(It is the blog which is useful and gives only the real information about different issues and interests.)

Tuesday, October 25, 2016

यो तिहार र छठमा सित्तैमा रिचार्ज गर्नुहोस्: "नेपाल समाचारपृष्ठ"

नेसपृ, २०७३, कार्तिक ०९ गते 

दशैँतिहार नेपाल र नेपालीका महत्त्वपूर्ण चाडवाडहरु हुन् । छठपर्व पनि नेपालको महत्त्वपूर्ण पर्व हो । छठपर्वका लागि त झन् नेपालको जनकपुरधाम विश्वमै एकमात्र केन्द्र हो । यस्ता नेपाली पहिचान झल्काउने चाडवाडहरुमा विभिन्न प्रकारका उपहारयोजनाहरु ल्याएर प्रयोगकर्ताहरुसमक्ष प्रस्तुत हुनु आफैमा अवसर पनि हो । तर कुनै सामान नै खरिद नगरी वा कुनै मूल्य खर्च नगरी उपहारयोजना ल्याउनु भने अलिक बिरलै हुन आउने घटनाहरु मान्नुपर्दछ । यहाँ यस्तै रोचक उपहारयोजनाबारे जानकारी गराउँदैछौँ ।


दशैँतिहारजस्ता चाडवाडका उपलक्ष्यमा विभिन्न प्रकारका उपहारयोजना तथा सुविधाहरु दिने प्रचलन नेपालमा धेरै पहिलेदेखि नै चलिआएको छ । यस समयमा कसैले नगद उपहार राख्दछन् भने कसैले जिन्सी नै उपहार राखेका हुन्छन् । घर, गाडी, सुनचाँदी, कम्प्युटर, टेलिभिजन आदि विभिन्न चलअचल सम्पत्तीलाई उपहारमा राखिएको हुन्छ । यस क्रममा मिडिया हाउसदेखि उद्योगपतिसम्मका सबैले विभिन्न योजनाहरु ल्याएको देखिन्छ । तर फेसबुक पेज लाइक गरेका भरमा सित्तैमा रिचार्ज गर्ने योजना चाहिँ निकै नौलो र अनौठो योजना हो । यस्तो खालको योजना एउटा जनप्रमाणमा आधारित समाचारमूलक तथा जानकारीमूलक फेसबुक पेजले ल्याएको छ । 


पर्वका बेला विशेषतः आम सर्वसाधारणका चासो, सरोकार र समस्यामा केन्द्रित भई नेपाल समाचारपृष्ठ http://www.facebook.com/nepalsamacharprishtha नामक फेसबुक पेजले दीपावली तथा छठपर्व २०७३ को उपलक्ष्यमा आफ्नो समाचार तथा जानकारीमूलक पेज लाइक गर्ने फेसबुक प्रयोगकर्तालाई रु १०० बराबरको रिचार्ज गर्ने योजना ल्याएको हो । उपयोगी जानकारीहरु निरन्तर रुपमा पोष्ट गरी जानकारी सम्प्रेषण गर्ने अभिप्रायले आरम्भ गरिएको उक्त पेजमा समसामयिक विषयवस्तुदेखि शिक्षा, दर्शन, कला, विज्ञान आदि विविध विषयका उपयोगी र महत्त्वपूर्ण सामग्रीहरु पोष्ट गरिने उल्लेख छ । सित्तैमा रिचार्जका लागि भने तिहारपछिको पूर्णिमाका दिनसम्म अर्थात् कार्तिक महिनाको ३० गतेसम्म लाइक गर्ने प्रयोगकर्ताहरुमध्येका प्रयोगकर्ताहरु हुनेछन् । यसबारे विस्तृत जानकारी आवश्यक परेमा उक्त पेजमा गई हेर्न सकिनेछ । सानो र नगण्य उपहारमार्फत भए पनि आफ्ना शुभेच्छुकहरुमाझ दीपावली तथा छठ मनाउन पाउनु सुवर्ण अवसर हो, पेजमा उल्लेख छ ।

No comments:

Post a Comment