(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Thursday, October 27, 2016

मानक नेपाली भाषा अभियानको ६३ सदस्यीय अन्तर्राष्ट्रिय सन्जाल गठनः मानक अवधारणामा अझै समस्या


गणेश, ०७३/०७/१२


नेपाली भाषाको मानकमा समस्या उत्पन्न गराइएको ठहर गर्दै प्रा. डा. खगेन्द्रप्रसाद लुईँटेलको अध्यक्षतामा मानक नेपाली भाषा अभियानको अन्तराष्ट्रीय सन्जाल काठमाडौँमा  गठन भएको छ । भेलाले नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई थप सशक्त तुल्याउने उद्देश्यका साथ उक्त ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको खबर विभिन्न सन्चारमाध्यमहरुले छापेका छन् । उक्त सन्जालको महासचिवमा डा. लक्ष्मणप्रसाद गौतम रहनुभएको छ ।


नेपाली भाषा, साहित्य र सञ्चारका क्षेत्रका प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, साहित्यकारहरु रहेको यस सन्जालले संघसंस्था तथा व्यक्तिसँग समन्वय, संयोजन र सहकार्य गरी नेपाली भाषाको मानक बचाउने बताएको छ । भाषामा देखिएको द्वैधता, मनोमानी, अवैज्ञानिक अभ्यास र अराजकतालाई नियन्त्रण गरी नेपाली भाषाको मानक स्वरुप बचाउने उद्देश्य यस सन्जालको रहेको देखिन्छ । यस सञ्जालले विभिन्न सङ्घसंस्था र व्यक्तिसँग समन्वय, संयोजन र सहकार्य गर्दै नेपाली भाषामा हाल देखिएको अराजकतालाई रोक्नेछ अध्यक्ष प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले बताउनुभयो ।

स्वदेश तथा विदेशमा रहेका विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरुको प्रतिनिधित्व हुने गरी भएको महत्त्वपूर्ण भेलाले प्रा. डा. खगेन्द्रप्रसाद लुईँटेलको अध्यक्षतामा ६३ सदस्यीय मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रीय सन्जाल गठन गरेको थियो । उक्त भेलामा प्राध्यापक, साहित्यकार, बुद्धिजीवी, प्राज्ञिक व्यक्तित्वहरु, पत्रकार, कानुन व्यवसायी आदिको उपस्थिति रहेको थियो । भेला प्रा. डा. देवीप्रसाद गौतमको सभापत्विमा सम्पन्न भएको थियो । उक्त भेलापश्चात् समितिको पहिलो बैठकले समितको कामकारवाही चुस्त र सहज बनाउन ११ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । भाषा साहित्यका विशिष्ट व्यक्तित्वहरुको ११ सदस्यीय सल्लाहकार समितिसमेत पहिलो बैठकले गठन गरेको छ । नेपाली मानक भाषा अभियान २०७३ को गठनपश्चात् यो अन्तराष्ट्रीय सन्जाल गठन भएको हो ।

  • यसरी गठन भएको उक्त सन्जाल विशेषतः पछिल्लो समयमा भएका अव्यवस्थाहरुमा केन्द्रित देखिएको छ । नेपाली भाषा पछिल्लो समयमा आएर मात्र बिग्रिएको होइन । नेपाली वर्णहरु बिना अध्ययनअनुसन्धान २९ बनाइनु र यसका लागि वैज्ञानिक उच्चारणआधारको उपेक्षा गर्नु, फूल र फुल जस्ता शब्दहरुलाई श्रुतिसमभिन्नार्थक शब्द भनेर पढाइनुजस्ता कुराहरु पनि अन्योलता सिर्जना गर्ने कारक वा नेपाली भाषाका सहजताका समस्याका कारकहरु रहेका थिए । यसतर्फ सन्जालको प्रत्यक्ष चासो देखिँदैन । 

  • नेपाली भाषा लेख्दा झुक्किने र आम प्रयोक्तालाई सताउने विषयमध्ये ह्रस्व र दीर्घको समस्या पनि प्रमुख हो । यस खालको समस्या निम्ताउनुका पछि लुकेको कारणको निवारण व्याकरणिक नियमको पढाइलेमात्र नपुग्ने देखिन्छ । यसका लागि साना तहमा बनाइने पाठ्क्रम र सिकाइका प्रक्रियाहरुमा पहिलेदेखि नै चासो दिएको देखिँदैन । सानैदेखि बिट पहिचान नगराई पढाउने बानीले पछिसम्म पनि अन्योलता सिर्जना गरिरहन्छ । यसतर्फ पनि अभियान र सन्जालले ध्यान दिनुपर्ने देखिन्छ । आम प्रयोगकर्ताहरुका लागि सम्भवतः सबैभन्दा ठूलो समस्या नै यही हो । तसर्थ आधारका आधारहरुको निर्माणमा पनि समयमै लागी अझ वास्तविक मानक स्वरुपको खोजीमा जोड दिनु मानक भाषा अभियानका अभियन्ताहरुको वास्तविक कर्तव्य हुन आउँछ । 

  • पछिल्ला चरण भाषाविद्हरुमा भ्रमका विरुद्धमा लागे पनि यस्तो भ्रम सिर्जना गराउने प्रमुख कारण सानो कक्षाको पढाइ वा सिकाइमा भएको कमजोरी हो भन्ने कुरामा पनि अभियन्ताहरुले ध्यान दिनुपर्ने देखिन्छ । सम्भवतः कतिपय विद्वानहरुमा आफू ठूलै तहमा आइपुग्दा पनि साना कुराको जानकारीको अभाव रहेको हुन्छ भन्ने कुरामा सबै सहमत हुनुपर्ने देखिन्छ ।

No comments:

Post a Comment