । उनीहरुलाई यो थाह हुँदैन कि आज कुनै कार्यक्रममा हजारौँले दिने तालीको क्षणिक ध्वनि र त्यसपछि फ्यानहरुले गर्ने माया र प्रशंसाको उन्मादलाई थाम्न सकिएन भने जीवनको उत्तराद्र्धको बोध र पारिवारिक सम्बन्ध कस्तो हुन जान्छ भन्ने कुरा । अनि आफ्नो नैतिक बल कति ह्रास हुन्छ भनेर ।

पुरुष कलाकारमा देखिने समस्या

घरमा असल र योग्य श्रीमती भएर पनि विहे भएको छैन भनी ढाँटेर अर्को बिहे गर्ने कलाकारहरुको कमी छैन नेपालमा । कलाकारले कलाकार नै रोज्नुपर्छ भन्ने भावना बोकेका र केही बिग्रिएका मानिसहरुको संगतको प्रभाव बिहे गरेका पुरुष कलाकारहरुमा देखिन्छ । उनीहरुले धन, शक्ति र नामको घमण्डका बेला केही पनि सोच्न भ्याउँदैनन् । सफलताका बेला उनीहरुमा आत्म नियन्त्रण क्षमता निकै क्षीण हुन पुगेको हुन्छ । 

महिला कलाकारमा देखिने समस्या

महिला कलाकारहरुमा पनि घमण्डले जरो गाढेको हुन्छ । कुनै गीत वा चलचित्र सफल भयो भने पहिलेको श्रीमान् आफूभन्दा निकै सानो कदको भएको भावना आउँछ । आफू नै सम्मानित र उच्च भएकाले सानो तहको श्रीमान्लाई श्रीमान् भन्दा आत्मसम्मानमा आँच आउने सोँच उनीहरुमा देखिन्छ । यसैले घमण्ड, उचाइको उन्माद आदिका कारण सम्बन्धबिच्छेदतर्फको गन्तव्यतर्फ दुवै हानिन पुग्छन् । सफलताका बेला उनीहरुले यो पनि भुल्छन् कि उनीहरुभन्दा माथि कति धेरै कलाकारहरु छन् । 

अन्त्यमा

कलाकारहरुले कलामात्र सिकेर हुँदैन । असल संगत, जीवनदर्शन र नैतिकता तथा संस्कारका कुराहरु कहिल्यै भुल्नु हुँदैन । यसतर्फ नेपाली कलाकारहरुको ध्यान जानु आवश्यक हुन्छ । आफूले जस्तोसुकै सफलता हासिल गरे पनि आमाबाबुको छोरा नै हुँ श्रीमतीको श्रीमान नै हुँ र श्रीमानको श्रीमती नै हुँ भन्ने भावना बिर्साउनेसम्मको सफलता संसारमा कहिँ पनि हुँदैन भन्ने भावना लिन सकिँदैन भने ऊ कलाकार हुने योग्यताको व्यक्ति नै होइन भन्ने बुझ्नुपर्छ । तर अज्ञानता र क्षणिक प्रभावमा परी उनीहरुले सुन्दर र मूल्यवान् जीवन बर्बाद गर्न पुगेको देखिन्छ । यसतर्फ नेपाली कलाकारहरु पनि बेलैमा सचेत हुनु आवश्यक छ । अन्यथा, बौद्धिक जमातले कलाकारहरुलाई हेर्ने दृष्टिकोण झन् संकीर्ण बन्न सक्छ । 

-डब्ल्यूडी