(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Monday, October 24, 2016

जनस्वास्थ्यमा ध्यान गएनः डेँगुले सर्वसाधारण त्रसित

NSP, 2073/07/08

नेपालमा प्रायः विभिन्न रोगहरुको रोकथामका लागि कुनै कदम तबमात्र चालिन्छ जब त्यस रोगले मनग्य क्षति पुर्याइसक्छ । अहिले पनि यस्तै अवस्थाको रीत दोहोरिएको देखिएको छ । देशका विभिन्न जिल्लामा आम सर्वसाधारण डेँगु रोगले पीडित भइसक्दा पनि राज्यका सम्बन्धित निकायहरुले सचेतना तथा लामखुट्टेको निवारणका लागि कुनै उल्लेखनीय कदम चालेका छैनन् । यसबाट राज्य र जिम्मेवार निकायको उदासीनता झल्किएको स्पष्ट हुन्छ

राज्यका निकायले कुनै न कुनै कदम चालेर राज्यको उपस्थितिको आभाससमेत गराउन नसक्नु विडम्बना हो । यसका अतिरिक्त गैरसरकारी संस्था, विभिन्न टोलसुधार समिति वा अन्य संस्थाहरु पनि यसतर्फ लागेको देखिँदैन । घरघरमा र टोलटोलमा गएर सचेत बनाउने, पानी जम्ने स्थान र झाडी वा सीमसारहरुमा स्प्रे गर्ने, वातावरणीय सरसफाइमा ध्यान दिने, लामखुट्टेबाट बच्ने यथोचित उपाएहरुबारे सचेतना जगाउने आदि कार्यहरु कुनै पक्षबाट पनि सक्रियतापूर्वक भएको देखिँदैन । त्यसैले सम्बन्धित मन्त्रालय, स्वास्थ्य चौकी वा अन्य निकायहरुमात्र नभई आम सर्वसाधारणहरु पनि यसबारे बेलैमा सचेत हुनु जरुरी देखिन्छ । यस खालको उदासीनताले एकातिर रोगको क्षति बढेर जान्छ भने अर्कातिर सामाजिक उत्तरदायित्व र जिम्मेवारीमा पनि ह्रास आउन जान्छ भन्नेतर्फ सबैजना समयमै सचेत हुनु जरुरी देखिन्छ ।

Source: www.facebook.com/nepalsamacharprishtha

No comments:

Post a Comment